शुक्रबार, असार ६, २०८२

आमा बन्दै प्रियंका कार्की

आयुष्मान देशराजसँग गत वर्ष लकडाउन अघि वैवाहिक जीवनमा बाँधिएका आयुष्मान-प्रियंकाले लकडाउनको अवधिमा एकअर्कालाई आपसमा चिन्ने राम्रो अवसर मिलेको बताउँदै आएका थिए। 
 |  शुक्रबार, चैत २०, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, चैत २०, २०७७

काठमाडौं- नायिका प्रियंका कार्कीले आफू गर्भवती भएको बताएकी छन्। कार्कीले आफ्नो फेसबुक पेजमा आफू आमा बन्न लागेको सार्वजनिक गरेकी हुन्।

आयुष्मान देशराजसँग गत वर्ष लकडाउन अघि वैवाहिक जीवनमा बाँधिएका आयुष्मान-प्रियंकाले लकडाउनको अवधिमा एकअर्कालाई आपसमा चिन्ने राम्रो अवसर मिलेको बताउँदै आएका थिए। 

आयुष्मानसँगको प्रेम सम्बन्धलाई कार्कीले वैवाहिक जीवनमा परिणत गरेकी थिइन्। 'अब त सोध्न छोड्नु हुन्छ होला। हो म गर्भवती छु,' श्रीमान् देशराजसहितको 'ब्ल्याक एन्ड ह्वाइट' तस्बिर पोस्ट गर्दै उनले स्टाटस लेखेकी छन्। 

You can stop asking now! Yes, we are pregnant ???❤️

Posted by Priyanka Karki on Friday, April 2, 2021

प्रकाशित: Apr 02, 2021| 14:10 शुक्रबार, चैत २०, २०७७
प्रतिक्रिया दिनुहोस्