मंगलबार, वैशाख १६, २०८२
  • गृहपृष्ठ
  • राजनीति
  • नारायणहिटी क्याफे प्रकरणले सतहमा ल्याएको आले-भट्टराई 'जुँगाको लडाइँ'

नारायणहिटी क्याफे प्रकरणले सतहमा ल्याएको आले-भट्टराई 'जुँगाको लडाइँ'

एकीकरणअघिको नेकपा एमाले र एकीकरणपछि बनेको नेकपामा सँगै काम गरेका यी दुई नेता अहिले एकअर्कालाई निकै तल्लो हदसम्म गिराएर बोलिरहेका छन्।
 |  आइतबार, माघ २, २०७८

निर्भीकजंग रायमाझी

निर्भीकजंग रायमाझी

आइतबार, माघ २, २०७८

काठमाडौं– केही समय अघिसम्म एउटै पार्टीमा रहेका प्रेम आले र योगेश भट्टराई अहिले आरोप–प्रत्यारोपमा उत्रिएका छन्। पर्यटनमन्त्री आले र एमाले सचिव भट्टराईबीचको विवाद नारायणहिटी दरबार संग्रहालय परिसरमा सञ्चालन हुने भनिएको क्याफेलाई लिएर सतहमा आएको हो। यद्यपि, क्याफे निर्माण कार्य रोकिएको छ र बनेका केही संरचनासमेत भत्काइसकिएको छ।  

पूर्व पर्यटनमन्त्री योगेशले एक टेलिभिजन कार्यक्रममा बेलायतबाट आउँदा मन्त्री आलेले विना राजस्व दश बोतल रक्सी र रोलेक्स घडी ल्याएको तथा काठ तस्करी गरेको आरोप लगाए। यता मन्त्री आलेले पनि माओवादी जनयुद्धकालमा हतियार सप्लाइ गरेर योगेशले काठमाडौंमा घर बनाएको आरोप लगाए। ‘माओवादी र सेनाबीच वार भइराखेको थियो, त्यो बेलामा खरखजानासहित उहाँ दुई नम्बरी गर्नुहुन्थ्यो,’ मन्त्री आलेले भनेका छन्, ‘ताप्लेजुङबाट लुरुलुरु काठमाडौं आएको मान्छे त्यही खरखजाना बेचेर घर बनाउन सक्ने भएको हो।’

आलेले भन्दा एक दिनअघि अन्तर्वार्ता दिएका भट्टराईले आफू संलग्न नभएको प्रकरणमा नियोजित ढंगले मुछ्न खोजेकोमा कडा प्रतिवाद गरे। उनले आलेलाई काठ तस्करीदेखि रक्सी निर्यात गरेको आरोप लगाए।

एकीकरणअघिको नेकपा एमाले र एकीकरणपछि बनेको नेकपामा  सँगै काम गरेका यी दुई नेता अहिले एकअर्कालाई निकै तल्लो हदसम्म गिराएर बोलिरहेका छन्। सर्वोच्च अदालतको परमादेशबाट केपी ओली नेतृत्वको सरकार बहिर्गमित भएपछि बनेको गठबन्धन सरकारमा नेकपा (एकीकृत समाजवादी)को तर्फबाट पर्यटनमन्त्री बनेका हुन् आले। योगेश आलेभन्दा ठिक अघि सोही मन्त्रालयमा मन्त्री थिए।

पर्यटनभन्दा अघि वन मन्त्रालयको जिम्मेवारी पाएका आले विवादित बने। उनले उल्लेख्य काम गर्न सकेनन्, बरु रुखले कार्बनडाइअक्साइड फ्याँक्छ भनेर भाषण गरेपछि ट्रोलको सिकार भए।

Metro Mart
worldlink

केपी ओली निकट आले एमाले फुट्दा माधवकुमार नेपालतिर लागे र फेरि मन्त्री भए। यसपटक उनी आक्रामक रुपमा काम गरिरहेका छन्। त्रिभुवन विमानस्थलमा सुधारका केही काम गरेका आलेले नारायणहिटीमा नजर लगाएपछि भनेका छन्– ऐतिहासक सम्पदाको दोहन गर्ने जोकोही भए पनि छाड्दिन्ँ। उनले तत्कालीन पर्यटनमन्त्री योगेश भट्टराईतिर संकेत गरेका हुन्, जसको पालामा बतास समूहले नारायणहिटी संग्रहालय परिसरमा क्यान्टिन सञ्चालन गर्ने अनुमति पाएको थियो।

उता, बतास समूहका अध्यक्ष आनन्दराज बतासले पनि पर्यटनमन्त्री आलेले ठाडो आदेशमा काम रोकेको भन्दै अदालत जाने बताएका छन्। योसँगै नारायणहिटी प्रकरणमा बतास समूह, प्रेम आले र योगेश भट्टराईबीचको त्रिपक्षीय भिडन्त सुरु भएको छ।  

एकीकरणअघिको नेकपा एमाले र एकीकरणपछि बनेको नेकपामा  सँगै काम गरेका यी दुई नेता अहिले एकअर्कालाई निकै तल्लो हदसम्म गिराएर बोलिरहेका छन्।

जोसुकैले सञ्चालन गरे पनि नारायणहिटी संग्रहालयभित्र क्यान्टिन बन्नुपर्छ भन्दै तर योगेश घुमाउरो तरिकाले बतास समूहको बचाउमा देखिएका छन्। योगेशले ‘सेफ जोन’मा रहेर बोलेपछि मन्त्री आलेले ‘योगेश पनि बतास समूहको सेयरमा छ होला’ भन्दै अर्को आरोप लगाएका छन्।

कुनै समय एमालेमा सँगै रहेका आले र योगेशको आरोप–प्रत्यारोपले एमाले र नेकपा समाजवादीको शीर्ष तह पनि प्रभावित भएको नेकपा एमालेका एक नेता बताउँछन्। उनका अनुसार पार्टी विभाजनको समयमा केपी ओलीसँग रहेका योगेशले नेकपा समाजवादीलाई पनि यो प्रकरणमा जोडेका छन्। ती नेताले भने, ‘आफ्ना सांसद तथा पार्टीका प्रभावशाली नेताको विषयलाई लिएर एमाले र नेकपा (एस)बीच झनै दूरी बढ्ने वातावरण देखिएको छ।’

समान हैसियत तथा ठोकिने एकै ठाउँ

एमालेमा रहँदा आले र भट्टराई एकै तहमा थिए। २०७१ को महाधिवेशनपछि योगेश सचिव बने भने आले केन्द्रीय सदस्यमा रहे। त्यसपछि माओवादी र एमाले एकीकरणपछि बनेको नेकपामा दुवैजना केन्द्रीय सदस्यको भूमिकामा रहे।

मन्त्री आले डोटीबाट र योगेश ताप्लेजुङबाट प्रतिनिधिसभा सदस्यमा चुनिएका हुन्। विद्यार्थी राजनीतिमा आबद्ध हुँदादेखि नै मिडियामा छाइरहने भएकाले योगेशले चर्चित युवा नेताको छवि बनाएका छन्। लामो समय गृहजिल्लामा नै सक्रिय आले भने काठ व्यापारमा संलग्न भएकाले व्यापारीकै रुपमा बढी चिनिन्थे। २०५१ मै अनेरास्ववियुको अध्यक्ष भइसकेका योगेश आलेभन्दा चार वर्ष जेठासमेत छन्। यही कारण आफूलाई प्रेम आलेजस्तो नेतासँग कुनै कोणबाट आफ्नो तुलना हुन नसक्ने बताउँदै आएका छन्।

२०७४ को आम निर्वाचनपछि दुवै नेताको पोर्टफोलियो समान देखिएको थियो। तत्कालीन पर्यटनमन्त्री रवीन्द्र अधिकारीको हेलिकोप्टर दुर्घटनामा निधन भएपछि केपी शर्मा ओलीले २०७६ साउन १५ मा योगेशलाई पर्यटनमन्त्री नियुक्त गरेका थिए। योगेशलाई चुनाव जिताए मन्त्री बनाउँछु भनेर ओलीले ताप्लेजुङको आमसभामा नै बोलिसकेका थिए।

केन्द्रीय राजनीतिमा आलेको प्रवेश २०७७ पुस ५ गतेको संसद् विघटनपछि मात्र सुरु भएको मानिन्छ। केपी ओलीको कदमलाई साथ दिएसँगै माघमा आलेलाई वनमन्त्री बनाइयो। वनमन्त्री छँदा विवादित बनेका आले नेकपा फुटेसँगै मन्त्री बन्नैका लागि केपी ओलीको साथ छाडेर माधव नेपालको नेकपा समाजवादी प्रवेश गरेका थिए।

मन्त्री आले डोटीबाट र योगेश ताप्लेजुङबाट प्रतिनिधिसभा सदस्यमा चुनिएका हुन्। विद्यार्थी राजनीतिमा आबद्ध हुँदादेखि नै मिडियामा छाइरहने भएकाले योगेशले चर्चित युवा नेताको छवि बनाएका छन्।

पहिलोपटक मन्त्री भएका आले र योगेश भट्टराई बारम्बार विवादमा आउने पात्रका रुपमा चिनिन्छन्। तुलनात्मक रुपमा अध्ययनशील र सादा छविका योगेशले नेपाल भ्रमण वर्षको बेला बोलेको कुरा विवादित  बनेका थिए।

सार्वजनिक मञ्चहरूमा समेत खरो रुपमा विपक्षीलाई कटाक्ष गर्ने मन्त्री आले पनि वनमन्त्री छउन्जेल आलोचित बने। एक सार्वजनिक कार्यक्रममा ‘रुखले कार्बनडाइअक्साइड दिन्छ’ भनेपछि आले एकाएक भाइरल बनेका थिए। कोरोनाको दोस्रो लहरमा चीनले अनुदान दिएको अक्सिजन सिलिन्डरमा आफ्नै फोटो टाँसेको कारण पनि आलेको चर्को आलोचना भयो।

यद्यपि पर्यटनमन्त्री भएपछि भने विमानस्थल र वायुसेवा निगमको काममा आक्रामक बन्दै आलेले चर्चा बटुल्न सफल भए। दुईपटक सांसद भइसकेका आले र पहिलोपटक सांसद भएका योगेश समयक्रममा एउटै मन्त्रालयका मन्त्री भए। योगेशपछि पर्यटनमन्त्री भएका आलेले योगेशले नियुक्त गरेका कतिपय विभागीय प्रमुखलाई आलेले बर्खास्त गरेका थिए। त्यही कारण आले पर्यटनमन्त्री भएदेखि नै उनीहरूबीच जुँगाको लडाइँ सुरु भइसकेको निकटस्थहरु बताउँछन्।

प्रकाशित: Jan 16, 2022| 08:14 आइतबार, माघ २, २०७८
nepali patronepali patro
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...