मंगलबार, वैशाख १६, २०८२

किन बोली फेरिरहन्छ माओवादी?

वैज्ञानिक समाजवादीका अध्यक्ष आहुति माओवादीले बोली फेरिरहनुको मुख्य कारण प्रचण्डको एमसीसी पास गर्ने स्वार्थ रहेको बताउँछन्। ‘सबै गतिविधि हेर्दा प्रचण्ड टोलीको लाइन सुरुदेखि नै एमसीसी पास गर्ने छ,’ आहुति भन्छन्।
 |  सोमबार, फागुन ९, २०७८

निर्भीकजंग रायमाझी

निर्भीकजंग रायमाझी

सोमबार, फागुन ९, २०७८

एमसीसीविरुद्धको प्रदर्शनको क्रममा आइतबार माओवादीसम्बद्ध एक दर्जन नेता–कार्यकर्ता घाइते भए। प्रदर्शनकारीमाथि प्रहरीले दमन गरेको भन्दै माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले आइतबार नै सामाजिक सञ्जालमा स्टाटस लेख्दै भर्त्सना गरे।

प्रवक्ता कृष्णबहादुर महराले पनि एमसीसीको विषयमा पहिलेदेखि नै माओवादी विरोधमा रहेको भन्दै विज्ञप्ति प्रकाशन गरे। अन्य माओवादी नेताहरूले पनि सामाजिक सञ्जालमा ‘यथास्थितिमा एमसीसी’ पास गर्ने सवालमा माओवादी केन्द्र निरन्तर विपक्षमा रहेको दाबी गरेकागर्‍यै छन्। तर माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' भने सत्ता गठबन्धनको बैठकमा एमसीसी संसदमा टेबल गर्न सहमत भएका थिए। यसले उसको राजनीतिक चरित्र बुझ्न सहयोग गरेको छ। 

एमसीसीबारे माओवादीले दोहोरो नीति अख्तियार गरेको यो नै पहिलो पटक भने होइन।  सेप्टेम्बर २९ मा प्रधानमन्त्री शेरबहादुर देउवासहितको हस्ताक्षरमा एमसीसीलाई पठाएको पत्रमा पनि एमसीसी संशोधनको विषय कतै उल्लेख छैन, बरु ५ महिना समय दिए एमसीसी संसदबाट अनुमोदन गराउने  प्रतिबद्धता व्यक्त गरिएको छ। लामै समय उक्त पत्र गोप्य राखिएको थियो। त्यो बेला प्रचण्ड बालुवाटारमा एक विषय बोलिदिन्थे त, खुमलटार पुगेपछि ठिक विपरीत अभिव्यक्ति दिन्थे। 

पत्र गोप्य भएकाले यथास्थितिमा एमसीसी पारित गर्न नसकिने अभिव्यक्ति दिन प्रचण्डलाई सजिलो थियो। तर प्रधानमन्त्रीसँग संयुक्त हस्ताक्षरमा एमसीसीलाई एक व्यहोराको पत्र पठाउने र आम जनतालाई चाहिँ छक्याउने क्रम नरोकेपछि बालुवाटारले गोप्य पत्र सार्वजनिक गरिदियो। प्रचण्डको दोहोरो चरित्र उदांगियो। 

000

Metro Mart
worldlink

एमसीसी पास गर्न प्रचण्डले दिएको भाका फेब्रुअरी २९ मा सकिँदैछ। त्यो मिति नजिकिएसँगै एमसीसी पारित गराउनुपर्ने दबाब प्रधानमन्त्री देउवालाई छ।  दबाबमा परेका देउवाले आइतबार प्रचण्डलाई बालुवाटार बोलाएर कम्तीमा एमसीसी टेबल गर्न मनाएका पनि थिए। यही अनुसार सभामुख अग्नि सापकोटा पनि एमसीसी संसदमा टेबल गराउन सहमत भए। तर प्रतिनिधि सभाको बैठकमा पुग्दा प्रचण्डको बोलीले 'यू-टर्न'लियो।  माओवादीको दोहोरो चरित्र सदनमा पनि देखियो। 

वैज्ञानिक समाजवादीका अध्यक्ष आहुति  माओवादीले बोली फेरिरहनुको मुख्य कारण प्रचण्डको एमसीसी पास गर्ने स्वार्थ रहेको बताउँछन् ।  ‘सबै गतिविधि हेर्दा प्रचण्ड टोलीको लाइन सुरुदेखि नै एमसीसी पास गर्ने छ’ आहुति भन्छन् ।

सञ्चार तथा सूचना प्रविधिमन्त्रीसमेत रहेका सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले एमसीसीलाई टेबल गरिरहँदा प्रचण्ड चुपचाप थिए भने उनकी बुहारी सांसद विना मगर भने नाराबाजी चर्काउन व्यस्त थिइन्। बाहिर सडकमा माओवादी कार्यकर्ताहरूले एमसीसीविरुद्ध नाराबाजी गरिरहेका थिए। माओवादी कार्यकर्ता र प्रहरीबीच मुठभेड पनि भयो। माओवादी तर्फका करिब एक दर्जन कार्यकर्ता घाइते बने। 

एमसीसीका सवालमा मात्र होइन, सरकारमा रहने वा नहरने विषयमा समेत माओवादी नेताहरूले दुईखाले अभिव्यक्ति दिँदै आएका छन्। माओवादी संसदीय दलका सचेत देव गुरुङले जुनसुकै बेला सरकार छाड्न सक्ने बताउँदै आएका छन्। उता प्रचण्डले भने गठबन्धन नभत्कने भन्दै कांग्रेस नेताहरूलाई आश्वास्त पारिरहेका छन्।  

‘एमसीसी पारित भए सरकारबाट हट्नुपर्छ भन्ने पार्टीले नीतिगत रुपमा निर्णय गरिसकेको विषय हो,’ उनले भने, ‘कुन दिन हट्ने भन्ने मात्र हो। यस विषयमा छिट्टै निर्णय गर्छौं।’

प्रकाशित: Feb 21, 2022| 20:31 सोमबार, फागुन ९, २०७८
nepali patronepali patro
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...