बिहीबार, वैशाख १८, २०८२

महिला भलिबलमा यस कारण कमजोर देखियो ढोरपाटन

अध्यक्ष मनवीर छन्त्याल भन्छन्– नेपालमा महिला खेलाडी नै पर्याप्त उत्पादन हुन सकेका छैनन्। अनि कसरी जित्नु त!’ 
 |  बिहीबार, चैत २६, २०७७

विनय सापकोटा

विनय सापकोटा

बिहीबार, चैत २६, २०७७

काठमाडौं –  पाँचौं एनभीए राष्ट्रिय महिला लिग भलिबलमा ढोरपाटन स्पोर्टस क्लबले लगातार पाँच हार व्यहोर्‍यो। निरन्तर पाँच खेल हारेपछि क्लब लिगमै सबैभन्दा कमजोर साबित भयो।

कुनै बेला राष्ट्रिय टिमका खेलाडी सामेल हुने क्लबलाई पछाडि पार्न सफल हुने ढोरपाटन अहिले कमजोर हुनुको कारण के होला त?

ढोरपाटनका अध्यक्ष मनवीर छन्त्याल भन्छन्– नेपालमा महिला खेलाडी नै पर्याप्त उत्पादन हुन सकेका छैनन्। अनि कसरी जित्नु त!’ 

त्यसो त ढोरपाटनले विगतमा केही राम्रा प्रदर्शन पनि नगरेको होइन। तर यो सिजनमा भने उसको प्रदर्शन निकै फितलो रह्यो।

लिगमा ६ टोली सम्मिलित महिलातर्फको खेलमा ढोरपाटनले पहिलो खेलमा न्यु डाइमन्डसँग हार बेहोरेको थियो भने दोस्रो खेलमा एपीएफलाई जित सुम्पिएको थियो।

Metro Mart
worldlink

तेस्रो खेलमा आर्मीसँग पराजित ढोरपाटनले चौथो खेलमा पुलिसलाई सबै अंक सुम्पियो।

गत सोमबार भएको अन्तिम खेलमा कमजोर भरतपुरसँग ३–० को सोझो सेटमै पराजित भएपछि ढोरपाटन लिगकै सबैभन्दा कमजोर टिम साबित भएको हो।

ढोरपाटनले लिग अवधिर पाँच खेलका १५ सेट खेलेको थियो। क्लबले ती सबै सेटमा हार बेहोर्‍यो। 

पहिलो खेलमै न्यु डाइमन्डविरुद्ध तीन सेटमा गरी १३ अंक मात्र जोडेको थियो। विपक्षीले ७५ अंक बनाउँदा ढोरपाटनले १३ अंक जोडेको थियो।

ढोरपाटनले लिग अवधिभर त्यही यात्रा कायम राख्यो। ऊ विरुद्ध सबैले ७५ अंक जोड्दै खेल जित्दा ढोरपाटनले एपीएफ, आर्मी, पुलिस र भरतपुरविरुद्ध क्रमशः १७, १७, १९, ४६ अंक मात्र ल्यायो। आर्मीविरुद्धको दोस्रो सेटमा त उसले एक अंक पनि जोड्न सकेन। २५–० मा पराजित भयो।

जारी लिगमा पहिलो चरणमा छनोट भएका क्लबले प्रतिस्पर्धा गरेको लिग संयोजक निरोज मास्के बताउँछिन्।  महिला खेलाडीको संख्या कम हुँदा प्रतिस्पर्धा पनि साचेजस्तो नहुनु स्वाभाविकै भएको उनकाे भनाइ छ।

भलिबल संघकी उपाध्यक्षसमेत रहेकी मास्केका अनुसार कोभिड–१९ महामारीअघि लिग खेल्ने टिम छनोट गरिएको थियो। राम्रो प्रदर्शन गर्ने टिमलाई लिग खेलाइएको थियो। तर ढोरपाटनको प्रदर्शन भने सम्झनलायक भएन। 

‘क्लबमा राष्ट्रिय टिमका, विदेशी खेलाडी छन्। क्लबको एनभीए गेमका रूपमा छनोट खेल भएको थियो। सोही छनोट खेलका आधारमा हामीले क्लबलाई मान्यता दिएका हौं’, मास्केले भनिन्।

नेपालमा महिला भलिबलमा खेलाडीको उत्पादन कमजोर देखिन्छ। त्यही कमजोरी लिगमा देखिएको अनुमान मास्केको छ। 

उनी भन्छिन्, ‘महिला खेलाडी धेरै छैनन्। त्यसैले ढोरपाटनलाई ल्याएको हो। पछिल्लो सिजन त राम्रो गरेको थियो। तर यसपटक राम्रो गर्न सकेन।’ 

ढोरपाटनका अध्यक्ष मनवीर छन्त्याल क्लबमा नयाँ खेलाडी आएकाले कमजोर देखिएको बताउँछन्। 

समग्रमा लिग कस्तो बन्यो भन्ने प्रश्नमा उनले भने, ‘हामीले क्लबको ट्रेनिङ सेन्टरमा अभ्यास गरिरहेका खेलाडी ल्याएका थियौं। त्यसैले प्रदर्शन फितलो बन्यो।’

खेलाडीको स्तरअनुसारको प्रदर्शन राम्रा मान्नुपर्ने अध्यक्ष छन्त्यालको दाबी छ। उनी भन्छन्, ‘खेलाडी हेरेर प्रदर्शन सन्तोषजक मान्नुपर्छ। नेपालमा धेरै महिला खेलाडी उत्पादन हुन सकेका छैनन्। हामी त्यसमा केही गर्न खोज्दै छौं।’ 

खेलाडीले क्लबका आफ्नै चारवटा मैदानमा अभ्यास गरिरहेका छन्। ढोरपाटनले गोंगबुस्थित मैदानमा महिला र पुरुष खेलाडीलाई अभ्यास गराउँदै आएको छ। 

निरन्तर हार्नुका कारण के हो त? अध्यक्ष छन्त्याल भन्छन्, ‘हामीले  १० दिन, २० दिन महिना वा ६ महिनादेखि अभ्यास गरिरहेका खेलाडीलाई सहभागी गराएकाले कमजोर देखिएको हो।’

ढोरपाटनको टिम ७–८ वर्षअघि निकै राम्रो थियो। छन्त्यालका अनुसािर पुरुषतर्फ त राष्ट्रिय टिमका खेलाडीलाई चुनौती दिन सक्ने क्षमताका खेलाडी थिए। 

भलिबलमा निरन्तर रुपमा प्रायोजक नपाउँदा र क्लब नै व्यावसायिक बन्न नसक्दा कमजोर बन्दै गएको उनको अनुभव छ।
उनी भन्छन्, ‘एक पटक त प्रायोजक पाउन सकिन्छ। तर एकपटक गरेर मात्र गरेर त भए नि।’

थिएन जितको मानसिकता

लिग सुरु हुँदा नै ढोरपाटन क्लबको उद्देश्य सहभागी हुनुमै सीमित थियो।  ‘हामीले सहभागी हुन मात्र प्रतियोगिता खेलेका थियौं। ठूलो महत्त्वाकांक्षा थिएन,’ छन्त्यालले भने।

खर्च गरेर विदेशी खेलाडी लिन सकेको भए टिम राम्रो हुन सक्ने उनको भनाइ छ। उनी भन्छन्, ‘खेलअघि यहीं पनि अलिक खेलाडी खोजेर छनोट गरेको भए हुन्थ्यो होला त्यो पनि गरेको थिएनौं।’

कोभिडको असर

अन्य क्षेत्रमा जस्तै कोभिड–१९ को असर भलिबलमा पनि देखिएको छ। महामारीका कारण कति खेलाडी प्रभावित बनेका छन् त्यो त  संघलाई पनि थाहा छैन।

संघले पाँचौं संस्करणका भलिबल लिग धेरै दुविधाबीच आयोजना गरेको थियो। 

‘कोभिडका कारण खेल आयोजना गर्ने वा नगर्ने भन्ने दुविधा पनि थियो। अनि सबै टिमले खेल्ने तत्परता देखाएपछि यो लिग गरेको हो,’ संयोजक मास्केले भनिन्, ‘नयाँ खेलाडी निकै आएका छन्। कोरोना माहामारीपछिको पहिलो खेल पनि हो। तैपनि राम्रो खै खेलिरहेका छन्।’

क्लबका अध्यक्ष छन्त्याल भन्छन्, ‘कोभिड–१९ ले निकै असर गर्‍यो। पहिले खेलेका खेलाडी अहिलेको टिममा खासै छैनन्। सबैजसो नयाँ छन्।’

उनका अनुसार महामारीका कारण प्रतियोगिता हुन्छ वा हुँदैन भन्ने अन्योल बनेपछि क्लबले पनि धेरै पहल नगरेको हो।

सात दिनको लिग !

क्लब व्यावसायिक बन्न पहिले संघले लामो समयका लिग आयोजना गर्नुपर्ने हो। तर भलिबल संघले त्यो काम गर्न सकेकाे छैन।

भलिबल संघले लामो समय लिग गर्न सक्दैन? भन्ने प्रश्नमा संयोजक मास्के भन्छिन्, ‘त्यो गनुपर्ने हो। अब संघमा पनि बजेट कम  छ। पैसा मागेर गर्नुपर्छ। हामीले यही प्रतियोगिताका १६ दिनको गराउने भन्दा पनि क्बलले मानिरहेका छैनन्। लामो प्रतियोगिता गराउन क्लब सहमत छैनन्।’

'भलिबलमा भविष्य सुरक्षित नदेखेर राम्रा खेलाडी बाहिर गए'

अध्यक्ष छन्त्यालका अनुसार २०६५ सालतिर ढोरपाटनको पुरुष टिमले राष्ट्रिय टिमका खेलाडीले भरिभराउ क्लबलाई जित्ने गर्दथ्यो। क्लबमा अहिले त्यस्ता खेलाडी छैनन्। राम्रा खेलाडी विभागले तानिहाल्ने भएकाले पनि बाहिर राम्रो खेलाडीले अवसर नपाएका हुन्।

‘भलिबलमा भविष्यको असुरक्षाका कारण राम्रा खेलाडी बाहिर गएका पनि छन्। अब राम्रो बनाउने योजनामा छौं।।

दुई दशकअघिदेखि भलिबलको विकासमा लागेको क्लब हो ढोरपाटन। यसले ०६०/६१ सालयता लगातार प्रतियोगिता गराउँदै आएको छ।

अध्यक्ष छन्त्यालले भने, ‘हामी समस्यामा परेका खेलाडीलाई सहयोग दिलाउने, प्रतियोगिता गराउने र खेलाडी उत्पादन गर्ने काम छौं।’

प्रकाशित: Apr 08, 2021| 05:54 बिहीबार, चैत २६, २०७७
nepali patronepali patro
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।
चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।
जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।
बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।