शनिबार, जेठ ११, २०८२
  • गृहपृष्ठ
  • मनोरञ्जन
  • जोे दिलिप कुमारलाई भेट्न उत्तर प्रदेशबाट रिक्सा चलाएर मुम्बई पुगेका थिए

जोे दिलिप कुमारलाई भेट्न उत्तर प्रदेशबाट रिक्सा चलाएर मुम्बई पुगेका थिए

दिलीप कुमारका फिल्म मात्रै हेर्दैनथे शेर मोहम्मद, उनी दिलिप कुमारले बोलेका हरेक शब्द-शब्द सुन्थे।
 |  बिहीबार, असार २४, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, असार २४, २०७८

एजेन्सी- दिलीप कुमारका फिल्म मात्रै हेर्दैनथे शेर मोहम्मद, उनी दिलिप कुमारले बोलेका हरेक शब्द-शब्द सुन्थे।

उनी दिलिपका ‘डाइआर्ट फ्यान’ थिए, दिलिपका हरेक कुराहरु निकै गम्भीरताका साथ लिन्थे। बलिउडमा थुप्रै कलाकार भए पनि उनकोे मन मुटुमा केवल दिलिप नै बसे।

५६ वर्षीय शेर मोहम्मद उत्तर प्रदेशको मेरठमा रिक्सा चलाउछन्। उनले केही महिना रिक्सा चलाएर १० हजार रुपैयाँ जम्मा गरेका थिए।

दिलिप कुमारको स्वास्थ्य बिग्रिँदा, अस्पताल भर्ना हुँदा मोहम्मद हरेक दिन स्वास्थ्य लाभकोे कामना गर्थे। दिलिप बारे नराम्रो समाचार सुन्न नपरोस् भनेर उनी भगवानसँग प्रार्थना गर्थे। तर, भगवानले उनको कुरा सुनेनन्। दिपिकुमारको बुधबार ९८ वर्षको उमेरमा निधन भयो। दिलिप कुमारको निधनसँगै शेरको सपना पनि टुटेको छ। 

दिलिप कुमारको मृत्युको खबरले शेरको मन कुँडिएको छ। उनको दिलसँगै सपना पनि टुटेको छ। शेरले एकपटक आफ्नो रिक्सामा दिलिपलाई बोकेका थिए, दोस्रोपटक दिलिपलाई भेट्न जाने योजना बनाएका थिए।

तर, उनको सपना पूरा हुन पाएन। कोेरोेना महामारीका कारण बन्दाबन्दी हुँदा शेरको रिक्सा चलाउने काम ठप्प भयो। जम्मा गरेर राखेको दश हजार पनि खर्च भयो। दिलिप कुमारको निधनको खबरपछि भेट्न नपाए पनि अन्तिम संस्कारमा सहभागी भई श्रद्धाञ्जली दिने धोकोे थियो शेरको। तर लकडाउनले उनको सपना पूरा हुन पाएन।

मन परेकोे मान्छेको अन्तिम बिदाइमा मुम्बई जान नसकेकोमा निकै दुःखी बनेका छन्, शेर मोहम्मद। शेर कुनै बेला मेरठको रासिद नगरबाट दिलिप कुमारलाई भेट्न रिक्सामै मुम्बई गुगेका थिए।

उनी दिलिपका लागि पागल थिए। शेरको यही पागलपनका कारण दिलिपकुमारले उनकोे रिक्सामा यात्रा गरेका थिए।
शेरले दिलिपसँग भेट्दा आफ्नोपनको महसुस गर्ने बताएका छन्। उनले आफ्नो परिवारका चार पिँढी दिलिप कुमारका प्रशंसक रहसिकेको आजतकलाई बताएका छन्।

अहिले शेरका साथै उनको छोरा पनि दिलिपकोे दिलिपको ‘फ्यान’ हुन्। शेर पहिलोपटक १४ वर्षअघि दिलिपलाई भेट्न मुम्बई पुगेका थिए। त्यतिबेला दिलिप ८४ वर्षका थिए। पहिलोपटक भेट्न नपाए पनि उनले दोस्रोपटक भेटेर दिलिपलाई रिक्सामा सवार गराएका थिए।

पछि दिलिप कुमारले शेरलाई खानासमेत खुवाएर घर पठाएका थिए। ‘दिलिप साहेबले सय वर्ष पार गरेको दिन रिक्सा लगेर फेरि भेट्न जाने मन थियो, जसका लागि पैसासमेत जम्मा गरेको थिएँ, तर मेरो सपना अधुरै रह्यो’ शेरले भनेका छन्।

उनले दिलिपलाई जिउँदो भेट्न नसके पनि उनको शव राखिको ठाउँमा गई फूल अर्पण गर्ने बताएका छन्।
मेरठ राशिद सहर मुम्बईबाट १ हजार ४७९ किलोमिटरको दूरीमा छ। बलिउडका लेजेन्ड अर्थात् दिलिप कुमार‘ साहेब’को बुधबार ९८ वर्षको उमेरमा निधन भएको छ।

प्रकाशित: Jul 08, 2021| 11:50 बिहीबार, असार २४, २०७८
प्रतिक्रिया दिनुहोस्