बुधबार, वैशाख १७, २०८२
  • गृहपृष्ठ
  • राजनीति
  • लुम्बिनीमा आजै मन्त्रिपरिषद् विस्तारको तयारी, एकीकृत समाजवादीबाट पाल्पाकी रमा मन्त्री बन्ने

लुम्बिनीमा आजै मन्त्रिपरिषद् विस्तारको तयारी, एकीकृत समाजवादीबाट पाल्पाकी रमा मन्त्री बन्ने

संघीय मन्त्रिपरिषद्‍मा भागबन्डा मिलेसँगै लुम्बिनी प्रदेशमा पनि आजै मन्त्रिमण्डल विस्तार हुने भएको छ। मुख्यमन्त्री कुलप्रसाद केसीले आज दिउँसो ३ बजे मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गरेका छन्।
 |  शुक्रबार, असोज २२, २०७८

विनोद परियार

विनोद परियार

शुक्रबार, असोज २२, २०७८

वुटवल- संघीय मन्त्रिपरिषद्‍मा भागबन्डा मिलेसँगै लुम्बिनी प्रदेशमा पनि आजै मन्त्रिमण्डल विस्तार हुने भएको छ। मुख्यमन्त्री कुलप्रसाद केसीले आज दिउँसो ३ बजे मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गरेका छन्।

लुम्बिनीमा नेकपा एकीकृत समाजवादीलाई समेत समावेश गरेर मन्त्रिपरिषद् विस्तार गर्न लागिएको छ। माओवादी र नेपाली कांग्रेसले केही मन्त्रीको नाम अझै टुग्याउन सकेको छैन। दुवै दलको पदाधिकारी र दलको बैठकमा छलफल भइरहेको छ। 

माओवादीबाट दाङका इन्द्रजित थारु र बर्दियाका तिलकराम शर्मा मन्त्री बन्ने टुंगो लागेको माओवादीका एक नेताले बताए। नेकपा माओवादी केन्द्रका प्रमुख सचेतकसमेत रहेका तुलाराम घर्ती मन्त्रीका रूपमा आकांक्षी भए पनि उनको नाम अन्तिममा काटिएकोमा असन्तुष्टि पोखेका छन्। 

माओवादीकेन्द्रको भागमा मुख्यमन्त्री, आर्थिक मामिला तथा सहकारी, सञ्चार, कानुन महिला बालबालिका तथा ज्येष्ठ नागरिक र स्वास्थ्य जनसंख्या तथा परिवार कल्याण मन्त्रालय परेको छ। माओवादीका ४ मन्त्रालयमध्ये १ मन्त्रालय नेकपा (एकीकृत समाजवादी)लाई दिएर मन्त्रिपरिषद् विस्तार गर्न लागिएको मुख्यमन्त्रीको सचिवालयले जनाएको छ। 

नेकपा (एकीकृत समाजवादी)बाट पाल्पाकी रमा घर्ती मन्त्री बन्ने भएकी छन्। माओवादीको कोटाबाट दाङकी विमला खत्री वली राज्यमन्त्री बन्नेछिन्।  यसअघि मन्त्रिपरिषद् विस्तारका बेला नै वलीलाई राज्यमन्त्री बनाउने चर्चा थियो। 

Metro Mart
worldlink

नेपाली कांग्रेसले पनि दुई मन्त्रीको नाम टुंगो लगाएको प्रमुख सचेतक फकरूद्विन खानले बताए । उनका अनुसार वन वातावरण तथा भूसंरक्षण मन्त्रीमा बर्दियाका सुरेन्द्र हमाल र शिक्षा विज्ञान युवा तथा खेलकुदमन्त्रीमा रूपन्देहीका बसिउद्धिन खाँलाई पठाउने निर्णय गरेको छ। कांग्रेसले चार मन्त्रालय पाएको मध्ये एक मन्त्रीको नामका बारेमा अहिले छलफल चलिरहेको छ।  कांग्रेसले पर्यटन ग्रामीण तथा सहरी विकासमन्त्रीमा यसअघि नै दाङका डिल्लीबहादुर चौधरीलाई पठाएको थियो।

प्रकाशित: Oct 08, 2021| 09:35 शुक्रबार, असोज २२, २०७८
nepali patronepali patro
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...