शनिबार, जेठ ११, २०८२

बलिउड अभिनेत्रीले पहिरने मंगलसूत्रको मूल्य कति? 

यामीभन्दा पहिले पनि थुप्रै बलिवुड अभिनेत्रीहरू महँगो मंगलसूत्रका पहिरिएका कारण चर्चामा आएका थिए। यहाँ केही अभिनेत्रीहरूले पहिरने मंगलसूत्रको विषयमा चर्चा गरिएको छ। 
 |  मंगलबार, असार १५, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, असार १५, २०७८

मुम्बई- भर्खरै विवाह बन्धनमा बाँधिएकी बलिवुड अभिनेत्री यामी गौतम आफ्नो मंगलसूत्रका कारण चर्चामा आएकी छन्। उनको मंगलसूत्रमा हीरा जडान गरिएको छ। यामीले ४ जुनमा ‘उरी: द सर्जिकल स्ट्राइक’का निर्देशक आदित्य धरसँग विवाह गरेकी थिइन्। 

विवाहपछि यामीलाई तयार गर्दै उनकी बहिनी सुरिली

यामीभन्दा पहिले पनि थुप्रै बलिवुड अभिनेत्रीहरू महँगो मंगलसूत्रका पहिरिएका कारण चर्चामा आएका थिए। यहाँ केही अभिनेत्रीहरूले पहिरने मंगलसूत्रको विषयमा चर्चा गरिएको छ। 

दीपिका पादुकोण
दीपिकाले नोभेम्बर २०१८ मा इटाली पुगेर रणवीर सिंहसँग विवाह गरेकी थिइन्। विवाहमा रणवीरले हीरा जडान गरी सजावट गरिएको मंगलसूत्र पहराइदिएका थिए।

रणवीरका साथ दीपिका पादुकोण

मीडिया रिपोर्ट्सका अनुसास उक्त मंगलसूत्रको मूल्य ३२ लाख रुपैयाँ (नेपाली) थियो। 

अनुष्का शर्मा
डिसेम्बर २०१७ मा क्रिकेटर विराट कोहलीसँग विवाह बन्धनमा बाँधिएकी अनुष्का शर्मा पनि महँगो महंगा मंगलसूत्र पहरने अभिनेत्रीमा पर्छिन्।

अनुष्का शर्मा।

अनुष्काले पहिरने गरेको मंगलसूत्रमा पनि हीरा जडान गरिएको छ। रिपोर्ट्सका अनुसार उनको मंगलसूत्रको मूल्य ८३ लाख रुपैया पर्छ। यो जोडीले पनि इटलीको टस्कनीमा विवाह गरेका थिए। 

प्रियंका चोपड़ा
प्रियंकाले सन् २०१८ को डिसेम्बर मा अमेरिकी नागरिक निक जोन्ससँग विवाह गरेकी थिइन्।

प्रियंका।

अमेरिकी नागरिकसँग विवाह गरी सबैलाई 'चक्मा' दिएको उनको मंगलसूत्रको पनि प्रशस्त चर्चा भएको थियो। रिपोर्ट्सका अनुसार प्रियंकाको मंगलसूत्र  ३३ लाखभन्दा बढी मूल्यमा किनिएको थियो। यसमा पनि हीरा जडान गरिएको थियो। 

ऐश्वर्या राय बच्चन
सन् २००७ अप्रिल २० मा अभिषेक बच्चनसँग विवाह गरेकी ऐश्वर्या रायले वैवाहिक कार्यक्रममा ७२ लाख रुपैयाँ पर्ने मंगलसूत्र पहिरिएकी थिइन्।

अभिषेक बच्चनका साथ ऐश्वर्या राय।

यति मात्र होइन, उनले विवाहमा पहिरिएको साडीको मूल्य १ करोड २० लाख मूल्य थियो। 

शिल्पा शेट्टी
सन् २००९ को नोभेम्बरमा लन्डनका बिजनेसम्यान राज कुन्द्राका साथ विवाह गरेकी शिल्पाले ४८ लाख मूल्य पर्ने मंगलसूत्र पहिरिएकी थिइन्।

पति राज कुन्द्राका साथ शिल्पा।

यति मात्र होइन, राजले उनलाई करिब ५ करोडको इगेजमेन्ट रिङ पहिराइदिएका थिए। शिल्पा राजकी दोस्री  पत्नी हुन्।

माधुरी दीक्षित
सन् १९९९ मा अमेरिका बस्दै आएका डाक्टर श्रीराम नेनेसँग अभिनेत्री माधुरी दीक्षितले विवाह गरेकी थिइन्।

श्रीराम नेनेका साथ माधुरी।

माधुरीले करिब १४ लाख रुपैयाँ पर्ने मंगलसूत्र पहिरिएकी थिइन्। माधुरीले डाक्टर नेनेसँग एरेन्ज विवाह गरेकी थिइन्। दुवैको भेटको बन्दोबस्त माधुरीका भाइले मिलाएका थिए। 

प्रकाशित: Jun 29, 2021| 09:38 मंगलबार, असार १५, २०७८
प्रतिक्रिया दिनुहोस्