बुधबार, वैशाख १७, २०८२
  • गृहपृष्ठ
  • राजनीति
  • कांग्रेसमा विभेद : कोही जिल्ला सभापतिमा हारे महाधिवेशन प्रतिनिधि, कोही क्षेत्रीय प्रतिनिधिमै सीमित

कांग्रेसमा विभेद : कोही जिल्ला सभापतिमा हारे महाधिवेशन प्रतिनिधि, कोही क्षेत्रीय प्रतिनिधिमै सीमित

एक मात्रै प्रतिनिधिसभा क्षेत्र भएका जिल्लामा महाधिवेशन प्रतिनिधि र जिल्ला कार्यसमितिको निर्वाचन एकै पटक हुनेछ। एउटै व्यक्ति जिल्ला कार्यसमिति र महाधिवेशन प्रतिनिधिमा (दुवै तर्फ) उम्मेदवार हुन नपाउने व्यवस्था गरिएको छ।
 |  शुक्रबार, असोज १५, २०७८

तीर्थराज बस्नेत

तीर्थराज बस्नेत

शुक्रबार, असोज १५, २०७८

काठमाडौं– नेपाली कांग्रेसको जिल्ला सभापतिमा हार्ने नेता क्षेत्रीय प्रतिनिधिमै सीमित हुने भएका छन्। एउटा मात्रै प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएका जिल्लामा जिल्ला सभापति हारेका नेतालाई क्षेत्रीय प्रतिनिधिभन्दा माथि उक्लिने बाटो बन्द भएको हो। 

केन्द्रीय निर्वाचन समितिले बिहीबार जिल्ला निर्वाचन अधिकृतहरुलाई परिपत्र जारी गर्दै एउटा मात्रै प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएका जिल्लामा क्षेत्रीय प्रतिनिधिले नै मतदान गर्न पाउने जनाएको छ। एक मात्र निर्वाचन क्षेत्र भएका जिल्लामा जिल्ला सभापति हुन क्रियाशील सदस्यता लिएको १० वर्ष पुग्नुपर्ने व्यवस्था छ र क्षेत्रीय प्रतिनिधिले नै मतदान गर्न पाउने छन्।

‘एक निर्वाचन क्षेत्र मात्र रहेका जिल्लाहरुमा जिल्ला सभापतिको उम्मेदवार हुन निरन्तर १० वर्ष क्रियाशील सदस्यता रहेको क्षेत्रीय प्रतिनिधि जिल्ला सभापतिको उम्मेदवार हुन पाउनेछ,’ परिपत्रमा भनिएको छ, ‘त्यसै जिल्ला कार्यसमितिको अन्य पदाधिकारी र सदस्य हुनका लागि पनि क्षेत्रीय प्रतिनिधि हुने व्यवस्था रहेको छ।’ 

एक मात्रै प्रतिनिधिसभा क्षेत्र भएका जिल्लामा महाधिवेशन प्रतिनिधि र जिल्ला कार्यसमितिको निर्वाचन एकै पटक हुनेछ। एउटै व्यक्ति जिल्ला कार्यसमिति र महाधिवेशन प्रतिनिधिमा (दुवै तर्फ) उम्मेदवार हुन नपाउने व्यवस्था गरिएको छ।  

प्रकाशित: Oct 01, 2021| 17:38 शुक्रबार, असोज १५, २०७८
nepali patronepali patro
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...