शनिबार, असार ७, २०८२

‘गोर्खे’को टाईटल गीत सार्वजनिक  

नेपाली चलचित्र ‘गोर्खे’को ‘टाईटल गीत सार्वजनिक भएको छ। 
 |  मंगलबार, माघ ६, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, माघ ६, २०७७

काठमाडौं- नेपाली चलचित्र ‘गोर्खे’को ‘टाईटल गीत सार्वजनिक भएको छ। 

बुढा सुब्बा डिजिटलको अफिसिएल युटुबमार्फत सार्वजनिक भएको गीतमा संगीत र एरेन्ज शास शाक्यले गरेका छन्। गीतका शब्द नग्वा फिन्जु पाख्रिनका रहेका छन्।  

यस गीतमा चलचित्रका मुख्य पात्रहरूलाई फिचर्ड गरिएको छ। यसअघि ‘सिन्के अचार’ र ‘गाउँभरी हल्ला भो’ बोलको गीत सार्वजनिक गरेको  चलचित्रको ‘गोर्खे’को  टाईटल गीत रिलिज भएसँगै गीत धेरैले रुचाउने विश्वास निर्माण पक्षको छ।  

कोजु ईन्टरटेनमेन्टको ब्यानरमा हरि लामाको प्रस्तुति र तिर्थराम कोजु तथा हरि थापाले निर्माण गरेको चलचित्रमा नेपालका रमणीय स्थलहरु  पाल्पा, बर्दघाट, धम्पुस, पोखरा र काठमाडौंका दृश्य कैद गरिएको छ।  चलचित्रको निर्देशन किम्मत गौतमले गरेका हुन्। 

चलचित्रमा रबिन्द्रप्रताप सेन, अन्जली अधिकारी, अर्जुन गुरुङ, आश्मी लामा, आश्मी श्रेष्ठ, एन्जेल श्रेष्ठ, बाल्दिप राईलगायतको अभिनय छ।  

प्रकाशित: Jan 19, 2021| 03:08 मंगलबार, माघ ६, २०७७
प्रतिक्रिया दिनुहोस्