शनिबार, जेठ ११, २०८२

दुवै मिर्गौला फेल भएपछि सहयोग माग्दै हास्यकलाकार पल्पसा डंगोल

हास्य टेलिसिरियल ‘मेरी बास्सै’मा चम्सुरीको भूमिका निर्वाह गरेर चर्चामा आएकी कलाकर पल्पसा डंगोल अस्पताल भर्ना भएकी छिन्।
 |  आइतबार, साउन ३, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, साउन ३, २०७८

काठमाडौं– हास्य टेलिसिरियल ‘मेरी बास्सै’मा चम्सुरीको भूमिका निर्वाह गरेर चर्चामा आएकी कलाकर पल्पसा डंगोल अस्पताल भर्ना भएकी छिन्। दुवै मिर्गौला फेल भएपछि उनी उपचारका लागि टिचिङ अस्पताल भर्ना भएकी हुन्। 

झण्डै पाँच वर्षदेखि उनले मिर्गौलाको डायलाइसिस गराउँदै आइरहेको खुलेको छ। त्यही क्रममा उनी एक महिनाअघि अस्पताल भर्ना भएकी हुन्। अभिनेत्री दीपाश्री निरौलाले पछिल्लो पटक डायलाइसिस गराउँदा रगत सञ्चार नभएपछि उनी आत्तिएको बताएकी छिन्।

चिकित्सकले उनको मिर्गौला प्रत्यारोपण गर्नुपर्ने सुझाव दिएका छन्। प्रत्यारोपणका लागि करिब ५० लाख खर्च हुने बताइएको छ। दीपाश्रीले सामाजिक सञ्जालमा स्टाटस लेख्दै उनको उपचारको लागि सहयोगको अपिल गरेकी छिन्।

अस्पतालमा पल्पसालाई भेटेको तस्बिर राख्दै उनले लेखेकी छिन्, ‘कलाकार पल्पसा डंगोल हाम्री चम्सुरी टिचिङ अस्पतालमा किड्नीको समस्या भएर ३०५ नम्बर बेडमा छिन्।  हामी सबै मिलेर साथ र सुस्वास्थ्य को कामना गरौँ।’
 

प्रकाशित: Jul 18, 2021| 11:40 आइतबार, साउन ३, २०७८
प्रतिक्रिया दिनुहोस्