बिहीबार, वैशाख १८, २०८२

फुटबल विकासमा योगदान दिने बिलको सपना अधुरै

४६ वर्षे कोच लामो समयदेखि हङकङमा बस्दै आइरहेका थिए। त्यहाँ उनले फुटबल एकेडेमी संचालन गरिरहेका छन्। प्रशिक्षण आफैं गराउँछन्। यता अखिल नेपाल फुटबल संघ (एन्फा) ले संचालन गरिरहेको ए लाइसेन्सका लागि उनी नेपाल आएका थिए।
 |  बिहीबार, जेठ ६, २०७८

विनय सापकोटा

विनय सापकोटा

बिहीबार, जेठ ६, २०७८

काठमाडौं– प्रशिक्षक बिल तामाङले गएको मंगलबार संसार छोडेसँगै नेपाली फुटबलले एउटा हिस्सा गुमायो। जीवनको लामो समय फुटबलमा समर्पण गरेका तामाङ अहिले ए लाइसेन्सको तयारीमा थिए। त्यही सिलसिलामा उनी नेपाल आए। एकेडेमीलाई व्यावसायिक रुपले अघि बढाउने सहारा क्लबले निर्णय गरेपछि बिल नै पहिलो प्रशिक्षक बनेका थिए।

उनी सहारा क्लबका पहिलो ब्याचका खेलाडी पनि थिए। त्यसबीच बिलको ग्राफले उनलाई नेपाली फुटबलबाट छुटाएर हेर्न दिँदैन। किनभने २०५८ सालमा सहारा निलोले काराभान गोल्डकप खेल्दा उनी टिमका कप्तान थिए। त्यो सिजनको सेमिफाइनलमा टाइब्रेकरमा हार बेहोरेपछि सहारा क्लब बाहिरियो।

सहाराका दुई क्लबमा अर्को थियो सहारा रातो। त्यसको ठिक दुई वर्षपछि सहारा रातो क्लब काराभान गोल्डकपमा पहिलोपटक सेमिफाइनल पुग्दा बिल प्रशिक्षकमा बढुवा भइसकेका थिए। सानै उमेरमा कोचिङ थालेका बिलको खेल जीवन भन्दा प्रशिक्षणको जीवन धेरै चाखलाग्दो बन्यो।

उनलाई प्रशिक्षक बनाउने धेरै तत्वमध्ये एक थियो पाकिस्तानमा सम्पन्न नवौं दक्षिणा एसियाली खेलकुद। त्यता जाने टिममा थिए तर नाइन इलेभेन घटनाका कारण खेल रोकिँदा बिलको राष्ट्रिय टिमबाट खेल्ने उनको सपना अधुरै रह्यो।

उनले घरलु खेलकुदमा फ्रेन्डस र आरसीटीबाट खेलेका थिए। त्यसबीच सहारा क्लबबाट पनि। पाकिस्तान जाने टिम नजाने भएपछि नै हो उनी पटियालातर्फ लागेका फुटबल प्रशिक्षकको तालिम लिनका लागि।

Metro Mart
worldlink

४६ वर्षे कोच लामो समयदेखि हङकङमा बस्दै आइरहेका थिए। त्यहाँ उनले फुटबल एकेडेमी संचालन गरिरहेका छन्। प्रशिक्षण आफैं गराउँछन्। यता अखिल नेपाल फुटबल संघ (एन्फा) ले संचालन गरिरहेको ए लाइसेन्सका लागि उनी नेपाल आएका थिए। कोचिङ कोर्समा सहभागी बनेर प्रमाणपत्र त पाए तर, प्रशिक्षण गराउन पाएनन्।

यसबीच १९ औं संस्करणको आहा रारा गोल्डकप मा उनले हेर्ने अवसर पाएका थिए। लगातार १९ वर्षसम्म लगातार संचालन भइरहेको प्रतियोगितामा उनले पनि प्रत्यक्ष र परोक्ष रूपमा सहयोग गरिरहे।

सहारा हङकङले साढे दुई वर्षअघि उनकै सकृयतामा फुटबल प्रशिक्षण संचालन गरेको थियो। यसैबीच उनी नेपाल आए। आहा राराको पछिल्लो संस्करणामा निकै रमाए।

त्यही समयमा खेल पत्रकार हिमेशरत्न बज्राचार्यले उनलाई भेट्ने अवसर पाएका थिए। 'पछिल्लो समय उनलाई भेट्ने अन्तिम पत्रकार सायद म नै हुँ चैत अन्तिममा सम्पन्न आहा रारा गोल्डकपमा। उनले हङकङमा बसे पनि नेपाली फुटबलका माया मार्न सकेका रहेनछन्,' उनले सुनाए।

हिमेशकै शब्दमा भन्नुपर्दा घरेलु खेलकुदमा उत्कृष्ट प्रदर्शन गर्ने तर राष्ट्रिय टिममा नपरेका खेलाडी हुन् बिल। उनले खेलाडी भएर राष्ट्रिय टिममा अन्य अवसर नपाए पनि अनिल गुरुङजस्ता खेलाडी जन्माएका छन्।

हिमेश भन्छन्, 'एकदम भलादमी। खेलाडीभन्दा राम्रा कोच थिए बिल। पछि सहारामा प्रशिक्षकका रुपमा डम्बर गुरुङ आइसकेपछि उनी बाहिरिएका थिए।' नेपालमा रहेकै समय, वैशख २६ गते कोभिड १९ का कारण अवस्था समान्य नरहेपछि अस्पताल भर्ना गरिएको थियो। १०२ डिग्री ज्वरो आएको खबर उनी आफैंले फेसबुकमार्फत सेयर गरेका थिए। तर त्यसपछि उनीले थप अनुभव सेयर गर्न पाएनन्। ४ गते मंगलबार बिहान उनले धर्ती छोडे।

नेपाली राष्ट्रय फुटसल टिमका पूर्व मुख्य प्रशिक्षक हुन् विष्णु गुरुङ। सहारा क्लबमा बिल प्रशिक्षक रहँदा विष्णु त्यही क्लबबाट खेल्ने गर्दथे। उनीहरुले सँगै एन्फारएएफसी ए लाइसेन्स कोर्स सम्पन्न गरे। अहिले विष्णुको सम्झनामा बिल छाइरहन्छन्।

बिल बितेको खबर पाएपछि विष्णु फेसबुकमा लेख्छन्, 'केही हप्ताअघि बिलले मसँग भनेका थिए– मैले पोखरा र नेपालमा फुटबलका विकास गर्ने योजना लिएर आएको छु। हामी सँगै अघि बढ्न सक्छौँ। उनले मलाई सधैं गाइड गरिरहेका छन्। उनी सधैं शान्त भएर सोच्छन् र बाँचुन्जेल सबैका आदरणीय रहे। मेरो लागि पनि उनीप्रति त्यस्तै भावना छ।'

कोभिड महामारीकै कारण बिहीबार संकटा क्लबका पूर्व कप्तान र हालका कोषाध्यक्ष जुजुकाजी डङ्गोलको पनि निधन भइसकेको छ। महामारीका कारण नेपाली खेल र फुटबललाई परेको यो अपूरणीय क्षति भएको खेल वृतले महशुस गरेकै छ।

बिलले २०५८ सालबाट प्रशिक्षण सुरु गरेका थिए। त्यसपछि उनले सन् २००१ देखि २००३ सम्म भारतको पटियलामा एएफसी बी लाइसेन्स तथा भारत एनआईएसबाट प्रशिक्षणको सर्वोत्कृष्ट अंकमा उत्तीर्ण भएका थिए। बी डिभिजन लाइसेन्समा फस्ट क्लास हुने बिल पहिलो नेपाली प्रशिक्षकसमेत थिए।

त्यसअघि उनले विगतमा सहारा क्लबको प्रशिक्षकको भूमिका समेत निर्वाह गरेका थिए। उनी हङकङमा बसेको भएर पनि मातृभूमिको पासपोर्ट त्याग गरेनन्। नेपालमै केही गर्ने उनको आशा बाँकी नै थियो। त्यसैले फर्किएका थिए नेपाल। 

प्रकाशित: May 20, 2021| 10:52 बिहीबार, जेठ ६, २०७८
nepali patronepali patro
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।
चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।
जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।
बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।