शनिबार, जेठ ११, २०८२

पोर्न फिल्म बनाएको आरोपमा शिल्पा सेट्टीका श्रीमान पक्राउ

बलिउड अभिनेत्री शिल्पा सेट्टीका श्रीमान राज कुन्द्रालाई अश्लिल फिल्म निर्माणमा संलग्न रहेको आरोपमा सोमबार प्रहरीले पक्राउ गरेको छ । उनले अश्लिल फिल्महरू बनाएर केही एपहरूमार्फत बेच्ने गरेको प्रहरीले आरोप लगाएको छ। 
 |  मंगलबार, साउन ५, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, साउन ५, २०७८

बलिउड अभिनेत्री शिल्पा सेट्टीका श्रीमान राज कुन्द्रालाई अश्लिल फिल्म निर्माणमा संलग्न रहेको आरोपमा सोमबार प्रहरीले पक्राउ गरेको छ । उनले अश्लिल फिल्महरू बनाएर केही एपहरूमार्फत बेच्ने गरेको प्रहरीले आरोप लगाएको छ। 

यसै वर्षको फेब्रुअरीमा मुम्बई क्राइम ब्रान्चमा उजुरी परेको थियो। उनीमाथि मुम्बईमा अश्लिल फि्लम बनाएको तथा केही एप्समा देखाउने गरेको आरोपमा उजुरी दर्ता भएको थियो। यथेष्ट प्रमाण जुटाइसकेपछि राजलाई पक्राउ गरिएको मुम्बइ प्रहरी बताउँछ ।

‘यो प्रकरणलाई राज कुन्द्रा मुख्य अभियुक्तका रुपमा देखा परेपछि हामीले उनलाई पक्राउ गरेका हौं । हामीसँग उनीविरुद्ध पर्याप्त प्रमाणहरु छन्,’ मुम्बइ प्रहरी आयुक्त हेमन्त नाग्रालेले एक विज्ञप्ति जारी गरी भनेका छन् ।

एक रिपोर्ट अनुसार प्रहरीले पछिल्लो हप्ता नौ जनामाथि कलाकारहरूलाई अश्लिल फिल्मको नग्न दृश्य सुट गर्न दवाव दिएको भन्दै दुई एफआइआर दायर भएका थिए। कुन्द्राले सोमबारको रात हिरासतमा बिताएका छन्। उनले आफूमाथिको आरोप अस्वीकार गरेका छन्। नवभारत टाइम्सबाट

प्रकाशित: Jul 20, 2021| 04:01 मंगलबार, साउन ५, २०७८
प्रतिक्रिया दिनुहोस्