शनिबार, असार ७, २०८२

अजय देवगन र तब्बूको ‘दृष्यम २’ बन्ने 

अजय देवगन र तब्बूको सुपरहिट फिल्म ‘दृष्यम’ पछि अब ‘दृष्यम २’ बन्ने भएको छ।
 |  आइतबार, फागुन ९, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, फागुन ९, २०७७

काठमाडौं– अजय देवगन र तब्बूको सुपरहिट फिल्म ‘दृष्यम’ पछि अब ‘दृष्यम २’ बन्ने भएको छ। खासमा मोहनलालको ‘दृष्यम २’ ओटीटी प्लेटफर्ममा रिलिज भइसकेको छ। यसको हिन्दी रिमेकका लागि प्रोड्युसर कुमार मंगतले राइट्स खरिद गरेका छन्। 

फिल्मको दोस्रो भागमा पहिलोकै कहानी अगाडि बढाइने छ। ‘दृष्यम’को कहानी तथा ट्विस्ट एन्ड टर्नलाई निकै रुचाइएको थियो। यो वर्षको अन्तिमबाट फिल्ममा फ्लोरमा जाने बताइएको छ। अर्को साल फिल्म रिलिज हुनेछ। 

‘दृष्यम २’ को निर्देशन कसले गर्ने भन्ने टुंगो लागेको छैन। ‘दृष्यम’को निर्देशन भने निशिकान्त कामतले गरेका थिए। कोरोना महामारीकै दौरान उनको मृत्यु भइसकेको छ। 

–नवभारत टाइम्स
 

प्रकाशित: Feb 21, 2021| 00:11 आइतबार, फागुन ९, २०७७
प्रतिक्रिया दिनुहोस्