बुधबार, वैशाख १७, २०८२

एमालेको १०औं राष्ट्रिय महाधिवेशन : उद्घाटन समारोह सुरु

नेकपा एमालेको १०औं राष्ट्रिय महाधिवेशन चितवनको नारायणी नदी किनारमा सुरु भएको छ। निर्धारित समयभन्दा झन्डै एक घण्टा ढिलोगरि महाधिवेशन सुरु भएका हो।
 |  शुक्रबार, मंसिर १०, २०७८

नेत्र पी अधिकारी

नेत्र पी अधिकारी

शुक्रबार, मंसिर १०, २०७८

चितवन- नेकपा एमालेको १०औं राष्ट्रिय महाधिवेशन चितवनको नारायणी नदी किनारमा सुरु भएको छ। निर्धारित समयभन्दा झन्डै एक घण्टा ढिलोगरि महाधिवेशन सुरु भएका हो।

महाधिवेशन स्थलमा अहिले विभिन्न जिल्लाहरूबाट झाँकीसहितका र्‍याली आउने क्रम जारी छ। करिव २२ सय महाधिवेशन प्रतिनिधिसहित एमालेका नेता कार्यकर्ताको महाधिवेशनमा सहभागीता रहेको छ।

महाधिवेशन स्थलमा एमाले अध्यक्ष केपी ओली, प्रधानमन्त्री तथा नेपाली कांग्रेस सभापति शेरबहादुर देउवालगायतको विभिन्न दलका नेता विदेशी प्रतिनिधि उपस्थिति हुदैछन्।

मंसिर १२ गतेसम्म चल्ने महाधिवेशनको बन्द शत्र शनिबारदेखि चितवनको सौराहामा सुरु भएको हो। महाधिवेशन २४१ सदस्यीय केन्द्रीय कमिटी चयन गर्दै सम्पन्न हुने छ। 

बन्द शत्रपछि नयाँ नेतृत्व चयनका लागि शनिबार मनोनयन दर्ता हुँदैछ। महाधिवेशनले सर्वसम्मत नेतृत्व चयन गर्नुपर्ने कार्यकर्ताले तीब्र दवाव दिइरहेको केन्द्रीय सदस्य जीवन घिमिरे बताए। 

Metro Mart
worldlink

एमालेको ९औं महाधिवेशन यसअघि ७ वर्षअघि काठमाडौंमा भएको थियो।

प्रकाशित: Nov 26, 2021| 13:03 शुक्रबार, मंसिर १०, २०७८
nepali patronepali patro
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...