बिहीबार, वैशाख १८, २०८२

महिला फुटबल लिग : उपाधिको दौड बाँकी नै छ

जारी लिगमा चार नगरका चार टिम र तीन विभागीय टिम समावेश छन्। उनीहरुले हरेक टिमसँग दुई खेल अर्थात् डबल राउन्ड रोविनमा खेल्ने छन्।
 |  मंगलबार, माघ १३, २०७७

विनय सापकोटा

विनय सापकोटा

मंगलबार, माघ १३, २०७७

काठमाडौं– लगातार तीन जितका साथ राष्ट्रिय महिला लिगको शीर्षस्थानमा रहेको एपीएफ क्लबकी प्रशिक्षक भगवती थापाले लिग जित्ने कुरामा अहिले नै ठाकुवा गरेर भन्न नसकिने बताएकी छन्।

लिगमा मंगलबारको तेस्रो जितपछि धेरै र महत्वपूर्ण खेलहरु बाँकी रहेकाले अहिले नै अन्तिम नजिताबारे आकलन गर्न नसकिने उनको भनाइ छ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा मंगलबार सम्पन्न खेलमा सशस्त्र प्रहरीको विभागीय टिम एपीएफले त्रिभुवन आर्मी क्लबलाई २–० गोलले स्तब्ध बनाएको थियो। आजको खेल लिगकै महत्वपूर्ण खेल रहेको समर्थकको उपस्थिति हेर्दा पनि थाहा हुन्छ। पछिल्लो खेलमा पनि आर्मी र एपीएफले सानदार जित निकालेका थिए।

एपीएफले चन्द्रपुर र विराटनगरविरुद्ध सानदार जित निकाल्दा आर्मीले वालिङको पोस्टमा सात गोल गरेको थियो। सुरुआती प्रतियोगिताबाटै दुवै क्लबले उपाधि दावेदारी प्रस्तुत गरिसकेका थिए। तर आजको खेलमा आर्मीलाई हराएपछि एपीएफ जारी लिगमा बलियो देखिन्छ।

आर्मीसँगको खेलपछि पत्रकार सम्मेलनमा बोल्दै थापाले भनिन्, ‘टाइटलको रेस अझै बाँकी नै छ। किनभने गेम कुन बेला कहाँ पल्टिन्छ भन्न सकिरहेको छैन।’

Metro Mart
worldlink

पछिल्लो खेलमा कमजोर आँकिएको वालिङ नगरले आजकै अर्को खेलमा बलियो टिम नेपाल पुलिसलाई बराबरीमा रोकेको थियो। यता वालिङविरुद्धको खेलमा आर्मीले उसलाई ७–० गोलले हराएको थियो। यही प्रसंग जोड्नै थापाले भनिन्, ‘वालिङको दोस्रो र तेस्रो खेलमा धेरै फरक देखिएको छ। नगरको टिम पनि सेट हुँदै आएका छन्।’

त्यसो त महिला लिगमा बलिया मानिएका टिम नै विभागीय डर्बी हुन्। त्यसमध्येको एपीएफ सबैभन्दा बलियो टिम। थापाको शब्दमा पुलिस क्लब पनि उपाधि दावेदार नै हो। ‘पहिलो फेजको खेल हेरेर विजेता हुँ भन्न गाह्रो छ। किनभने आज पुलिसलाई रोक्ने वालिङ अथवा रौतहटले नै हामीलाई रोक्न सक्छ,’ उनले भनिन्, ‘जित्नको लागि अझै धेरै संघर्ष गर्नुपर्छ।’

एपीएफ र आर्मीका खेलाडी प्रतिस्पर्धा गर्दै
 

एपीएफकी कप्तान अनिता बस्नेत पनि प्रशिक्षकको विचारसँग सहमत छिन्। भन्छिन्, ‘अब आज जित निकाल्यौँ भन्दैमा लिग नै जितिन्छ भन्ने त छैन। तर यही लयमा जाने प्रयासमा हुनेछौं।’

एपीएफको आर्मीविरुद्धको खेल कम चुनौतीपूर्ण भने थिएन। किनभने पछिल्ला लगातार दुई खेलमा गोल गरेकी सावित्रा भण्डारीले समेत आजको खेलमा गोल गर्न सकिनन्।

यसकारण प्रतिस्पर्धी आर्मीको रक्षापंक्ति उत्कृष्ट रहेको सावित हुन्छ। तर आर्मीविरुद्धको खेल जित्नुमा स्ट्राइकरको मुख्य भूमिका रहेको सहायक प्रशिक्षक जनकसिंह थारु बताउँछन्। थारुले भने, ‘आज हाम्रो फाइनल जस्तै थियो। आर्मी र एपीएफमा खेलाडी राष्ट्रिय टिमकै नै छन्। यसमा सतप्रतिशत दिएर खेल्नुपर्ने थियो। जुन हाम्रा खेलाडीले गरे।’

यता उत्कृष्ट हुँदाहुँदै पनि केही कुरामा चुकेका कारण आजको खेलमा हार बेहोरेको आर्मीका प्रशिक्षक राजु तामाङ बताउँछन्।

आर्मी प्रशिक्षक र कप्तान

‘सुरुमा हामी केही आक्रामक थियौँ। पुलिससँगको पछिल्लो खेलमा जस्तै ओपनिङमा स्कोरिङको अवसर पाए पनि स्कोर बन्न सकेन,’ प्रशिक्षक तामाङले भने। खेलमा एक गोलले पछि पर्नेबित्तिकै आर्मी दबाबमा आएकाले खेल्न गाह्रो भएको आर्मीकी कप्तान कविता धिमालले बताइन्।

भन्छिन्, ‘दुवै टिम बराबरीको अवस्थामा थियो। त्यसैले सुरुमा जसले गोल गर्छ उसले नै खेल जित्छ भन्ने भावनाका साथ मैदान आएका थियौँ। एपीएफले गोल गर्नेबित्तिकै हामीलाई दबाब भयो।’ उनले थपिन्, ‘दुई गोल खाइसकेपछि दोस्रो हाफमा कमब्याक गर्न सकिएला भन्ने थियो। तर त्यो पनि सम्भव भएन।’

जारी लिगमा आर्मीका स्ट्राइकर चल्न नसकेको प्रशिक्षक तामाङ बताउँछन्। वालिङलाई ७–० गोल अन्तरले हराउँदा पनि मिडफिल्डरको भूमिका महत्वपूर्ण थियो। जहाँ विमला चौधरीले पहिलो ह्याट्रिक गरेकी थिइन्। तर पनि तीन खेलमा आर्मीले पाँच अंक गुमाएको छ। पहिलो खेलमा पुलिससँग बराबरी गर्दै दुई अंक गुमाएको थियो भने आजको खेलमा एपीएफसँग हार बेहोर्दै थप तीन अंक गुमाएको छ।

यसकारण ऊ अंकतालिकाको तेस्रो स्थानमा छ। पाँच अंक बनाएको पुलिस दोस्रो स्थानमा छ। ‘झट्ट टेबल हेर्दा गाह्रो जस्तो देखिएको छ। नौ खेल अझै बाँकी नै छ। अन्य टिम पनि सेट हुँदै आइरहेको छ। यसकारण हामी उपाधि दाबेदारबाट बाहिर छैनौं,’ प्रशिक्षक तामाङले भने।

आजको खेलमा प्लेयर अफ दि म्याच भएकी अनिता केसीले पनि आफ्नो लय गुम्न नदिनका लागि सक्दो प्रयास गर्ने बताइन्। बाँकी खेल पनि यस्तै लय कायम राख्न सकिएला त ? भन्ने प्रश्नमा ‘सकिन्छ’ भन्ने भाव अंकित टाउको हल्लाइन्।

थोरै ग्याप हुँदा दबाब

जारी लिगमा दुई खेलबीचको अवधि असाध्यै कम छ। यसकारण खेलाडी तनावमा आएको एपीएफकी प्रशिक्षक थापा बताउँछिन्। माघ ७ गतेबाट लिग सुरु भएयता एपीएफले तीन खेल सम्पन्न गरेको छ। एन्फाले रेस्ट पनि धेरै दिन दिएको छैन।

यसको अर्थ एक हप्तामा तीन खेल हो। ‘अब चोटका कारण एक खेलाडीलाई हप्ता दिनमात्र रेस्ट दिए पनि प्रतियोगिताको अंकतालिकामा ठूलो परिवर्तन भइसक्छ,’ थापाले भनिन्।

एपीएफकाे पाेस्टम्याच पत्रकार सम्मेलन

सम्भावित चोट र थकानका कारण खेलाडीलाई दबाब रहेको एपीएफकी कप्तान बस्नेत स्वीकार गर्छिन्। भन्छिन्, ‘एकदमै गाह्रो भएको छ। हामीसँग एक दिनको मात्र ग्याप छ। तर अहिलेसम्म हाम्रो टिममा एक खेलाडीबाहेक अरु सबै फिट छौं। यसकारण अहिलेसम्म सभाइभ हुन सकेका छौं।’

गत आइतबार सम्पन्न खेलमा लज्जास्पद हार बेहोरेपछि वालिङका प्रशिक्षक दिलिप थापाले खेलाडी चोटग्रस्त भएकाले लज्जास्पद हार बेहोरेको बताएका थिए। तर एक खेल गुमाएर पनि उसले पुनरागमन गर्दै आजको खेलमा बराबरी गर्न सफल भएको छ।

जारी लिगमा चार नगरका चार टिम र तीन विभागीय टिम समावेश छन्। उनीहरुले हरेक टिमसँग दुई खेल अर्थात् डबल राउन्ड रोविनमा खेल्ने छन्। जसअनुसार अहिले तेस्रो चरणका खेल भइरहेका छन्। अब नौ चरणका खेल बाँकी छन्।

प्रकाशित: Jan 26, 2021| 13:29 मंगलबार, माघ १३, २०७७
nepali patronepali patro
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।
चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।
जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।
बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।