शुक्रबार, असार ६, २०८२

‘प्रेमगन्ज’मा सम्पदा बानियाँ

चलचित्र चौतारीको ब्यानरमा निर्माणमा हुन लागेको ‘प्रेमगञ्ज’ फिल्मको लागि मुख्य कलाकारमा अर्की नायिका सम्पदा बानियाँ छनोट भएकी छन्।
 |  शनिबार, चैत २८, २०७७

नेपाल समय

नेपाल समय

शनिबार, चैत २८, २०७७

काठमाडौं- चलचित्र चौतारीको ब्यानरमा निर्माणमा हुन लागेको ‘प्रेमगञ्ज’ फिल्मको लागि मुख्य कलाकारमा अर्की नायिका सम्पदा बानियाँ छनोट भएकी छन्। यसअघि अडिसनमार्फत् केही कलाकारहरु छनोट भएका थिए।

फिल्ममा नायक तेज गिरी र नायिकामा बेनिशा हामालसँगै सम्पदा पनि छनोट भएकी हुन्। फिल्म त्रिकोणात्मक प्रेम कथामा आधारित रहेको निर्देशक परिच्छेद सेनले जानकारी दिए। 

यसअघि नै फिल्मका लागि सुप्रिया खनाल, राइडर प्रशान्त, सिमरन खड्का र आयुषी ढकाललाई अडिसनबाट छनोट गरिएको छ। अन्य कलाकार शिशिर राणा, रश्मी भट्ट, पवन भट्टराई, सन्जोग रसाइली, गीता अधिकारीलगायतको अभिनय रहने छ भने सञ्जय लामाले छायांकन गर्ने छन्। 

विगत २५ वर्षदेखि नेपाली फिल्म जगतमा स्पोट ब्वाईको रुपमा काम गर्दै आएका राजु फुयाँल निर्माता रहेको यो चलचित्रका कार्यकारी निर्मातामा अनन्तमान श्रेष्ठ छन्। यो फिल्म वैशाख पहिलो साताबाट छायांकनमा जाने बताइएको छ।

प्रकाशित: Apr 10, 2021| 10:40 शनिबार, चैत २८, २०७७
प्रतिक्रिया दिनुहोस्