मंगलबार, वैशाख १६, २०८२

प्रदेश २ मा यसरी समर्थन जुटाउन खोज्दैछन् निधि

कांग्रेसको १४ औं महाधिवेशनमा सभापति पदमा उम्मेदवारी घोषणा गरेका उपसभापति विमलेन्द्र निधि प्रदेश २ मा केन्द्रित भएका छन्। प्रदेश २ बाट विश्वास लिएपछि अन्य प्रदेशमा लाग्ने उनको तयारी छ।
 |  बिहीबार, कात्तिक ४, २०७८

जयन्त ठाकुर

जयन्त ठाकुर

बिहीबार, कात्तिक ४, २०७८

जनकपुर– कांग्रेसको १४ औं महाधिवेशनमा सभापति पदमा उम्मेदवारी घोषणा गरेका उपसभापति विमलेन्द्र निधि प्रदेश २ मा केन्द्रित भएका छन्। प्रदेश २ बाट विश्वास लिएपछि अन्य प्रदेशमा लाग्ने उनको तयारी छ। 

सभापतिमा उम्मेदवारीपछि विरोधमा आवाज गुञ्जिन थालेकोमा त्यसलाई मत्थर पार्न र आफ्नो प्रभाव विस्तार गर्न निधि केन्द्रित भएका हुन्। यस क्रममा उनले दसैंका बेला गृहजिल्ला धनुषाका नेताकार्यकर्तासँग भेटघाट गरे। दसैंका बेला गाउँमा भेला भएका कार्यकर्ताको घरमै पुगेर उनले आफ्नो पक्षमा लाग्न आग्रह गरे। 

सभापतिमा निधिको उम्मेदवारीले प्रदेश २ लाई रणनीतिक महत्त्वमा पुर्‍याएको आँकलन एकथरीको छ। यद्यपि पार्टीभित्रको किचलोले गर्दा प्रदेश २ कै केही कांग्रेसी नेता क्रियाशील सदस्यतामा धाँधली भयो भन्दै केन्द्रीय कार्यालयमा अनशन बसेका थिए। धनुषाको सदस्यता विवाद समाधान भएसँगै अनशन स्थगित भइसकेको छ।

१२ दिन जिल्ला बसाइका क्रममा उपसभापति निधिले धनुषाका ४ वटै क्षेत्रमा क्षेत्रीय भेला सम्पन्न गरे। जनकपुर आएलगत्तै उनले कार्यकर्तालाई सम्बोधन गर्दै जसरी पनि आफूलाई सभापति बनाउन आग्रह गरे। कांग्रेस बलियो बनाउन मधेसको विशेष योगदान रहने उनको भनाइ थियो। 

‘उहाँले पहिलो चरणमा जिल्लाका केही असन्तुष्ट नेतासँग छलफल गरिसक्नु भएको छ। छलफल सकारत्मक छ। अब अर्को चरणमा कुराकानी गरेपछि उहाँकै पक्षमा माहोल बन्नेछ।’

यस्तै उनले धनुषामा विभाजित नेताहरुलाई एकत्रित पार्ने प्रयास पनि गरे। यसअघि निधि निकट नेता महेन्द्र यादवले निधिकाे साथ छाडेको स्रोतको दाबी छ। केन्द्रीय सदस्यहरु आनन्द ढुंगाना तथा रामकृष्ण यादव पनि निधिबाट सन्तुष्ट छैनन्। असन्तुष्ट पक्षलाई मनाउने चुनौती निधिसामु छँदैछ। उनी निकट एक नेता भन्छन्, ‘उहाँले पहिलो चरणमा जिल्लाका केही असन्तुष्ट नेतासँग छलफल गरिसक्नु भएको छ। छलफल सकारत्मक छ। अब अर्को चरणमा कुराकानी गरेपछि उहाँकै पक्षमा माहोल बन्नेछ।’

Metro Mart
worldlink

क्रियाशील सदस्यता विवादमा अनशन बसेका नेता डा. चन्द्रमोहन यादवलाई निधि आफ्नो पक्षमा ल्याउन सफल भएका छन्। निधिको जनकपुरधाम भ्रमणभरका सबै कार्यक्रममा उनको उपस्थिति देखिएको थियो। 

यसैगरी जिल्लाका अन्य प्रभावशाली नेताहरुलाई समेत निधिले आफ्नो विश्वासमा लिने प्रयास गरेका छन्। कुनै बेला पार्टी सभापति शेरबहादुर देउवाको विश्वासपात्र रहेका निधि सभापतिको घोषणासँगै देउवासँग दुरीमा छन्। धनुषाको ४ वटै क्षेत्रमा क्षेत्रीय भेला तथा नेताकार्यकर्तासँग भेटघाट गरेका निधि केही दिनमा पुनः जनकपुर आउनेछन्। त्यस क्रममा उनले बाँकी ७ जिल्लाका नेता कार्यकर्तासँग सभापतिको निर्वाचनमा साथ र समर्थन खोज्ने बताइएको छ। 

महाधिवेशनअघि धनुषाको वडाधिवेशनदेखि प्रदेश अधिवेशनसम्म हुन बाँकी छ। धनुषा कांग्रेसका उपसभापति सन्तोष यादवले निधिको नाममा सबैको साथ र समर्थन रहेको दाबी गरे। उनले भने, ‘पार्टीभित्र स्पष्ट गुट रहे पनि उपसभापति निधिको उम्मेदवारी घोषणाले सबैको एक स्वर बनेको छ।’ 

पार्टीभित्र जति गुट रहे पनि उनको जनकपुरधाम भ्रमण फलदायी रहेको उनले बताए। कांग्रेस नेता प्रफुल्लराज घिमिरे उपसभापति निधिको उम्मेदवारीले धनुषाका सम्पूर्ण कांग्रेसी उत्साहित भएको बताउँछन्।

प्रकाशित: Oct 21, 2021| 08:20 बिहीबार, कात्तिक ४, २०७८
nepali patronepali patro
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...