बुधबार, वैशाख १७, २०८२

यस्तो देखियो थारु गीतमा पल शाहसँग कविताको कमेस्ट्री

युट्युबमा निकै रुचाइएको थारु लभ सङ ‘ओ सजन’को सिक्वेल ‘ओ सजन २’ सोमबार सार्वजनिक भएको छ। पहिलो भागलाई युट्युबमा ३१ लाख बढीपल्ट हेरिएको छ।
 |  सोमबार, पुस २६, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, पुस २६, २०७८

काठमाडौं- युट्युबमा निकै रुचाइएको थारु लभ सङ ‘ओ सजन’को सिक्वेल ‘ओ सजन २’ सोमबार सार्वजनिक भएको छ। पहिलो भागलाई युट्युबमा ३१ लाख बढीपल्ट हेरिएको छ। 

थारु भाषामा आफ्नो प्रिय मान्छे एवम् प्रेमि/प्रेमिकालाई ‘ओ सजन’ भनेर सम्बोधन गर्ने गरिन्छ। यो गीतमा थारु भाषामा जमिरहेका गायक नरेश जोगी , गायिकाद्धय अनु चौधरी र सोनु कुश्मीले स्वर दिएका छन्। 

रोमान्टिक शैलीमा तयार पारिएको यो गीतमा अभिनेता पल शाह फिचर्ड छन्। गीतमा उनी र मधेशी समुदायबाट उदाएकी मोडल कविता रायको क्यामेस्ट्री देख्न सकिन्छ। यो गीतको शब्द र संगीत पनि नरेश जोगीकै हो । गीतमा सहकलाकारका रुपमा कृष्ण जोशी, जुरी ठाकुल, विद्या कार्की, लोकेन्द्र राज चौधरी पनि फिचर्ड छन्। 

गीतको भिडियोमा विक्रम चौहानले निर्देशन र कोरियोग्राफी गरेका छन्। ‘ओ सिजनको पहिलो भागलाई धेरै प्रेम गर्दिएपछि दोश्रो भाग ल्याएका हौं,’ थारु गायक जोगीले भने, ‘अब यसलाई सिनेमाकै स्वरुप दिने विषयमा पनि छलफल भइरहेको छ। पल र कविताजी पनि यसमा सकारात्मक हुनुहुन्छ। छिट्टै सार्वजनिक गर्नेछौं।’

प्रकाशित: Jan 10, 2022| 20:55 सोमबार, पुस २६, २०७८
nepali patronepali patro
प्रतिक्रिया दिनुहोस्