बुधबार, जेठ १, २०८२
  • गृहपृष्ठ
  • राजनीति
  • एमाले वडाध्यक्षमा निर्वाचित रुद्रप्रसादलाई माओवादीले 'कब्जामा लिन' खोजेपछि...

एमाले वडाध्यक्षमा निर्वाचित रुद्रप्रसादलाई माओवादीले 'कब्जामा लिन' खोजेपछि...

‘एमालेमा मेरो कुनै संलग्नता छैन। म लामो समयदेखि नेकपा (माओवादी केन्द्र) मा संगठित छु। यसरी झुक्याएर मेरो बदनाम गर्न खोजिएकोप्रति आपत्ति जनाउँछु।’
 |  आइतबार, कात्तिक ७, २०७८

धीरज बस्नेत

धीरज बस्नेत

आइतबार, कात्तिक ७, २०७८

काठमाडौं– नेकपा एमालेले शनिबार देशैभर वडा अधिवेशन सम्पन्न गरेको छ। केही वडामा बाहेक अधिवेशन सम्पन्न भएका वडामा नयाँ नेतृत्व चयन भएका छन्। नेतृत्व चयनका विषयमा यतिबेला सिन्धुपाल्चोकको चौतारा–साँगाचोकगढी नगरपालिका–४ मा निर्वाचित रुद्रप्रसाद सापकोटा भने चर्चामा छन्। माओवादी र एमालेको तानातानमा परेका उनी अहिले कसैको सम्पर्कमा छैनन्।

सापकोटा शनिबार वडाध्यक्षमा सर्वसम्मत चयन भएका थिए। सर्वसम्मत वडाध्यक्ष बनेपछि सापकोटाले ‘सानो रुखभन्दा ठूलो रुखकै ओत लाग्नु राम्रो’ भएको प्रतिक्रिया दिए। यति मात्रै होइन, उनले एमालेमा लागेको भनेर आफूलाई परिवारभित्रैबाट दबाब आउन सक्ने आशंका ब्यक्त गर्दै त्यस्तो अवस्थामा पनि विचलित नहुने बताए। 

एमालेको वडाध्यक्ष बनेको केही घण्टा बित्न नपाउँदै सापकोटाले विज्ञप्ति जारी गरेर आफूलाई झुक्याएर वडा कमिटीको प्रमुख बनाइएको प्रतिक्रिया दिए। उनले विज्ञप्ति जारी गर्दैै भने, ‘एमालेमा मेरो कुनै संलग्नता छैन। म लामो समयदेखि नेकपा (माओवादी केन्द्र) मा संगठित छु। यसरी झुक्याएर मेरो बदनाम गर्न खोजिएकोप्रति आपत्ति जनाउँछु।’ उनले एमालेले गरेको हर्कतको भण्डाफोर गर्न सबैलाई आग्रहसमेत गरेका छन्। 

सापकोटा अहिले सम्पर्कविहीन छन्। सञ्चारकर्मी मात्रै होइन माओवादी केन्द्र र एमालेका नेताहरुको सम्पर्कमा समेत छैनन् सापकोटा। ‘उहाँ हाम्रो सम्पर्कभन्दा बाहिर हुनुहुन्छ, हामी खोजिरहेका छौं तर पत्ता लागेको छैन’, एमाले सिन्धुपाल्चोकका जिल्ला सदस्य तथा नगर अधिवेशन आयोजक कमिटीका अध्यक्ष ईश्वरी श्रेष्ठले भने। 

 ‘हामीले झुक्याएर बनाएको भए भिडियोमा उहाँ आफैंले बोलेको के हो? उहाँ पहिलेदेखि नै एमालेको सदस्य हुनुहुन्थ्यो, अहिले माओवादीले कब्जामा लिन खोजेको छ, कुरा यत्ति हो।’ 

सापकोटा माओवादी नेताहरूको कब्जामा रहेको उनको दाबी छ। ‘परिवारका सदस्यसमेत माओवादीमा रहेका कारण परिवारका र जिल्लाका माओवादीका नेताहरुको दबाबमा विज्ञप्ति निकाल्न लगाएको भन्ने बुझेका छौं’, श्रेष्ठले भने। विज्ञप्तिमा झुक्याएर वडा कमिटीको प्रमुख बनाइएको भनिएको छ नि, खास के हो भन्ने प्रश्नमा श्रेष्ठमा भने, ‘हामीले झुक्याएर बनाएको भए भिडियोमा उहाँ आफैंले बोलेको के हो? उहाँ पहिलेदेखि नै एमालेको सदस्य हुनुहुन्थ्यो, अहिले माओवादीले कब्जामा लिन खोजेको छ, कुरा यत्ति हो।’ 

Metro Mart
worldlink

माओवादी केन्द्रका जिल्ला इन्चार्ज माधव सापकोटा ‘सुबोध’ भने आफूहरुको कार्यकर्तालाई जबरजस्ती लगेर वडाध्यक्ष बनाएको दाबी गर्छन्। ‘उहाँ पहिले एमाले हुनुहुन्थ्यो २०६४ देखि माओवादी केन्द्रमा आउनुभएको हो। त्यसपछि लगातार यही पार्टीमा हुनुहुन्छ। अहिले जबरजस्ती एमालेमा लग्ने प्रयास गरियो’, उनले भने। सुबोधका अनुसार रुद्रप्रसाद अहिलेको माओवादी पार्टीको सम्पर्कमा छैनन्। ‘मेरो सम्पर्क भएको छैन। उहाँलाई एमालेले वडाध्यक्ष बनाएको सुनें, त्यसपछि उहाँले विज्ञप्ति निकालेको पनि हेरें, तर मेरो सम्पर्क भएको छैन’, उनले भने। 

रुद्र्र सापकोटा पूर्व सरकारी कर्मचारी हुन्। तत्कालीन जिल्ला विकास समितिको सबइन्जिनियर रहेका उनी पछिल्लो समय गाउँपालिकामा थिए। ढेड महिनाअघि मात्रै उनले सरकारी जागिरबाट बिदा लिएका हुन्। सापकोटाले राजनीतिक यात्रा एमालेबाट नै सुरु गरेका थिए। उनले २०५८ चैत २३ गते एमालेको सदस्यता लिएका थिए। त्यसअघि उनी एमालेको कर्मचारी संगठनको विभिन्न कमिटीमा थिए। तर, २०६४ मा भने उनले एमाले त्यागेर माओवादी रोजे। त्यसयता माओवादीमा बसेर काम गर्दै आएका उनलाई एमालेले वडाध्यक्ष बनाएको थियो। उनले पनि पार्टीको संगठन विस्तार भएको र सबै मिलेर अझै बलियो पार्टी बनाउने बताएका थिए। 

उक्त वडा सभामुख अग्निप्रसाद सापकोटा र माओवादी इन्चार्ज माधव सापकोटाको गाउँ हो। त्यहाँ पहिलादेखि नै माओवादी वर्चस्व रहँदै आएको बताइन्छ।

एमाले सिन्धुपाल्चोकका अर्का एक नेताका अनुसार सापकोटा वडाध्यक्ष पाउने भएपछि सहमतिमै एमालेमा गएका थिए। ती नेताले भने, ‘माओवादीका जिल्ला नेताहरुको चर्को दबाबपछि विज्ञप्ति निकालेर आफू एमालेमा संलग्न नरहेको बताएका हुन्।’ उनी अहिले माओवादी नेताहरुकै संरक्षणमा गोप्य स्थानमा बसेको दाबी ती नेताको छ। 

उक्त वडा सभामुख अग्निप्रसाद सापकोटा र माओवादी इन्चार्ज माधव सापकोटाको गाउँ हो। त्यहाँ पहिलादेखि नै माओवादी वर्चस्व रहँदै आएको बताइन्छ। शनिबार सोही वडाको अधिवेशनमा प्रमुख अतिथि बनेका थिए एमाले नेता सरेश नेपाल। नेपालले नै सापकोटालाई जबरजस्ती जिम्मेवारी सुम्पिएको माओवादीका जिल्लास्तरीय एक नेता बताउँछन्।

प्रकाशित: Oct 24, 2021| 17:20 आइतबार, कात्तिक ७, २०७८
nepali patronepali patro
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...