काठमाडौं- ५३ वर्षीया एथलेटिक्स प्रशिक्षक इन्द्रा मल्लको अवकाश हुने दिन नजिक आउँदै छ। राष्ट्रिय खेलकुद परिषद् (राखेप) कर्मचारी संघका अध्यक्ष रञ्जन थापाका अनुसार उनी आउँदो भदौबाट अवकाश हुँदैछिन्। लामो खेलजीवनपछि प्रशिक्षकको भूमिकामा रहेकी इन्द्रा कामबाट बिदा लिने तरखरमा थिइन्। नेपाली खेलकुद विशेष गरी एथ्लेटिक्समै जीवन बिताएकी मल्ललाई अन्य कर्मचारी झैं सुखद बिदाइको आशा हुनु स्वाभाविकै हो।
उसो त उनको ठूलो अपेक्षा थिएन। तर, जब नेपाली म्याराथन धावक गोपीचन्द्र पार्कीको ओलम्पिक सहभागिता शून्य भयो उनी ओलम्पिक खेल्न नजाने भए। यता सय मिटर दौडका लागि उत्कृष्ट खेलाडी सरस्वती चौधरीले ओलम्पिक खेल्ने भइन्। त्यति बेलासम्म प्रशिक्षकका रूपमा चन्द्रबहादुर गुरुङलाई ओलम्पिकमा सहभागी गराउने एथलेटिक्स संघको निष्कर्ष थियो। त्यसअनुसार नेपाल एथेलटिक्स संघले पुस २७ गते गुरुङको नाम सिफारिस गरिसकेको थियो।
दुई पटकसम्म संघले छनोट गरेका गुरुङले ओलम्पिकसम्मको यात्रा गर्न पाएनन्। कोभिड १९ विरुद्धको खोप नगलगाएको भन्दै ओलम्पिकले उनलाई स्वीकृति दिएन। त्यसपछि पोखरामा कार्यरत प्रशिक्षक इन्द्रालाई एथ्लेटिक्स संघ र ओलम्पिक कमिटीले सम्झिएको हो।
यात्राको मिति नजिकिँदै गर्दा उनी पोखराबाट काठमाडौं आइन्। ओलम्पिक खेलाडी, प्रशिक्षक र अफिसियललाई राष्ट्रपति विद्यादेवी भण्डारीले गरेको बिदाइमा प्रशिक्षक मल्ल पनि सहभागी थिइन्। उनलाई लागेको थियो- अब खेल र प्रशिक्षणको जीवन सार्थक हुने बेला भयो।
ओलम्पिकमा स्प्रिन्ट धावन चौधरी जाने भएपछि संघले महिला प्रशिक्षकलाई नै ओलम्पिक प्रशिक्षणको जिम्मेवारी सुम्पिएको थियो। जसलाई इन्द्राले आफ्नो बिदाइको उपहारका रुपमा लिएकी थिइन्। मल्ल ओलम्पिकको एक्रिडिएसन कार्ड पाइसकेपछि आफू ओलम्पिक जानेमा ढुक्क थिइन्। उनलाई खेलाडी तयार गर्ने, राम्रो प्रस्तुतिका लागि प्रेरणा दिने र खेलमा दिएको योगदानको मूल्य पाउने अवसर पनि थियो।
उनले सबैबाट बधाई पाइन्। यात्राको मिति नजिकिँदै गर्दा उनी पोखराबाट काठमाडौं आइन्। ओलम्पिक खेलाडी, प्रशिक्षक र अफिसियललाई राष्ट्रपति विद्यादेवी भण्डारीले गरेको बिदाइमा प्रशिक्षक मल्ल पनि सहभागी थिइन्। उनलाई लागेको थियो- अब खेल र प्रशिक्षणको जीवन सार्थक हुने बेला भयो।
उनको जीवनभरको सपना थियो ओलम्पिकमा सहभागी बन्ने। प्रशिक्षककै रुपमा भए पनि त्यो पूरा हुँदै थियो। ‘लामो खेल र प्रशिक्षणका क्रममा ओलम्पिकमा सहभागी बन्ने मौका एक पटक आउँछ। भाग्यमानीलाई धेरैमा दुई पटकसम्म आउँछ। कतिपय कर्मचारीले त्यो मौका पाउँदैनन्। त्यसमा पनि जो सफल छ त्यही प्रशिक्षकले ओलम्पिकमा भाग लिन्छन्,’ संघकै एक पदाधिकारी भन्छन्।
तर, प्रशिक्षक मल्ललाई तब झट्का लाग्यो जब उनले आशा नगरेको कुरा मिडियाबाट कानसम्म पुग्यो। यात्राको केही दिनअघि मात्र उनको ठाउँमा अर्कै प्रशिक्षक नियुक्त गरिएको थियो र कारण देखाइएको थियो उनलाई ‘कोभिड पोजेटिभ’ देखिएको छ। ‘कोभिड जाँच गर्ने अस्पताल वा ओलम्पिक कमिटीबाट त्यो खबर थाहा पाउनुपर्ने हो त्यहाँबाट थाहा नपाएर मिडियाबाट आफ्नो नाम काटिएको कुरा थाहा पाउँदा म छाँगाबाट खसेजस्तै भएँ,’ उनले सञ्चारकर्मीसँग दु:खेसो पोखेकी छन्।
उनले भनिन्, ‘त्यो रिपोर्ट मेरो हो भन्नेमै शंका छ। त्यहाँ धेरै गल्ती छन्। यसबाट के प्रस्ट हुन्छ भने ओलम्पिक कमिटीले ठूलो षड्यन्त्र गरेको छ। छानबिन हुनुपर्छ।’
रिपोर्टमा पोजेटिभ देखिनु मात्र उनको गुनासो होइन। बाँकी तथ्य पनि फरक छन्। रिपोर्टमा उनको लिंग पुरुष भनेर देखाइएको छ भने उनको उमेर पनि फरक लेखिएको छ। रिपोर्टमा भएको फोन नम्बर पनि आफूले राखेको नभएको मल्लको दाबी छ। उनले भनिन्, ‘त्यो रिपोर्ट मेरो हो भन्नेमै शंका छ। त्यहाँ धेरै गल्ती छन्। यसबाट के प्रस्ट हुन्छ भने ओलम्पिक कमिटीले ठूलो षड्यन्त्र गरेको छ। छानबिन हुनुपर्छ।’
ओलम्पिकमा सहभागी नगराउने कुराले भन्दा थाहै नदिई हल्ला फैलाइएकोप्रति मल्लको चित्त दुखेको छ। ‘ल मलाई कोभिड नै देखिएको थियो अरे, मलाई त ओलम्पिक कमिटीले काउन्सिलिङ पो गर्नुपर्ने थियो। फोन गरेर पहिलो सूचना मलाई दिनुपर्ने होइन र? एउटा मान्छेलाई कोभिड देखियो भन्ने सूचना पहिलो त्यो मानिसलाई दिने कि मिडियालाई? फल्स पोजेटिभको पनि सम्भावना हुन्छ। दोस्रो पटक टेस्ट गर्नुपर्ने हो नि, होइन?,’ उनले भनिन्।
फल्स पोजेटिभको घटना विश्वले स्वीकारिसकेको छ। त्यसका लागि दोस्रो टेस्ट गराइन्छ। नेपाली फुटबल र क्रिकेटमा पनि त्यस्ता घटना भइसकेका छन्। र, दोस्रो टेस्टमा नेगेटिभ पनि आएका छन्। इन्द्राको दोस्रो टेस्ट गराउनेबारे ओलम्पिक कमिटीले ध्यान दिएन। बरु उसले नयाँ प्रशिक्षक सन्तोष श्रेष्ठलाई नियुक्त गर्यो। उनलाई कोभिड देखिएको र नयाँ प्रशिक्षक नियुक्त गरेको निर्णय ओलम्पिक कमिटीले विज्ञप्तिमा सार्वजनिक गरेको थियो।
‘मेरो पोजेटिभ आउनेबित्तिकै नयाँ प्रशिक्षक कसरी नियुक्त भए? त्यो हुनै सक्दैन। यो सबै नियाेजित थियो। मलाई यसको सिकार बनाइयो। मलाई एथलेटिक्स संघले सिफारिस गरेको हो। अहिले गएका प्रशिक्षकलाई कसले सिफारिस गरेको हो?,’ उनले ओलम्पिक कमिटीलाई प्रश्न गरेकी छन्।
त्यसो त, उनको सहभागिता रद्द भइसकेपछि उनी घर फर्किसक्नुपर्ने थियो। तर, उनले आफ्ना रिपोर्ट पोजेटिभ आएको थाहा पाउनेबित्तिकै चार ठाउँमा स्वाब दिइन्। सबै रिपोर्ट नेगेटिभ आएको छ।
ओलम्पिकमा जान दैनिक कोभिड टेस्ट गर्नुपर्ने भएकाले उनले त्यसयता नौ पटक कोभिडको टेस्ट गराइसकेकी छन्। त्यसपछिका कुनै पनि टेस्टमा पोजेटिभ आएको छैन।
‘टोली नजाउन्जेलसम्म त हामी हेरौंला, विचार गरौंला भन्ने आश्वासन पाएका थियौं। सहमतिमै इन्द्राले न्याय पाउने भएर हामी चुप लागेका थियौं। तर, टोली गइसकेपछि चाहिँ हामीलाई विश्वासघात गरेको पुष्टि भयो।’
‘सबै नेगेटिभ रिपोर्टसँगै ओलम्पिक कमिटीमा आफ्नो कुरा राख्दा ‘अब तपाईंलाई लान सकिँदैन’ भन्ने जवाफ इन्द्राले पाएकी छन्,’ इन्द्राका तर्फबाट कर्मचारी संघले जारी गरेको विज्ञप्तिमा लेखिएको छ।
उनी सहभागी बन्ने ओलम्पिक टोली आइतबार जापान पुगिसकेको छ। जापान जानुअघि नभएर टोली प्रस्थान गरेपछिको पत्रकार सम्मेलनको के अर्थ? यसबाट कसरी न्याय पाउनुहोला? भन्ने प्रश्नमा संघका अध्यक्ष सञ्जय थापा भन्छन्, ‘टोली नजाउन्जेलसम्म त हामी हेरौंला, विचार गरौंला भन्ने आश्वासन पाएका थियौं। सहमतिमै इन्द्राले न्याय पाउने भएर हामी चुप लागेका थियौं। तर, टोली गइसकेपछि चाहिँ हामीलाई विश्वासघात गरेको पुष्टि भयो।’ तर, अध्यक्ष थापाको कुराबाहेक संघले जारी गरेको विज्ञप्तिमा चाहिँ ओलम्पिक कमिटीले ‘अब तपाईंलाई लान सकिँदैन’ भन्ने जवाफ सुरुमै दिइसकेको उल्लेख छ।
ओलम्पिक आयोजकले पनि दक्षिण एसियाली देशलाई कोभिडको केसमा कडाइ गरेको छ। अन्य देशको तुलनामा नेपालबाट सहभागी बन्ने जो कोहीले पनि दाेब्बर टेस्ट गर्नुपर्ने हुन्छ। कोरोनाको डेल्टा र डेल्टा प्लस भाइरस सक्रिय रहेको जुनसुकै देशका लागि त्यो नियम छन्। जापान जानुअघि कुनै एक रिपार्ट पोजेटिभ देखिए ओलम्पिकमा सहभागी बन्न पाउँछन्।
तर, इन्द्रामाथि कोभिडको स्टन्ट गरेर जसरी ओलम्पिक कमिटीले उनको दुष्प्रचार गर्यो त्यसले जीवनभर कमाएको सम्मान र प्रतिष्ठा नष्ट गरेको प्रशिक्षक मल्लको तर्क छ। ‘सम्मान दिने बेलामा ओलम्पिक कमिटीले मेरो बदनाम गरेको छ। यसैकारण म पोखरा पनि फर्कन सकेकी छैन। जापान जान नपाएको भन्दा धेरै मलाई ओलम्पिक कमिटीले कस्तो मूल्यांकन गर्यो भन्नेमा दुःख लागेको छ,’ उनी भन्छिन्।
उनले पाँच जना खेलाडीसँग ओलम्पिक कमिटीले २६ जनालाई घुमाउन लगेको आरोप लगाएकी छन्। खेलसँग जोडिएको कर्मचारी र प्रशिक्षकलाई छोडेर मनपरी गर्दै एकै खेलका दुई/दुई व्यवस्थापक लगेर पैसाको दुरुपयोग गरेको उनको तर्क छ।
खेलमा योगदान दिएका भन्दा खेलकुदसँग सम्बन्ध नै नभएका मानिसलाई ओलम्पिक कमिटीले मनपरी ढंगले भ्रमणमा लागेको संघको विज्ञप्तिमा उल्लेख छ। ओलम्पिकका सम्बद्ध पदाधिकारीहरू जापानमा छन्।
ओलम्पिकमा इन्द्राको उपस्थितिको सम्भावना त सकिएको छ। ‘तर खेलाडी, खेलकर्मी र कर्मचारीहरूमा भएको यस्तो ज्यादतीप्रति संघ अन्याय र अत्याचारको विरोध गर्दछ,’ संघले जारी गरेको विज्ञप्तिमा छ।