शनिबार, असार ७, २०८२

रहेनन् ‘नरोऊ मायालु’ गीतका सर्जक धनबहादुर गायक

सार‌ंगी संरक्षणका अभियन्ता एवं चर्चित गायक तथा शब्द संकलक धनबहादुर गायकको आज बिहान निधन भएको छ।
 |  सोमबार, माघ १२, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, माघ १२, २०७७

पोखरा - सार‌ंगी संरक्षणका अभियन्ता एवं चर्चित गायक तथा शब्द संकलक धनबहादुर गायकको आज बिहान निधन भएको छ।

\छाती र फोक्सोमा समस्या देखिएपछि मनिपाल मेडिकल कलेज शिक्षण अस्पताल भर्ना भएका थिए। 

स्वास्थ्यमा जटिल समस्या आएपछि आईसीयूमै राखेर उनको उपचार भइरहेको थियो।

प्रविण गुरुङले गाएका सदाबहार चर्चित ‘नरोऊ मायालु’, ‘बेली र चमेली’जस्ता गीतका सर्जक धनबहादुर युवापुस्तालाई सांरगीप्रति टिकाइराख्न प्रयासरत थिए।

पोखराकै बाटुलेचौर निवासी उनी सारंगी पाठशालासमेत चलाउँदै आएका थिए, जसमा बालबालिकालाई निःशुल्करूपमा सारंगी र मादललगायत वाद्यवादन सामग्री बजाउन सिकाइन्छ।

प्रकाशित: Jan 25, 2021| 04:34 सोमबार, माघ १२, २०७७
प्रतिक्रिया दिनुहोस्