बिहीबार, जेठ ९, २०८२

ब्याडमिन्टनमा लब श्रेष्ठले बिताएका चार दशक

विराटनगरको ‘एलिट ब्याडमिन्टन क्लब’बाट सुरु भएको खेल जीवन खेलाडी, अम्पायर, रेफ्री, राखेपको अधिकृत हुँदै संघको पदाधिकारीसम्म पुग्यो। 
 |  बिहीबार, जेठ १३, २०७८

विनय सापकोटा

विनय सापकोटा

बिहीबार, जेठ १३, २०७८

काठमाडौं– विराटनगरको ‘एलिट ब्याडमिन्टन क्लब’बाट सुरु भएको खेल जीवन खेलाडी, अम्पायर, रेफ्री, राखेपको अधिकृत हुँदै संघको पदाधिकारीसम्म पुग्यो। 

उनी आजभोलि ब्याडमिन्टनका खेलाडी उत्पादन गर्ने कोर्ट निर्माणमा लागेका छन्। उनले ब्याडमिन्टनलाई जे सक्थे दिए। र, जे पाए त्यसमा खुसी पनि छन्। यसकारण उनको जीवन नै ब्याडमिन्टनको पर्याय बन्यो।

अझैसम्म खेलकुद जोखिमको क्षेत्र मानिने नेपालमा निरन्तर लागिरहे सकिन्छ भन्ने सोच राख्नेका लागि उदाहरण हुन् उनी। नेपाल ब्याडमिन्टन संघका पूर्व उपमहासचिव लब श्रेष्ठको जीवनको छोटो वर्णन यति नै हो।

त्यसो त बुबा रामभक्त श्रेष्ठ एनआरटीका फुटबल खलाडी थिए। रामभक्तपछि राष्ट्रिय फुटबल टिमका म्यानेजर पनि भए। यता लबको ध्यानचाहिँ कक र ब्याटले नै खिचिरह्यो। 

२०४० को राष्ट्रिय च्याम्पियनसिपमा काश्य पदक जितेका श्रेष्ठले बहुदल र पञ्चायतबीचको विद्यार्थी आन्दोलन चल्दै गर्दा खेल करिअर सुरु गरेका थिए।

‘म आफ्नो रेफ्री जीवनका साथै खेल जीवन पनि सफल मान्छु। २०३५ देखि ०४५ सालसम्म ब्याडमिन्टनको विभिन्न राष्ट्यि र अन्तर्राष्ट्रिय प्रतियोगिता खेलेँ,’ श्रेष्ठले नेपाल समयसँगको कुराकानीमा भने।

२०४० को राष्ट्रिय च्याम्पियनसिपमा काश्य पदक जितेका श्रेष्ठले बहुदल र पञ्चायतबीचको विद्यार्थी आन्दोलन चल्दै गर्दा खेल करिअर सुरु गरेका थिए। राजनीतिले व्याकुल बनेको समयमा खेलमा लाग्न उनलाई गाह्रो भने भएन। ‘पूर्वाधारको अभाव त थियो नै। तर खेलमा लाग्न गाह्रो थिएन। खेलको अभ्यास खुल्थ्यो। त्यही अनुसार हामी ट्रेनिङ लिन्थ्यौँ,’ उनले बालापनको खेल सहजता सुनाए।

त्यसैबीच, ०३६ सालको नेसनल ब्याडमिन्टन च्याम्पियनसिपमा उनी दोस्रो भए। त्यसले उनलाई ब्याडमिन्टनमा स्थापित हुन सहज बनायो। उनको खेल करिअरको ग्राफ उकालो लाग्दै थियो। २०४४ सालबाटै उनले अन्तराष्ट्रिय खेल करिअर अन्त्य गरिहाले। दिल्लीमा आयोजित थोमस कप उनको अन्तिम अन्तर्राष्ट्रिय प्रतियोगिता बन्यो।

त्यस समय उनी नेपालको तेस्रो वरीयतामा पर्न सफल भएका थिए। छ वटा अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्दै उनलले खेल जीवन त्यागे। तर उनको प्रण ब्याडमिन्टललाई अघि ल्याउनु थियो। खेललाई सबैको प्यारो बनाउनु थियो। सधैं आफ्नो नजिकमा राख्नु थियो। त्यसैले उनले अम्पायर बन्ने सोचे र आफ्नो सोच पूरा पनि गरे। 

चीनको बेइजिङमा अम्पायरिङ कोर्ष गरेका थिए लबले। अम्पायरपछि सन् २०१० मा उनले अर्को सफलता हात पारे– पहिलो नेपाली अन्तर्राष्ट्रिय ब्याडमिन्टन रेफ्री भएर।

‘खेल जीवनपछि यही फिल्डमा लागिरहन मेरो लागि उत्तम थियो। आखिरी सोख पनि त्यही थियो, दक्षता पनि त्यसमै। जसले गर्दा म पुनः ब्याडमिन्टनमै फर्किएँ फरक भूमिकामा,’ उनले सन् १९९५ ताकाको प्रसंग सुनाए, ‘ब्याडमिन्टनमा सुरुमा अम्पायर हुन्छ। रेफ्री त्यसमाथिको हो। मैले त्यहीबेलाबाट अम्पायरिङ सुरु गरेँ।’

उनीअघि नेपालमा कुनै अन्तर्राष्ट्रिय अम्पायर थिएनन्। उनी नै नेपाली पहिलो ब्याडमिन्टन अम्पायर बने। चीनको बेइजिङमा अम्पायरिङ कोर्ष गरेका थिए लबले। अम्पायरपछि सन् २०१० मा उनले अर्को सफलता हात पारे– पहिलो नेपाली अन्तर्राष्ट्रिय ब्याडमिन्टन रेफ्री भएर।

अम्पायरिङ र रेफ्री जीवन

अन्य खेलमा जस्तै ब्याडमिन्टनमा पनि अम्पायरको भूमिका निर्णायक हुन्छ। रेफ्रीको पनि उस्तै। तर अरु खेलजस्तै यसमा पनि अम्पायर र रेफ्रीहरु पर्दापछिका नायक बन्छन्। अम्पायर भएर जति खेल खेलाए उनले, रेफ्री भएर पनि त्यति नै धेरै खेल खेलाएका छन्।

उनले ब्याडमिन्टन एसियाबाट अम्पायरिङ कोर्ष सकेपछि अम्पायरिङ सुरु गरेका थिए। खेलाडी हुँदा जति नियम बुझेका थिए, त्यसलाई अम्पायर भएर थप प्रष्टसँग बुझ्ने अवसर पाए। त्यसपछि ब्याडमिन्टनप्रतिको माया झन् तगडा बन्यो।

उनको शब्दमा रेफ्री भनेको दुई खेलाडीलाई व्यवस्थित रुपमा, नियम र कानुनमा बाँधेर खेलाउन सक्ने क्षमता भएको व्यक्ति हो। त्यसमा सायद उनी निकै अब्बल ठहरिए। त्यसैले भन्छन्, ‘मेरो खेल र रेफ्रीको जीवन उत्तिकै सफल रह्यो।’

त्यो सफलताको राज के हो त ? उनी सुनाउँछन्, ‘जुनै खेलका रेफ्री भए पनि मानसिक रुपमा फिट हुनुपर्र्छ। दिमाग साउन्ड चाहिन्छ। दबाबरहित भएर खेलाउन सकियो भने खेलको पनि सौन्दर्य बढ्छ। अनिमात्र रेफ्रीको सफलताको शिखर चुलिन्छ।’

उनी थप्छन्, ‘त्यसमा रेफ्री शारीरिक रुपमा पनि फिट हुनुपर्र्छ। बिहान हलुका व्यायाम गर्नु सबैका लागि राम्रो हो। साथै, मानसिक रुपमा तयार हुन चाहिने मुख्य कुरा भनेको खेलमा हुनसक्ने कुनै पनि दुविधाहरुको सामना गर्न सक्ने आत्मविश्वास नै हो।’

त्यही आत्मविश्वासका साथ उनी खेलको गम्भीर्यतामा जहिल्यै खरो उत्रिए। जसले उनलाई थप सहज रुपमा खेलाउन मद्दत मिल्यो। तर खेलअनुसार, नेपालमा पनि रेफ्रीको आलोचना भइरहेको हुन्छ। सही निर्णय गर्दागर्दै जसको विरुद्धमा निर्णय भएको हुन्छ, उसले आलोचना गर्छन्, जुन सामान्य हो। हारको आक्रोशको समयमा गरिएको आलोचना पक्का हुँदैन।

यो खेलमा धेरैको नजर छ। प्रिन्स दहाल र रशिला महर्जन अहिले नेपाली ब्याडमिन्टनका स्टार हुन्। उनीअरुको अन्तराष्ट्रिय सफलताले पनि नेपालमा ब्याडमिन्टनको क्रेज प्रष्ट हुने श्रेष्ठ बताउँछन्।

‘कतिपय अवस्थामा चाहिँ रेफ्रीले नदेख्ने पनि हुन्छ, गल्ती पहिचानमा भुल हुनसक्छ। रेफ्रीको निर्णय गलत पनि हुनसक्छ। त्यस्तो अवस्थामा रेफ्रीले ‘कुल’ भएर स्थिति नियन्त्रणमा लिन सक्नुपर्छ,’ निर्णायक भूमिकामा दशक लामो अनुभवका साथ उनी भन्छन्, ‘रेफ्री एक कुशल व्यवस्थापन पनि हो।’

तर, रेफ्रीले पोजेटिभ मानसिकता बनाइरहन सबै कुरालाई पाठका रुपमा ग्रहण गरेर खेलायो भने खेलको रौनकता कायम रहन्छ। नियमको पालना सही भएन भने खेलको औचित्य नै रहँदैन नि ! उनको पनि यस्तै विश्वास छ। ‘ब्याडमिन्टन मात्र किन, सबैमा यही नियम लागू हुँदैन र ?’ उनी हाँस्दै प्रश्न गर्छन्।

धेरै कुराहरु मिल्दामिल्दै पनि कहिलेकाहिँ रेफ्रीविरुद्ध समर्थकहरुले खस्रो व्यवहार गरिदिन्छन्। तर उनले यस्तो अवस्थाको भने सामना गर्नुपरेन। जसकारण उनले खेलाएको खेलले कहिल्यै रोमाञ्चकता गुमाएन। खेलले मर्यादा कायम राख्यो। जसले खेल, खेलाडी र रेफ्रीलाई दबाब र भयमुक्त भएर खेल्न सहयोग पुग्यो।

त्यसैले भन्न सकिन्छ कि खेलको विकासका लागि रेफ्रीको विशेष महत्व हुन्छ। विशेष महत्व भएका रेफ्रीलाई खेलमा टिक्न धेरै भन्दा धेरै खेल चाहिन्छ। त्यसैले उनी भन्छन्, ‘हामीलाई चाहिने कुरा नै धेरैभन्दा धेरै खेल हो। त्यो हुनुपर्छ। पछिल्लो समय खेलले गति लिएको थियो तर अहिले कोभिडले ग्रस्त छ।’

उनले रेफ्री कोर्ष मैले विदेशमा गएर पढाउने अवसर पनि पाए। त्यसैले रेफ्री निर्माण सजिलो काम होइन जस्तो लाग्छ उनलाई। ‘यसमा स्टेट अफ माइन्ड स्वच्छ हुन आवश्यक छ। नियममा भिजेर त्यसलाई खेलमा अप्लाइ गर्नु भनेको त चुनौति रहेछ। मैले रेफ्री भएर यसमा इन्जोय गर्न चाहिँ सिकेँ,’ उनी भन्छन्।

पहिले र अहिले

‘हामीले खेल सुरु गर्दा देशभरी ५–७ ओटा ब्याडमिन्टनका कभर्ड हल थिए। अहिले तर धेरै संख्यामा कभर्डहल बनेका छन्। पूर्वाधारका हिसाबमा हामी अहिले गरिब छैनौं,’ उनले भने। उनका अनुसार पहिले खेलाडीको जीवन खासै सुरक्षित पनि थिएन। अहिले त्यसको तुलनामा केही सुरक्षित देखिन्छ। त्यसैले त खेलाडीले प्रगति गर्न सकेका छन्।

अहिले अन्तर्राष्ट्रिय प्रतियोगिता पनि धेरै हुने गरेका छन्। दुईवटा लकडाउनको बीचमा नेपालमा धेरै खेल हुनेमध्ये ब्याडमिन्टन पनि थियो। यसलाई खेलको लोकप्रियतासँग जोडेर हेर्न सकिन्छ।

त्यसका लागि लब संघको योगदान महत्वपूर्ण ठान्छन्। ‘अभ्यासदेखि अन्तर्राष्ट्रिय रहभागितामा संघले काम गरिहेको छ। पूर्वाधार र खेलाडीको वृत्तिविकासमा संघले काम गरिरहेको छ। तर ब्याडमिन्टनमा सरकारको ध्यान थप जानु जरुरी छ,’ उनले भने, ‘सरकारले ब्याडमिन्टनलाई धेरै बजेट दिँदैन। त्यसका बाबजुद पनि केही कामहरु चाहिँ भएका छन्। हामी आफैं पनि ब्याडमिन्टन कोर्ट बनाउँदै छौं विराटनगरमा। युवाहरुको क्रेज धेरै भएकाले विराटनगर ब्याडमिन्टन क्लबले आगामी दिनमा त्यो कोर्टबाट थप खेलाडी जन्माउनेछ। सायद ति खेलाडले नेपाललाई अन्तराष्ट्रिय रुपमा थप चिनाउलान।

यो खेलमा धेरैको नजर छ। प्रिन्स दहाल र रशिला महर्जन अहिले नेपाली ब्याडमिन्टनका स्टार हुन्। उनीअरुको अन्तराष्ट्रिय सफलताले पनि नेपालमा ब्याडमिन्टनको क्रेज प्रष्ट हुने श्रेष्ठ बताउँछन्।

राखेपमा अधिकृत र वरिष्ठ अधिकृत भएर लामो समय काम गरेका उनको विदाइ भने राम्रो हुन सकेन। उनी स्वैच्छिक अवकाश हुनुभन्दा एक महिना २० दिनअघि २०७७ साउनमा राखेपबाट विदा भए।

राष्ट्रिय खेलकुद विकास ऐन २०७७ लागू भएपछि उनी राखेपमा थप बस्न नपाउने भए। र, विदा लिए। २०५१ माघको १० गते अस्थायी कर्मचारीको रुपमा राखेप प्रवेश गरेका लब ०५३ मा स्थायी भएका थिए।

प्रकाशित: May 27, 2021| 03:03 बिहीबार, जेठ १३, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।
चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।
जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।
बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।