बुधबार, वैशाख १७, २०८२
  • गृहपृष्ठ
  • राजनीति
  • एमाले केन्द्रीय कमिटीमा प्रदेश १ बाट पदाधिकारीसहित केन्द्रीय सदस्यमा पाँच दर्जन आकांक्षी

एमाले केन्द्रीय कमिटीमा प्रदेश १ बाट पदाधिकारीसहित केन्द्रीय सदस्यमा पाँच दर्जन आकांक्षी

पदाधिकारी संख्या बढाएर १९ पुर्‍याइएको छ। यसअघि पदाधिकारी संख्या १५ थियो। पार्टी कार्यालय सचिव शेरबहादुर तामाङले नेताहरूमा पदाधिकारीका आकांक्षी धेरै देखिएपछि सबैलाई समेटेर लैजान यस्तो निर्णय गरिएको हो ।
 |  शनिबार, मंसिर ११, २०७८

नेत्र पी अधिकारी

नेत्र पी अधिकारी

शनिबार, मंसिर ११, २०७८

चितवन- नेकपा एमालेको १०औं महाधिवेशन शुक्रबारदेखि चितवनमा सुरु भएको छ। शुक्रबारदेखि सौराहामा बन्दसत्र सुरु भएको हो।

बन्दशत्र अघि प्रदेश १ मा पदाधिकारी र केन्द्रीय कमिटीमा पाँच दर्जनबढी आकांक्षी देखिएका थिए। यतिबेला नेताहरूले धमाधम उम्मेदवारी घोषणा गरिरहेका छन्।

प्रदेश १ बाट राजनीति गर्दै आएका इलामका सुवासचन्द्र नेम्वाङ वरिष्ठ उपाध्यक्ष, मोरङका लालबाबु पण्डित र झापाका देवराज घिमिरे उपाध्यक्षका आकांक्षी रहेका छन्। 

सचिवमा सुनसरीका भीम आचार्य, ताप्लेजुङका योगेश भट्टराई, भोजपुरका शेरधन राई, झापाका हिक्मत कार्की, मोरङका जीवन घिमिरे, भानुभक्त ढकाल, डा. शिवमाया तुम्वाहाम्फे र गुरु बराल, संखुवासभाबाट राजेन्द्र गौतम आकांक्षी देखिएका छन्।

पदाधिकारीमा आकांक्षी धेरै देखिए पनि नेतृत्वले सर्वसम्मतको प्रयास गरिरहेको एक केन्द्रीय सदस्यले बताएका छन्। 

Metro Mart
worldlink

केन्द्रीय सदस्यहरूमा मोरङबाट विनोद ढकाल, नरेश पोखरेल, ज्ञानेन्द्र सुवेदी, मधु गुरूङ, डिपी राई, खेम नेपाली, रामकुमार बस्नेत, घनश्याम खतिवडा, यशोदा अधिकारी, सुनसरीबाट जगदीश कुसीयत, धर्मराज निरौला, जयकुमार राई, भगवती चौधरी, तैयव हुसेन, रेवतिरमण भण्डारी, द्वारिकालाल चौधरी, डिवी शाह शंकर, लक्ष्मी गौतम, सर्वध्वज साँवा, मिरा आचार्य, अमृत सुब्बा, झापाबाट नरेश खरेल, देवेन्द्र दाहाल, रोम ओली, मेनुका काफ्ले, रविन कोइराला, दीपक कार्की, एलपी सावाँ, जसमाया गजमेर, अर्जुन राई, इन्द्र भण्डारी, दुर्गा प्रसाईं आकांक्षी देखिएका छन्। 

केन्द्रीय सदस्यका आकांक्षीहरू सामाजिक सञ्जालमार्फत उम्मेदवारी घोषणा गरिरहेका छन्।  त्यसैगरि इलामबाट राम राना र गणेश बराल, पाँचथरबाट आइन्द सुन्दर नेम्वाङ, वसन्त नेम्वाङ, डम्बरध्वज सम्वाहाम्फे केन्द्रीय सदस्यका आकांक्षी देखिएका छन्।

ताप्लेजुङबाट टंक आङबुहाङ, धनकुटाबाट राजेन्द्र राई, संखुवासभाबाट तुलसी न्यौपाने, मुरारी खतिवडा, भविश्वर गुरूङ, विदुर लिङ्थेप, तेह्रथुमबाट तेजमान कन्दङ्वा, भोजपुरबाट हरि राई र प्रेम राई, खोटाङबाट विशाल भट्टराई, उषाकला राई, रमेश पौडेल, पिके राई, पूर्ण घले, हरि पोखरेलले केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरिसकेका छन्।

सोलुखुम्बुबाट बुद्धिकुमार राजभण्डारी, मानवीर राई, ओखलढुङ्गाबाट यज्ञराज सुनुवार, किशोर अधिकारी, बालकृष्ण ढुङ्गेल, उदयपुरबाट खड्गबहादुर परियार, मञ्जु चौधरी, दुर्गा थापा केन्द्रीय सदस्यका आकांक्षी छन्।

केन्द्रीय कमिटीमा आकांक्षी धेरै देखिएपछि सर्वसम्मत गराउन नेतृत्वलाई सकस परेको छ। पदाधिकारी बाहेक केन्द्रीय सदस्यमा मतदान हुने सम्भावना देखिएको नेताहरूको भनाई छ। 

शुक्रबार राति बोलाइएको केन्द्रीय कमिटी बैठकले पदाधिकारीको संख्या बढाउने निर्णयसमेत गरेको छ। पदाधिकारी संख्या बढाएर १९ पुर्‍याइएको छ। यसअघि पदाधिकारी संख्या १५ थियो। पार्टी कार्यालय सचिव शेरबहादुर तामाङले नेताहरूमा पदाधिकारीका आकांक्षी धेरै देखिएपछि सबैलाई समेटेर लैजान यस्तो निर्णय गरिएको हो ।

बैठकले ३०१ सदस्यीय केन्द्रीय कमिटी बनाउने निर्णय गरेको छ। यसअघि केन्द्रीय कमिटी २२५ सदस्यीय छ। बैठकले पोलिटब्युरो ब्युँताएको छ भने जसमा ९९ जना सदस्य रहनेछन्। गत असोजमा भएको विधान महाधिवेशनले पोलिटब्युरो हटाएको थियो। त्यसलाई फेरि ब्युँताएर ९९ सदस्यको पोलिटब्युरो गठन गर्ने ओलीको प्रस्ताव बैठकमा सर्वसम्मत पारित भएको तामाङले जानकारी दिए।

बैठकको निर्णयअनुसार एमाले केन्द्रीय कमिटीमा ३०१ जना सदस्य हुनेछन्। यस्तै पोलिटब्युरोमा ९९ जना तथा स्थायी कमिटीमा ४५ जना सदस्य हुनेछन्। १९ सदस्यीय पदाधिकारीमा १ अध्यक्ष, १ वरिष्ठ उपाध्यक्ष, ६ उपाध्यक्ष, एक महासचिव, ३ उपमहासचिव र सात सचिव रहनेछन्। यी सबै नेताको चयन सर्वसम्मत रुपमा गर्ने निर्णय भएको पनि तामाङले बताए।

प्रकाशित: Nov 27, 2021| 06:57 शनिबार, मंसिर ११, २०७८
nepali patronepali patro
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...