शनिबार, जेठ ११, २०८२

फिल्म छायांकनका क्रममा अभिनेता बिराज भट्ट घाइते

अभिनेता विराज भट्ट फिल्मको छायांकन क्रममा घाइते भएका छन्। भोजपुरी फिल्म ‘आक्रोश’को छायांकनका क्रममा उनी घाइते भएका हुन्।
 |  मंगलबार, साउन १२, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, साउन १२, २०७८

काठमाडौं- अभिनेता विराज भट्ट फिल्मको छायांकन क्रममा घाइते भएका छन्। भोजपुरी फिल्म ‘आक्रोश’को छायांकनका क्रममा उनी घाइते भएका हुन्।

भट्टा घाइते भएपछि फिल्मको छायांकनसमेत रोकिएको छ। भारतको लखनउमा छायांकन भइरहेको फिल्मको छायांकन केही दिनका लागि रोकिएको हो। 

विराजले एक्सन स्टन्ट गर्दा बायाँ खुट्टाको घुँडामा समस्या आएको हो। उनको घुँडामा रगत जमेकाले दुई साता आराम गर्न चिकित्सकले सुझाव दिएका छन्।

फिल्म आक्रोशलाई सन्दिप सिंहले निर्देशन गरिरहेको छन्। फिल्ममा विराजसँगै प्राची सिंह, सन्जय पाण्डे, मनोज टाइगरलगायतको अभिनय छ।

प्रकाशित: Jul 27, 2021| 01:34 मंगलबार, साउन १२, २०७८
प्रतिक्रिया दिनुहोस्