बिहीबार, वैशाख १८, २०८२

महिला लिगको ‘बाहुबली’

शीर्षस्थानमा रहेको एपीएफले अर्को विभागीय टिमलाई चार अंकले पछि पार्दै उपाधिमा कब्जा जमायो। 
 |  शनिबार, फागुन ८, २०७७

विनय सापकोटा

विनय सापकोटा

शनिबार, फागुन ८, २०७७

काठमाडौं– सशस्त्र प्रहरीको विभागीय टिम हिजो(शुक्रबार) सम्पन्न महिला लिगको विजेता बन्यो।

दुई चरण अगावै ३० अंकका साथ शीर्षस्थानमा रहेको एपीएफले अर्को विभागीय टिमलाई चार अंकले पछि पार्दै उपाधिमा कब्जा जमायो। 

एपीएफसँग पाँच अंकले पछि रहेको आर्मीले ११ औं चरणको खेलमा दुई अंक गुमाउँदा उसको विजेता बन्ने बाटो रोकियो र एपीएफले उपाधि जित्यो।

च्याम्पियन बनेपछि पनि बाँकी दुई खेलमा जित निकाल्दा उसले लिगमा कुनै खेल हारेन्। अन्ततः शुक्रबार आर्मीसँग लिगको अन्तिम खेल खेल्दै सम्पूर्ण ३६ अंक आफैंसँग राख्यो।

Metro Mart
worldlink

विजय यात्रा..

एपीएफले लिगको प्रायोजक विराटनगर महानगरपालिकामाथि ७–० गोलको जित निकालेपछि सानदार जितलाई निरन्तरता दिएको थियो।

त्यसअघि नै असाधारण सुरुवात गरेको एपीएफले लिगको पहिलो खेलमा चन्द्रपुरलाई ६–० गोलले हरायो।

सुरुवाति दुई खेलमै उपाधि जित्ने लक्षण देखाएको उसले लिगमा कहिल्यै पछाडी फर्केर हेर्नुपरेन्।

जनवरी २६ र २८ मा विभागीय डर्बीसँग उसको लगातार दुई खेल थियो। आर्मी र पुलिससँगका तीं भिडन्तमा उसले क्रमशः २–० र ३–० गोलको जित निकाल्दा सबैले एपीएफ नै जारी सिजनको उपाधि विजेता हो भन्ने छनक पाइसकेका थिए।

लिगको तेस्रो खेलमा लगातर तेस्रो जित निकालेपछि पनि एपीएफकी प्रशिक्षक भगवति थापाले भने लिगको बाटो लामो रहेको र अगाडी जे पनि हुनसक्ने बताएकी थिइन्।

आर्मीलाई हराएपछि पत्रकारसँग कुरा गर्दै उनले भनेकी थिइन्, ‘पहिलो फेजको खेल हेरेर विजेता हुँ भन्न गाह्रो छ। जित्नको लागि अझै धेरै संघर्ष गर्नुपर्छ।’

त्यतिबेला एपीएफले शीर्षमा चार अंकका अग्रता बनाइसकेको थियो। तर त्यसले एपीएफका खेलाडी हौसिएनन्, त्यसपछि पनि एपीएफले संघर्ष गरिरह्यो।

चौथो खेलमा पुलिसलाई हराएपछि पाँचौ खेलमा उत्कृष्ट विदेशी खेलाडीले भरिएको वालिङ नगरपालिकालाई ३–० गोलले सहजै रोक्यो।

त्यति मात्र होइन्, त्यसअघिको खेलमा त एपीएफले चमत्कारै गर्यो। लिगको पुछारमा रहेको चौदण्डीलाई उसले लिगकै सर्वाधिक गोलअन्तरले हरायो।

फरवार्ड सावित्रा भण्डारीले १२ गोल गरेको उक्त खेलमा एपीएफ २२–० गोलअन्तरले विजयी भयो।

एपीएफजस्तै उत्कृष्ट जित निकाल्दै आर्मीको टिम पनि उपाधितिर लम्किरहेको थियो। जसले एपीएफलाई झन् आक्रामक खेल्नका लागि बाध्य बनाइरह्यो।

तर लिगमा सँधै एपीएफ अघि रह्यो भने आर्मीले पछ्याइरह्यो। एपीएफले जुन स्तरको कन्सिस्टेन्सी राखेको थियो त्यसलाई कहिल्यै भत्किन दिएन्।

यसरी पहिलो लगेका छ खेल सकिँदा एपीफले सतप्रतिशत जित निकाल्दै १८ अंक जोड्यो।

दोस्रो लेगको खेलमा पनि उसले खेलको स्तर कायम राख्यो। पहिलो खेलमै चौदण्डीमाथि १४–० गोलको सानदार जित निकाल्यो भने दोस्रो खेलमा चन्द्रपुरलाई ८–० गोलले हराउँदा उपाधि लगभग पक्काजस्तै भइसकेको थियो।

उसले लिगमा उसैगरी जित निकाल्दै जाने क्रममा वालिङविरुद्ध फेरि एकपटक जित निकाल्यो। त्यो जित ६–० गोलअन्तरको थियो।

सानदार जितपछि उसले ९ खेलबाट २७ अंक मात्र जोडेको थिएन्। ७१ गोल गरिसकेको थियो। त्यसमाथि सबै खेलमा क्लिन सिट राखेर।

शीर्ष लिगका नौ खेलसम्म क्लिन सिट राख्नसक्नु चानचुने कुरा होइन्। जुन एपीएफले राख्यो।

तर गएको सोमबार उसको त्यो यात्रामा धक्का लाग्यो। उसले पुलिसकी अमृता जैसीले प्रहार गरेको गोल एपीएफकै खेलाडीमा ठोक्किएर दिशा परिवर्तन गरेपछि उसले गोल खाएको थियो।

प्रतिस्पर्धात्मक त्यो खेलमा एपीएफले पुलिसमाथि २–१ गोलको संघर्षपूर्ण जित निकालेको थियो।

उक्त जितपछि एपीएफलाई उपाधिको लागि एक खेलमात्र जित्नुपर्ने थियो। तर पनि प्रशिक्षक थापा हौसिएकी थिइनन्।

उनलाई फुटबलमा कसरी खेल कायापलट हुन्छ भन्ने थाहा छ। त्यसैले पुलिसविरुद्धको जितपछि भनेकी थिइन्, ‘म अहिले उपाधि जित्ने सम्बन्धमा केही बोल्दिनँ। अब हाम्रो खेल विराटनगरसँग छ। त्यो खेलमा जित निकाल्यौं भने हामी विजेता हुन्छौं। त्यसपछि मात्र म उपाधिबारे केही बोल्छु।’

तर उनलाई उपाधि जित्नका लागि विराटनगरलाई हराउनै परेन। उपाधि जित्न बाधा बनिरहेको आर्मी एपीएफको खेलअघि नै उपाधि यात्राबाट पन्छिँदा उसले एक खेल अगावै होइन् दुई खेल अगावै उपाधि जित्यो।

गएको बुधबार एपीएफका खेलाडी विराटनगरविरुद्ध खेल्न तयार भएर बसेका थिए। तर पुलिसले आर्मीसँग १–१ गोलको बराबरी खेलेपछि आर्मीलाईं दुई अंक घाटा लाग्यो, अन्तत एपीएफले उपाधि जित्यो।

दिउँसो दुई बजेर तीन मिनेटमा पुलिस र आर्मीको खेलमा अन्तिम सिठी बज्दा उनीहरुको खेल सुरु हुन ५७ मिनेट बाँकी थियो।

त्यतिबेला नै उनीहरुले उपाधि जिते। र विराटनगरविरुद्ध खेलका लागि तयार भए।

विराटनगरलाई १–० गोलले हराउँदै, च्याम्पियन भएपश्चात् पनि जितको यात्रा कायम राख्यो।

उनले दुई खेल अघि भनेकी थिइन्, ‘यदी हामीले विराटनगरलाई हराउन सक्यौँ भने आर्मीसँगको अन्तिम खेल हाम्रो लागि प्रतिष्ठाको लडाइँ मात्र हुनेछ।’ तर, आर्मीसँग  मात्र होइन विराटनगरविरुद्धको खेल पनि प्रतिष्ठाको लडाईं हुनपुग्यो।

अन्तिममा आर्मीसँग प्रतिष्ठाको लडाईँ त लड्नु नै थियो। उसले लड्यो र जित्यो पनि। 

आर्मीसँगको दोस्रो खेलमा सरु लिम्बूले दुई र अनिता केसीले एक गोल गरेपछि एपीएफले कुनै खेलमा हार बेहोर्नु परेन्।

उपाधि जितेपछि प्रशिक्षक थापा भन्छिन्, ‘लगातार १२ खेल र टाइटल जित्दा म सन्तुष्ट छु। खेलाडीको प्रदर्शन राम्रो रह्यो। तर हामीले टिमको मुख्य हतियार चोटका कारण गुमाउन पुग्यौँ।’

उनले थपिन्, ‘हामीले सुरुवातै राम्रो गर्‍याैं। त्यही अनुसारको नतिजा पनि आयो। सावित्रा घाइते भएपछि चाहिँ हामीलाई असर परेको थियो। तर त्यसलाई अन्य खेलाडीले कमी हुन दिएनन्।’

१२ खेलमा अपराजित भगवतीको टिमले ७७ गोल गरेको छ भने एकमात्र गोलको सामना गरेको छ।

जसमध्ये ४३ गोलको योगदान दिएकी सावित्रा भण्डारी बेस्ट फरवार्ड बनिन् भने लिगको एक्ली महिला कोच बेस्ट बनिन्।

त्यस्तै, मिडफिल्डर सरु लिम्बू मस्ट भ्यालुएबल प्लेयर बनिन्।

तर, लिग सुरु गर्दा एपीएफ टिमकाे एउटा महत्त्वकांक्षा थियो। ‘हामीले लिग अवधिभर एक गोल पनि नखाने भन्ने योजना बनाइको थियौँ। दुर्भाग्यवश् पुलिसविरुद्धको खेलमा गोल खायौँ। त्यो नखाएको भए खुसी अझै दोब्बर हुन्थ्यो होला,’ लिगको अन्तिम खेलपछि कप्तान अनिता बस्नेतले भनिन्।

प्रकाशित: Feb 20, 2021| 02:46 शनिबार, फागुन ८, २०७७
nepali patronepali patro
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।
चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।
जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।
बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।