बिहीबार, वैशाख १८, २०८२

हेर्नलायक क्रिकेट, छैनन् दर्शक

प्रधामन्त्री कप पुरुष एक दिवसीय क्रिकेटको पहिलो खेल साँच्चिकै हेर्नलायक रह्यो। र, स्मरणयोग्य पनि।
 |  शनिबार, माघ ३, २०७७

विनय सापकोटा

विनय सापकोटा

शनिबार, माघ ३, २०७७

काठमाडौं– प्रधानमन्त्री कप पुरुष एक दिवसीय क्रिकेटको पहिलो खेल साँच्चिकै हेर्नलायक रह्यो। र, स्मरणयोग्य पनि।

हिजो(शुक्रबार)को खेल कुनै नेपाली समर्थकले हेर्न छुटाएको छ भने उसले महत्वपूर्ण मध्येको एउटा राष्ट्रिय खेल हेर्न छुटाएको छ। 

त्यसो भए पनि क्रिकेट मैदानमा दर्शकको संख्यात्मक अवस्था भने दयनीय थियो। 

‘आजको खेल एकदमै राम्रो भयो। किनभने, पहिलो खेलमै सेन्चुरी देख्न पाइयो,’ शुक्रबार दिउँसो खेल हेर्न मैदान पुगेका कपिल धितालले नेपालसमयसँग भने।

उनको विचारमा हिजो आर्मीका कप्ता विनोद भण्डारीको त्यो सतक क्लबको लागि मात्र नभएर नेपाली खेलका लागि पनि प्लस पोइन्ट हो।

Metro Mart
worldlink

उनले गण्डकी प्रदेशविरुद्ध ७३ बलमा धमाकेदार सतक प्रहार गरे। कोराना महामारीका कारण लामो समय खेल सञ्चालन नभएपछि अब कसरी खेल हुन्छ भन्ने शंका कायमै थियो।

खेलाडीमा पनि लय बिग्रेला भन्ने चिन्ता उत्तिकै। तर हिजोको खेलले त्यो चिन्ता दूर गरिदिएको छ। किनेभने पहिलो खेलमै प्रदर्शन उच्च थियो। जहाँ नेपाल आर्मी क्लब तीन सय रनको नजिक पुग्दा उक्त टिमका खेलाडीले १३ छक्का र १७ चौका प्रहार गरे।

कमजोर आँकिएको प्रतिस्पर्धी टिम गण्डकीले समेत २३ पटक बाउन्ड्रि कटायो। राष्ट्रिय प्रतिस्पर्धामा यत्तिको बलियो खेल हेर्न कहिले पाइन्छ?

प्रधामन्त्री कपको उद्घाटन खेलले नै यो जिज्ञासा शान्त पारेको छ। एकै खेलमा ५३ बाउन्ड्रि ! यसैले त दाङका जिल्ला खेलाडी धिताल भन्छन, ‘टेलिभिजनमा हेर्नुभन्दा मैलदानमा लाइभ हेर्नुको मजा नै छुट्टै।’

उनी थप्छन्, ‘यहाँ आएपछि छुट्टै रमाइलो हुन्छ। खेलाडीलाई नजिकबाट देखिन्छ। खेल नियाल्न पाइन्छ।’

तीनकुने–शंखमुलबाट छ जनाको ग्रुपमा खेल हेर्न पुगका आभास रेग्मीले बाँकी खेल अझै रमाइलो हुने दाबी गरे। उनले भने, ‘अझै राम्रा खेलाडीले खेल्नै बाँकी छ। सस्पेन्स त अझै बाँकी छ नि !’

क्रिकेट हो। जे पनि हुन सक्छ। त्यही मैदानमा त हो एक वर्ष अघि नेपाली राष्ट्रिय टोलीले अमेरिकालाई ३६ रनमै स्तब्ध बनाएको र ८ विकेटको जित निकालेको।

एक घण्टा ३८ मिनेटमा सकिएको त्यो एक दिवसीय खेलपछि कीर्तिपुरस्थित टियूको मैदानमा एउटा पनि खेल भएको थिएन्। त्यसको झन्डै एक वर्षपछि हिजो बल्ल भयो।

हिजोको खेलमा जित निकालेको आर्मीका कप्तान भण्डारी पनि त्यही भन्छन्, ‘क्रिकेटमा दुईजना खेलाडी मात्र चम्किए भने पुगिहाल्यो नि। कुन दिनमा को चम्किन्छ कुन दिनमा को।’ प्यारापिटबाट हेरिरहेका प्रकास न्यौपानेलाई पनि क्रिकेटको यही कुराले धेरै आकर्षण गर्छ। 

भन्छन्, ‘एक वर्षपछि खेल हुँदा, हेर्न आउँदा धेरै रमाइलो छँदैछ। प्लेयरबाट राम्रो नतिजा आउला भन्ने ठूलो आशा छ।’

त्यसो भए हिजोको खेल कस्तो थियो त ? खेलपछि आर्मीका कप्तान भण्डारीले भने, ‘मेरो विचार टप अर्डरमा खेल्ने नै थियो। हाम्रो टिम नै त्यस्तै छ। किनेभने पछाडी खासै सोच्नुपर्ने खेलाडी छैनन्। त्यसैले मलाई अघिबाटै सोचेर खेल्नुपर्छ भन्ने लागिरहको थियो।’

लामो समय मैदान बाहिर रहेपनि केही लय विग्रन्छ कि भन्दा भन्दै पनि सतक हान्नु खेलाडीका लागि गर्वको कुरा हो। तर उनी हमेसा टप चारमा ब्याटिङ गर्न जाने खेलाडी होइनन्। उनी हिजो चौथो नम्बरमै गएका थिए। 

त्यसैले उनी भन्छन्, ‘अन्तिम ओभरतिर मैदान पसेर सतक हान्न गाह्रो हुन्छ। तर आज २०–२२ ओभरमै मैदान पसेको थिएँ। त्यसकारण टिकेर खेल्नका लागि सजिलो भयो। अघिल्ला खेलहरुमा पछि आउने भएर ठूलो रन बनाउन नसकेको अवस्था पनि थियो।’

उनका अनुसार खेलमा सुरुबाट नै गण्डकी प्रदेशले ५० ओभर खेल्ने दाउमा खेलिरहेको थियो। भने, ‘हामीले बुझिहाल्यौं, हामीले पनि त्यही अनुसारको खेल देखायौँ।’

तर आजको खेलमा फिल्डिङ भने कमजोर देखिएको आर्मीका कप्तान भण्डारी स्विकार्छन्।भन्छन्, ‘११ महिना  भसक्यो फिल्डिङ अभ्यास नगरेको। फिल्डमा खेल्न पाएको छैन्। जसले गर्दा पनि गाह्रो भएको हो।’

धेरै पछि खेल हुँदा ५० ओभरको भएको छ, त्यसले गर्दा फिल्डिङ सुधार हुँदै जाने उनको तर्क छ।

उनी कोरोनाको संक्रमणबाट मुक्त भएको मात्र ८–१० दिन हुँदैछ। तर पनि उनको खेल तारिफयोग्य रह्यो। अब कस्तो होला त्यो चाहिँ समयले नै देखाउँछ।

पानी र बदाम बेच्ने पनि खुसी

टियू मैदानको क्रिकेटले खेलाडी र दर्शकका अलावा त्यहाँ पानी र बदाम बेच्ने व्यापारीलाई पनि खुसी बनाएको छ। ‘आज दुई कार्टुन पानी विक्यो,’ गेटबाहिर देखिएका एक व्यापारीले भने।

खेल १७ गतेसम्म हुने थाहा पाएपछि उनी खुसी देखिन्थे। उनीसँगै बदाम बेच्न बसेकी व्यापारीले पनि लामो समपछि मैदानमा व्यापार गर्न पाएकोमा खुसी भएको बताइन। 

फोटो खिच्नका लागि पोज जिँदै उनले भनिन, ‘१७ गतेसम्म हुने रहेछ अब जहिल्यै आउने हो। आज ठिकै बिक्री भयो। भोलि, पर्सी अलि राम्रो होला नि !’

तर रमाइलो कुरा के छ भने क्यानले निर्धारण गरेको टिकटको मुल्य एक बोतल पानीबराबर मात्र छ। ५० र २५ रुपैयाँ। विद्यार्थी कार्ड भए २५ नभए ५० रुपैयाँ।

नाजुक मैदान र प्यारापिट
तर अहिले टियू मैदानमा खेल हेर्न जानेलाई यति चाहिँ भन्नै पर्छ कि कतिपय झारको फुल पाकेर कपडामा टाँस्सिने भएको छ। त्यसैले प्यारापिटमा बस्दा ध्यान दिएर ठाउँ छान्नुपर्छ।

नभए क्रिकेट हेर्ने समय कपडामा टाँसिएको कुरो टिप्दैमा बित्न सक्छ। यस्तोमा कपिल धिताल भन्छन्, ‘मैदान र प्यारापिटको अवस्था भने नाजुक छ। सरकारले हेर्दैन, जनताको बलबुँतामा एउटा मैदान (गौतमबुद्ध अन्तराष्ट्रिय रंगशाला) बन्दै छ। आशा गरौं चाँडै त्यहाँ राम्रो प्यारापिटमा बसेर हेर्न पाइएला।’

अर्का दर्शक आभाष रेग्मीको अर्को गुनासो छ। सुनाउँछन्, ‘त्यो स्कोर बोर्ड चाहिँ चित्त बुझ्दो छैन्। अहिलेको जमाना डिजिटलमा गइसक्यो। यहाँ देखिहाल्नु भयो। त्यो पनि झन् सानो छ, स्कोर बोर्ड राम्रोसँग देखिँदैन।’

‘राति खेल गर्नका लागि फ्लड लाइट पनि छैन्। तर के भन्नु हुनुपर्ने केही नै छैन। एउटा कुरामा मात्र कति गुनासो गर्नु ?’ उनले थपे।
उनका अनुसार अन्तरराष्ट्रिय मैदानको नाममा एउटा मैदान मात्र भयो अरु केही पनि भएन। यता धितालको चाहिँ थर्ड एम्पारमा पनि नेपाली क्रिकेटले सुधार गर्नुपर्ने ठहर छ।

यसलाई नजिकबाट नियालिरहेको क्यानका कोषाध्यक्ष रोशन कुमार सिंह पनि यि कुराहरुबाट परिचित छन्। भन्छन, ‘क्यानमा अलिकति फन्ड जम्मा भएपछि हामी सबै आवश्यकता पुरा गर्दै जानेछौं। मैदानमा फ्लड लाइटको पनि आवश्यकता छ।’

कोरोनाको महामारीले तंग्रिदै गर्दा आयोजना भएको खेलमा क्यानले यो सिजनको प्रधामन्त्री कपमा टिकटको व्यवस्था गरेको छ। 

‘पछिल्लो साल हामीले टिकटको व्यवस्था गरेका थिएनौँ। यो वर्ष कोरोनाका कारण दर्शक नियन्त्रण गर्न टिकटको व्यवस्था गरेका छौं,’ कोषाध्यक्ष सिंहले भने। 

खेल राम्रो हुँदै जाँदा आधा प्यारापिट भरिनेगरि दर्शक आउने उनको अनुमान छ।

प्रकाशित: Jan 16, 2021| 04:05 शनिबार, माघ ३, २०७७
nepali patronepali patro
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।
चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।
जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।
बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।