धनगढी- धनगढी रंगशालामा बिहीबारबाट सुरु भएको खप्तड गोल्डकपको उद्घाटनमा मनाङ मर्स्याङ्दीले भारतको दिल्ली फुटबल क्बलविरुद्ध २–१ को जित निकाल्यो। दुई हजारभन्दा धेरै दर्शकको उपस्थिति रहेको खेलमा मनाङले अन्तिममा तीन मिनेटमा दुई गोल फर्काएर रोमाञ्चक जित निकालेको हो।
त्यसो त मनाङले दिल्लीको टिमको बारेमा जानकारी थिएन। ‘हामीले गुगलमा खोजेका पनि थियौँ। त्यहाँ अर्कै इन्फरमेसन थियो। एकेडेमी स्टाइलको थियो। यहाँचाहीँ सिनियर खेलाडीहरु आएका छन्,’ खेलपछि पत्रकारसँगको कुराकानीमा मनाङ्का प्रशिक्षक राजेन्द्र तामाङले भने, ‘हामीले दिल्लीको बारेमा धेरै जानेका थिएनौं।’
यता दिल्लीका प्रशिक्षक बरुण आर क्षेत्रीले पनि नेपाली टिमको बारेमा खासै जानकारी नरहेको बताएका छन्। त्यस्तै, उनले आफ्ना विदेशी खेलाडी भिसा समस्याका कारण नेपाल आउन नपाएका कारण खेलमा गाह्रो भएको पनि बताए।
जिज्ञासाहरुको उत्तरमा क्षेत्रीले भने, ‘हामीले अन्तिममा सिल्ली मिस्टेक गर्यौं। यो कस्तो भयो भने अन्तिम मिनेटमा हाम्रो पेस लुज गरेका छौं। उनीहले अन्तिममा ९–१० खेलाडी नै अट्याकमा पठाएको थियो। हामीले मनाङ्लाई डिफेन्ड गर्न नै सकेनौँ।’ उनले सबै बल क्रसबाट आएका पनि बताएका छन्।
उनले अन्तिममा सम्हालिन नसकेको पनि बताएका छन्। एक गोलको अग्रता बचाउन गाह्रो हुने भन्दै दिल्लीले सुरुमा एयर बलको अभ्यास गरेको थियो। यससँगै उसले सुरुको १५ मिनेट मनाङलाई दबाबमा राखेको थियो। ‘हो नि, सुरुमा थाहा दिएन कस्तो टिम हो। मैदान पनि राम्रो थिएन। धुलो धेरै थियो। हामी त दुवोमा खेल्ने बानी भएको सुरुमा त्यस्तै भयो। पछि त खेलाडीले पनि बुझ्यो नि त। अनि राम्रो भयो,’ खेलपछि प्रशिक्षक तामाङले भने।
कोभिडपछि धेरै संख्यामा दर्शकमाझ आयोजना गरिएको खेलमा सुदूरपश्चिम प्रदेशमा मूख्यमन्त्री त्रिलोचन भट्टलगायत धेरै मन्त्रीको उपस्थिति थियो। स्वेदेशी समर्थको साथ पाएको मनाङले पहिलो हाफको अन्तिम समयमा धेरै अवसर पाए पनि सदुपयोग गर्न सकेको थिएन्।
८ औं मिनेटमा दिल्लिका कप्तान करनदीपको प्रहार गोलकिपर विशाल सुनारले सेभ गरेका थिए। त्यस्तै, १६ औं मिनेट मनाङका दयानन्द सिंहले राम्रो अवसर गुमाए। त्यसको अर्को मनाङमा अफिज ओलावालेको पासमामा मनाङका खलाडीले पनि गोल गर्न सकेन्।
१९ औं मिनेट एकराज बुढाथोकी शिशिर लेखीको असिस्टमा पोस्टको माथिनाट हानेको। त्यस्तै २०औँ मिनेटमा ओलाबाले गरेको प्रहार पनि मिसर भएको थियो। खेलको २२ औं मिनेअट मोउसा आबगामाले सुट, रिबाउन्ड बल किपरले सेभ गरे।
खेलको २८ औं अन्जनले प्रहार गर्न सकेनन्। उनले ओलावालेलाई दिएको ब्याक पासमा गोल भएन। फितलो प्रहार पोस्टमै पुगेन। ति सबै गोलहरुमा रंगशालामा उपस्थित भएका मनाङका समर्थकले खुबै खेद जनाएका थिए। साथै खेलमा समर्थले जमेर मनाङको समर्थन पनि गरे।
‘सबैभन्दा पहिला त म हाम्रो समर्थकलाई धन्यवाद भन्न चाहन्छु। मैले यहाँ खेलाएको पहिलो पटक हो। यहाँ पनि धेरै समर्थक हुनुहुँदो रहेछ। त्यसले गर्दा हामीले खेल जित्न सहयोग भयो,’ प्रशिक्षक राजेन्द्र तामाङले भने, ‘समर्थकको साथ पाए पनि हाम्रो पहिलो हाफमा निस्कनु पर्ने गोल पनि निश्किएन। मैदानमा खेलाडीको ब्यालेन्स पनि विग्रिरहेको थियो।’
खेलको ३२ औँ मिनेटमा दिल्लिका सेहनज सिंह को पासमा हेन्बाले पोस्टको माथि हानेका थिए। पहिलो हाफमा यो दिल्लीले गुमाएको बेस्ट अवसर हो
३५ र ३६ औं मिनेटमा गोलका अवसर गुमाएको मनाङले कर्नर प्रहारको अवसर पाएको थियो। तर दुवै कर्नर प्रव्हाबकारी भएनन्। यससँगै खेलको पहिलो हाफ गोलरहित बराबरीमा रोकिएको थियो।
दोस्रो हाफको ४७ औं मिनेटमा ओलवालेको प्रहार फेरि रोकियो। यसपटक पनि गोलकिपर अनुजले सहजै बचाए। त्यसकै अर्को मिनेटमा शिशिर लेखिको पासमा ओलाबाले पोस्टको नजिकबाट प्रहार गरे पनि त्यो गोल हुन सकेन। रिबाउन्डमा अन्जनले गरेको प्रहार पनि मैदानबाहिर गयो।
७५ मिनेटमा गोलकिपर अगै बढेको अवस्थामा दिल्लीका हेमन्तले गरेको प्रहार पोस्टबाट बाहिर गएको थियो। ६६ औं मिनेटमा भातीय मिडफिल्डर कृष्ण पण्डितले कुनै गल्ती गरेनन्। उनले मैदानको दायाँ कुनाबाट गरेको प्रहार गोलकिपर विसाललेले बचाउन सकेनन्। यससँगै मनाङ एक गोलले पछि पर्यो।
‘गोल बेहोरेपछि हामी हतासियौं। अब हामीसँग समय पनि छैन। ४० मिनेटको मात्र एक हाफ गराएको छ। त्यसले गर्दा पछि हामीले डिफेन्सलाई परिवर्तन गरेर अफेन्समा खेलाडी थप्यौँ। अनि जित निस्कियो,’ राजेन्द्रले खेलपछि भने।
खेल सकिनुभन्दा ७ मिनेटअघि अन्जनले खेललाई बराबरीमा ल्याए। उनले पोस्टको नजिकैबाट गोल गरेका थिए। अन्जनको त्यो गोलपछि रंगशालामा भएको दर्शकको स्वरले गुञ्जिएको थियो। त्यो गुञ्जयमानले मनाङ खेलमा फर्किएको थियो।
त्यस्तै डिफेन्डर पुजन उपरकोटीलाई प्रतिस्थापन गर्दै खेलको दोस्रो हाफमा मैदान छिरेका विमल रानाले अन्तिम मिनेटमा गोल गरेपछि मनाङले अग्रता खोस्यो। त्यसपपछि दिल्लले पुनरागमको लागि समय नै पाएन। दिनेश रजवंशीको फ्री किकमा विमलाले गोल गरेका थिए।
यससँगै मनाङ २–१ को जित निकालेको हो। ‘सुरुमा हामीले दबाब खायौं। जब खेल बुझ्यौं, हामीले लङ बल नियन्त्रण गर्यौं। अनि बल हाम्रो नियन्त्रणमा आयो,’ राजेन्द्रले भने। सहिद स्मारक ए डिभिजन लिगमा सिजनभर च्यासलबाट खेलेका कमल श्रेष्ठ पुन मनाङमा नै फर्किएका छन्। मनाङ फर्किएपछि खेलमा सजिलो भएको प्रशिक्षक राजेन्द्रले बताएका छन्।
कमलको साइडबाट धेरै क्रसहरु अगाडि आएका थिए। तर गोल हुन सकेनन्। उनले अर्को खेलका लागि पाँच दिन रेस्ट भएको र यो वातावरणमा भिज्न सजिलो हुने बताएका छन्।
बिहीबार खेलमा गोल खाएर पनि फर्काउन सक्नु भनेको राम्रो छ भन्ने हो। हामी उपाधिका लागि पोजेटिभ छौं। जितसँगै मनाङको टिमले धनगढीमा उपस्थिति दर्शकमाझ खुसी मनायो। खेलाडीसँग सेल्फी खिच्न त हात मिलाउन खेल सकिएलगत्तै सयौं दर्शक मैदानमा पसेका थिए।