हुम्लाको विकट गाउँमा जन्मिएकी दीपा शाही छोटो समयमै फुटबलमा सर्वोत्कृष्ट मात्र बनेकी छैनन्, धैर्य र रुचि भएमा जस्तोसुकै कठिन अवस्थामा पनि सपना पूरा हुन सकिन्छ भन्ने उदाहरण पनि बनेकी छन्।
काठमाडौं– दीपा शाहीको फुटबलमा लगाव र उनले प्राप्त गरेकाे सफलता झट्ट सुन्दा काल्पनिकजस्तै लाग्छ। दुर्गम ठाउँ अनि छोरीले खेल्नु हुँदैन भन्ने अभिभावक र समाज। सुरुमा उनका लागि चुनौती थियो अघि बढ्न। तर संघर्ष गर्दै अघि बढिन्। अनि यति बेला दीपा धैर्य र रुचि भएमा जस्तोसुकै कठिन परिस्थिति पनि सामना गरेर अघि बढ्न सकिने रहेछ भन्ने उदाहरणीय व्यक्तित्व बनेकी छन्।
कर्णालीबाट विज्ञानमा उच्च शिक्षा पढ्न काठमाडौं प्रवेश गरेकी उनलाई पनि थाहा थिएन फुटबलमा लागेर चाँडै सफलता हात लाग्ला भन्ने। हालै सम्पन्न महिला लिग फुटबलको छनोटमा सर्वोत्कृष्ट खेलाडी बनेपछि उनको एउटा सपना पूरा भएको छ। साथै अब राष्ट्रिय खेलाडी बनेर फुटबलमा थप केही गर्ने जोस पनि बढेको छ।
हुम्लामा जन्मिएकी दीपा चार वर्षअघि पढ्न भनेर काठमाडौं आएकी हुन्। दुई वर्षअघि विज्ञानमा कक्षा १२ सकेपछि साथीहरु इन्जिनियर र एमबीबीएसको तयारीमा लागे। उनलाई लाग्यो फुटबलर बनेर पनि केही गर्न सकिन्छ। अनि उनको ध्यान फुटबल प्रेममा केन्द्रित भयो। ‘दुई वर्ष त भयो फुटबल खेल्न थालेको,’ उनले नेपाल समयसँगको कुराकानीमा सुनाइन्, ‘प्लस टु पढ्दा कुमारी फुटबलमा कहिलेकाहीं खेल्न जान्थें। शनिबार–शनिबार साथीसाथी मिलेर खेल्थ्यौं।’
कुराकानीका क्रममा उनका दाइ सबिन पनि सँगै थिए। सबिनले भने, ‘खासमा दीपा गाउँतिर पहिले पनि खेल्थी। तर खेल्ने भनेरै खेल्न थालेको चाहिँ प्लस टुको परीक्षा दिइसकेपछि मात्र हो। उनी छाटो समयममै छलाङ मार्न सफल बनिन्।’
पुराना लुगा र मोजाको भकुन्डो बनाएर खेल्थ्यौं। हामीलाई त खेल्न सकस थियो भने बहिनीहरुलाई झन् गाह्रो हुने नै भयो।’
गाउँमा फुटबल कसरी खेलिन्छ? सबिन भन्छन्, ‘फुटबल त खेल्थ्यौं तर स्कुलबाट भलिबल चोरेर लगेर त्यसलाई लात्ताले हान्थ्यौं। पुराना लुगा र मोजाको भकुन्डो बनाएर खेल्थ्यौं। हामीलाई त खेल्न सकस थियो भने बहिनीहरुलाई झन् गाह्रो हुने नै भयो।’
दीपाले प्रतियोगितामा खेल्ने बल देखेको काठमाडौं आएपछि मात्र हो। ‘जब प्लस टु सकियो खै कहाँबाट यसलाई खेल्न मन लागेछ! खेल राम्रै भए पनि ‘टाइम पास’ का लागि मात्र खेल्थी। मैदानमा चाहिँ प्लस टु सकिएपछि खेल्न थालेकी हो,’ सबिनले भने।
एन्फा कम्प्लेक्समा भएको महिला लिगमा सहभागी ३१ टिमका खेलाडीमध्ये उत्कृष्ट बनेकी दीपाले सात गोल गरिन्। अट्याकिङ मिडफिल्डमा खेल्न रुचाउनले उनले कनकाई नगरपालिकाको प्रतिनिधित्व गर्दै छनोट खेल खेलेकी थिइन्। कनकाईले सेमिफाइनलसम्म मात्र स्थान बनाउन सक्यो। तर विभागीय खेलाडीबिना मैदानमा उत्रिएको कनकाईले जुनसुकै क्लबलाई पनि आच्छुआच्छु पारेको थियो।
कसरी पुगिन् त दीपा कनकाईको टिममा? उनी भन्छिन्, ‘साथीहरुसँग फुटसल खेलिन्थ्यो। उनीहरुले नै झापामा एउटा प्रतियोगिता छ जाऔं भने। अनि गएँ।’ उनले झापामा झिझिलेको टिमबाट एउटा स्थानीय प्रतियोगिता खेलकी थिइन्। झिझिलेको टिमलाई सेमिफाइनलमा कनकाइले पेनाल्टी सुटआउटबाट हराएको थियो।
कनकाईका प्रशिक्षकको दिमागमा उनको खेलशैली बसिरह्यो। ‘पछि छनोट खेल हुने बेलामा प्रशिक्षकले बोलाउनुभयो,’ उनले भनिन्, ‘अनि राष्ट्रिय लिग छनोट खेल्न पुगें म।’
उनले खेलेको यो नै पहिलो राष्ट्रिय स्तरको प्रतियोगिता थियो। थोरै समय र मेहनतले छनोटमा सर्वात्कृष्ट हुन पाउँदा त्यो खुसी र उत्साह बयान गर्न शब्द नै नपाएको बताउँछिन् उनी। ‘वाउ! एउटा प्रतियोगितामै उत्कृष्ट!’ उनले खुसी हुँदै भनिन्।
अब उनलाई राष्ट्रिय टिममा पुग्ने हतार भएको छ। नेसनल टिममा आउनेमा कति विश्वस्त हुनुहुन्छ? जवाफमा दीपा भन्छिन्, ‘आशा छ चाँडै राष्ट्रिय टिमसँग पुग्छु होला। पहिले त सोचेकी थिइनँ। अबचाहिँ चाँडै त्यो यात्रा पूरा गर्नुपर्छ।’
‘कर्णाली प्रदेशमा एउटा प्रतियोगिता आयोनना भएको थियो। प्रतियोगिता दाइहरुले जित्नुभयो। त्यसपछि मलाई लाग्यो– फुटबल खेल्नुपर्ने रहेछ। फुटबलबाट पनि केही त हुने रहेछ।’
खेलमा लाग्ने प्रेरणा कसरी जाग्यो त? उनको कथा प्रेरक छ। जब प्लस टुको परीक्षा सकियो अनि तीन महिना छुट्टी थियो। अनि ‘सबिन दाइ’ प्रतियोगितामा खेलिरहेका हुन्थे। ‘छुट्टीमा दाइले मलाई पनि लिएर जानुहुथ्यो। त्यहाँ दर्शकको उत्साह देखेर म लोभिएँ,’ दुई वर्षअघिको घटना स्मरण गर्दैै उनले भनिन्, ‘कर्णाली प्रदेशमा एउटा प्रतियोगिता आयोनना भएको थियो। प्रतियोगिता दाइहरुले जित्नुभयो। त्यसपछि मलाई लाग्यो– फुटबल खेल्नुपर्ने रहेछ। फुटबलबाट पनि केही त हुने रहेछ।’
जितपछिको उत्साह, फ्यानहरुको समर्थनले उनलाई अरु सबै कुरा बिर्सिन बाध्य पारेको थियो। भन्छिन्, ‘पहिले के थाहा र! फुटबलमा कस्तो गर्न सकिन्छ भनेर?’ उनी काठमाडौं आएपछि रिलायन्स कलेजमा भर्ना भइन्। होस्टेल बसेर विज्ञान पढ्न थालें। खेलबारे समाजले दिमागमा भरिदिएको ‘केटीहरुले फुटबल खेल्नु हुँदैन’ भन्ने धारणाबाट उनी पनि प्रभावित थिइन्।
उनले भनिन्, ‘खेल्यो भने त कुरा काट्ने रहेछन्। अभिभावकलाई नराम्रो लाग्ने रहेछ।’ छोरीले फुटबल खेलेको थाहा पाएपछि गाउँमा नकारात्मक रुपमा लिन थालिएको पनि उनले स्मरण गरिन्। गाउँलेले आमासँग भन्थे रे, ‘तेरी छोरी त केटाहरुले जसरी फुटबल पो खेल्दै छे।’
दीपाका पिता त फुटबल खेलेको भन्दा छोरीले लेखपढमा लागेको रुचाउँछन्। उनलाई छोरीले फुटबल खेलेको मन परिरहेको छ वा छैन। तर उनले दीपालाई फुटबल खेल भनेका छैनन् रे।
खाली खुट्टाले मोजाको बल खेल्दा चोट लाग्थ्यो। रगत आउँथ्यो। उनमा जोस भने थपिँदै जान्थ्यो। उनी भन्छिन्, ‘व्यवस्थित मैदानमा बुट लगाएर खेल्नुपर्छ भनेर चाहिँ यहाँ आएर मात्र सिकेको हुँ।’
दीपा सानो छँदा हुम्लातिर अहिलेजस्तो फुटबल पुगेकै थिएन। बल भनेकै फाटेको कपडा बुनेर बनाएको बल। ‘अनि बुट पनि हुँदैन, खाली खुट्टै खेल्ने हो नि,’ उनी सुनाउँछिन्, ‘दाइहरुले चाहिँ ठूलो बल खेल्थे। हेर्दा हेर्दा गरेपछि एकदुई टच गरेपछि ‘अब भयो जा’ भन्थे।’
खाली खुट्टाले मोजाको बल खेल्दा चोट लाग्थ्यो। रगत आउँथ्यो। उनमा जोस भने थपिँदै जान्थ्यो। उनी भन्छिन्, ‘व्यवस्थित मैदानमा बुट लगाएर खेल्नुपर्छ भनेर चाहिँ यहाँ आएर मात्र सिकेको हुँ।’
अहिले उनको गाउँमा महिला फुटबल टिम छ त? उनी भन्छिन्, ‘कहाँ हुनु! केटीले खेल्नुपर्छ भन्ने सोच छैन। त्यो सोच भर्न कति समय लाग्छ अब। दुई महिना भयो हुम्ला एकेडेमीचाहिँ खुलेको छ। त्यहाँ ५–६ जना अभ्यास गर्न आउँछन् पढ्नुपर्छ भन्ने छ।’
पछिल्लो छनोटपछि उनलाई धेरैले हौसला दिन थालेका छन्। यसले खेल्न स्वतन्त्र भएको उनी बताउँछिन्। ‘अब बल्ल धेरैले खेल्नुपर्छ, केही गर्न सक्छेस् भन्न थालेका छन्,’ दीपाले भनिन्। छनोटमा उनी सर्वोत्कृष्ट भएपछि उनका मामा सबिन सिंह पनि दीपा सम्मानित भएको हेर्न आएका रहेछन्। उनले दीपालाई रोक्दै भने, ‘यसअघि त त्यस्तै भयो। अबचाहिँ उनलाई परिवारको पूरा सहयोग रहन्छ। यहाँको प्रदर्शन देखेर त्यतिचाहिँ सुधार भएको छ।’
कस्तो लाग्यो भान्जीको प्रदर्शन? उनले भने, ‘हामी पहिलेदेखि नै भान्जीसँग बस्थ्यौं। उनी ७–८ मा पढ्दा उनको एथ्लेटिक्स निकै राम्रो थियो। त्यहाँ रनिङलगायत प्रतियोगितामा राम्रो प्रदर्शन गरिरहेकी हुन्थिन्।’
त्यसैले आफूले पहिल्यैदेखि भान्जीको करियर खेलमा देखेको बताउँछन् उनी। सिंहले भने, ‘मैले उसको करियर खेलमा राम्रो देखेको थिएँ। त्यो खेल फुटबल नै हो भन्नेचाहिँ लागेको थिएन। पछि उनी फुटबलमा लागिन्। धेरै पटक अनि प्लेयर अफ दि म्याच बनिसकेकी छन्।’
छोरीको फुटबल कौशल देखेर कस्तो लाग्यो त? आमा त्रिदेवी भावुक हुँदै भन्छिन्, ‘खेल देखेर खुसी लागेको छ। उनले गाउँमा खेल्छु भन्दा हामीले खेल्न दिएनौं। समाज पनि त्यस्तै थियो।’
दीपालाई सबैभन्दा खुसीको क्षण थियो छनोट खेल आमा त्रिदेवी शाहीले पनि हेर्दा। उपचारका लागि काठमाडौं आएकी त्रिदेवीको ओठमा हाँसो र आश्चर्यको मिश्रित भाव देखिन्थ्यो।
छोरीको फुटबल कौशल देखेर कस्तो लाग्यो त? उनी भावुक हुँदै भन्छिन्, ‘खेल देखेर खुसी लागेको छ। उनले गाउँमा खेल्छु भन्दा हामीले खेल्न दिएनौं। समाज पनि त्यस्तै थियो।’
उनले छोरीलाई छोरासरह फुटबल खेल्न पठाउँदा समाजले गिज्याउने गरेको तितो अनुभव पनि सुनाइन्। उनले भनिन्, ‘तेरी छोरी यस्तो! उस्तो! भनेको सुन्दा कुनचाहिँ बाबुआमालाई सह्य हुन्छ र? समाजले गिज्याउँछ हामीले के गर्न सक्नु?’
अहिले भने दीपाका अभिभावकले उनलाई पूरा साथ दिएका छन्। उनका पिता हुम्लामै छन्।
‘छोरीले मैदानमा खेलको हरें। मलाई थाहा थिएन कि छोरी यस्तो खेल्न सक्छे भनेर। हामीले त पढ भनेका हौं। उसका बुवाले पनि पढ नै भनेर कोसिस गर्नुभएको हो। तर छोरीले खेल्ने रहर गरी’, उनले भनिन्, ‘सानै थिई नि, उबेलादेखि नै बल बनाउन्या, खेल्न्या गर्छे क्या तेसले। उसको बारेमा स्कुलका सरले जहिल्यै राम्रै भनेको थियो। तेसैले हामीले चाहिँ पढ भन्थ्यौं।’
पढाइमा दाइ सबिन शाहीले धेरै सहयोग गरेका छन्। उनी आफैं पनि पढिरहेका छन्। काठमाडौंमा रहेका दुई भाइ पनि पढाइमा व्यस्त हुन्छन्।
‘बैनीको पढाइ राम्रै थियो। तर अहिले उसको जीवन फुटबलतिर मोडियो,’ उनले भने। सबिन पनि फुटबलाई निकै माया गर्छ। हुम्लाका साथीहरुको टिममा खेल्छन् पनि उनी। ‘म फुटबललाई एकदमै माया गर्छु। मैले नानीलाई कलेजमा एड्मिसन गर्दा सोधेको थिएँ – खेल्छेस् भनेर। तर उनले चाहे पनि खेल्ने सपनामाथि पढ्ने निर्णय नै हाबी भयो।’
भविष्यसँग सम्झौता नगर्ने र समाजको डरले पनि त्यस्तो भएको हुन सक्ने सबिन बताउँछन्। तर प्लस टु साइन्स सकेपछि दीपाको फुटबल एकाएक जाग्यो। भनिन्छ, ढिलै भए पनि मनको कुरा बाहिर निस्किएरै छोड्छ। त्यस्तै भयो दीपालाई पनि।
‘मैले एकपटक बार्सा नेपालको एक प्रतियोगितामा दीपालाई लगें। त्यहाँ खेलेपछि उसको खेलबारेको धारणा राम्रो भयो। त्यसपछि त हो उसलाई केटीहरुले पनि खेल्दा रहेछन् है भन्ने भावना पलाएको,’ सबिनले भने।
अनि कर्णालीको प्रतियोगितले उनलाई फुटबलमा लागिरहने हौसला मिल्यो। सबिनले भने, ‘मैले त खेलमा केही गर्न सकिनँ, बहिनीले चाहिँ राष्ट्रिय टिमबाट खेलोस्। अचेल मेरो दिमागमा यही कुरा आउँछ। बरु त्यसका लागि म जति सघाउन पनि तयार छु।’
उनलाई दीपाले राष्ट्रिको प्रतिनिधित्व गरेर खेलेको हेर्ने मन छ। ‘छनोटमा बेस्ट भएपछि लागिरहेको छ त्यो सपना टाढा छैन। खुला आँखाले देखेको सपना पनि पूरा हुन्छ। त्यो किन पनि लाग्यो भने आफैं फुटबलमा लागेर हन्डर खाएको मान्छे हुँ।’ उनको चाहना छ कुनै आफन्तले फुटबलमा सफलता पाओस्। उनले भने, ‘मैले घरजम गरेछु भने पनि मेरा सन्ततिले फुटबल खेलोस् भन्ने चाहना छ। तर त्यो चाहना छिटै पूरा हुन्छ जस्तो चाहिँ लागेको थिएन,’ सबिनले भने।
उनका बाबुआमाले खेल्ने अनुमति दिनु भन्दा पनि उहाँहरुमा खेलेर केही गर्न सकिन्छ भनेर विश्वास दिलाउनु ठूलो कुरा हो। खेल्न दिनु र खेल्नका लागि प्रेरक बन्नु धेरै फरक विषय हो। ‘बुबाआमा खेलेर हुँदैन पढ्नुपर्छ, खेलेर खान सकिन्न, खुट्टा भाँचिन्छ, पछि गाह्रो पर्छ भन्नुहुन्छ। उहाँहरुलाई सायद हाम्रो भविष्यप्रति डर छ’, सविनले भने, ‘उसको प्रदर्शनले चाहिँ अहिले परिवारमा परिवर्तन देख्न पाएका छौं।’
साइन्स पढियो त्यसपछि जानुपर्ने फिल्ड थियो इन्जिनियरिङ वा एमबीबीएस तर खेलमा लागियो। त्यता भविष्य सुरक्षित हुन्थ्यो सायद। त्यो मिस हुन्छ।’
दीपाले आफू उत्कृष्ट भएपछि खबर दिन बुवालाई फोन गरिन्। दीपाको खुसीमा आफ्नो खुसी रहेको दीपाका बावुले उनलाई भने। ‘पहिला त नखेल भन्थ्यौं। अहिले बुझियो खेलेर यस्तो हुँदा रहेछ आँखाले देखियो,’ बुबाले फोनमा भनेको कुरा दीपा सुनाउँछिन्, ‘हामीले भनेर हुँदैन रहेछ। मनले जे भन्छ त्यही गर। पढाइ पनि नछोड्नू हामी सहयोग गर्छौँ।’
अहिले उनको मन निकै हल्का भएको। उनी अब फुटबलमा लागेर सफल बन्न सकिन्छ भन्ने उदाहरण बनेकी छन्। हुम्लाका साथीहरुलाई के सन्देश व छ? दीपा भन्छिन्, ‘खेलेर पनि केही गर्न सकिन्छ। पढाइसँगसँगै खेल्दा राम्रो हुन्छ। खेल देशका लागि मात्र नभएर आफ्नो स्वास्थ्यका लागि पनि हो। पिछडिएको ठाउँलाई खेलेर भए पनि अघि बढाउनुपर्छ।’
फुटबलमा लागेर के कुराहरु छुटे होलान् त? दीपा एकछिन् सोच्छिन् र भन्छिन्, ‘खास केही गुमाएजस्तो त लाग्दैन। साइन्स पढियो त्यसपछि जानुपर्ने फिल्ड थियो इन्जिनियरिङ वा एमबीबीएस तर खेलमा लागियो। त्यता भविष्य सुरक्षित हुन्थ्यो सायद। त्यो मिस हुन्छ।’ अब ब्याचलरमा चाहिँ आर्टस पढ्ने योजना छ उनको। उनी भन्छिन्, ‘फुटबलमा मैले आफ्नो प्यासन भटें। फुटबलमा लागेर खुसी भएँ! ठाउँलाई चिनाउन सकें।’