शनिबार, जेठ ११, २०८२

शर्लिन चोपडाको आरोप– राज कुन्द्राले मलाई घरमै आएर यौन दुर्व्यवहार गरे

राज कुन्द्रा पोर्नोग्राफी केसमा बयान दिनका लागि मुम्बई क्राइम ब्रान्च पुगेकी अभिनेत्री शर्लिन चोपडाले आफूलाई राजले यौन दुर्व्यवहार गरेको बताएकी छन्।
 |  बिहीबार, साउन १४, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, साउन १४, २०७८

काठमाडौं– राज कुन्द्रा पोर्नोग्राफी केसमा बयान दिनका लागि मुम्बई क्राइम ब्रान्च पुगेकी अभिनेत्री शर्लिन चोपडाले आफूलाई राजले यौन दुर्व्यवहार गरेको बताएकी छन्।

शर्लिनले गत अप्रिलमा राजका विरुद्ध प्रहरीमा जाहेरी पनि दिएकी थिइन्। राज १४ दिनका लागि न्यायिक हिरासतमा छन्। अदालतले उनलाई धरौटीमा रिहा गर्न अस्वीकार गरेको छ।

शर्लिनका अनुसार सन् २०१९ को २७ मार्चमा राजसँग बिजनेस मिटिङपछि एक म्यासेजलाई लिएर तिखो बहस भएको थियो, जसकारण राज शर्लिनको घरसम्मै आइपुगेका थिए। त्यसपछि राजले उनीसँग जबर्जस्ती गर्न खोजेको र आफूले प्रतिकार गरेको उनले बताएकी छिन्।

‘म विवाहित व्यक्तिसँग सम्बन्ध राख्दिनँ र बिजनेसलाई निजी जीवनसँग जोड्न पनि चाहन्न भनेकी थिएँ। त्यतिबेला राजले पत्नी शिल्पा सेट्टीसँग आफ्नो सम्बन्ध जटिल रहेको र घरमा रहँदा धेरैजसो समय तनावमा बित्ने बताएका थिए,’ शिल्पाले बयानका क्रममा खुलाएकी छिन्। 

शर्लिनलाई पहिले नै मुम्बई पुलिसको साइबर सेलले २०२० मा आर्म्स प्राइमविरुद्ध दर्ता भएको उजुरीमा आरोपीको रुपमा पेश गरेको थियो। क्राइम ब्रान्चले उनलाई २६ जुलाइमा पोर्न फिल्मको गिरोहबारे बयान लिन बोलाएको थियो। त्यसपछि शर्लिन अग्रिम जमानतको लागि बम्बई हाइकोर्ट पुगेकी थिइन्।

शर्लिनले अदालतमा दिएको निवेदनमा आफूलाई पनि राज कुन्द्रालाई जस्तै गिरफ्तार गरिएला कि भन्ने डर भएको बताएकी थिइन्। अदालतले २८ जुलाइमा शर्लिनलाई गिरफ्तारीविरुद्ध सुरक्षा प्रदान गरेको छ।

प्रकाशित: Jul 29, 2021| 10:44 बिहीबार, साउन १४, २०७८
प्रतिक्रिया दिनुहोस्