शनिबार, असार ७, २०८२

धनगढीका युवासँग मंसिर २२ गते विवाह गर्दै अभिनेत्री श्वेता खड्का 

धनगढीका युवा विजयन्द्र सिहं रावतसँग अभिनेत्री श्वेता खड्का विवाहबन्धनमा बाँधिने भएकी छन्।
 |  बिहीबार, मंसिर १८, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, मंसिर १८, २०७७

काठमाडौं- कैलालीकाे धनगढीका युवा विजयन्द्र सिहं रावतसँग अभिनेत्री श्वेता खड्का विवाहबन्धनमा बाँधिने भएकी छन्।

सार्वजनिक भएको विवाह कार्डका अनुसार गोकर्ण फरेस्ट रिसोर्टमा उनले मंसिर २२ गते रावतसँग विवाह गर्ने भएकी हुन् । उनीहरू दुबै केही समयदेखि प्रेममा थिए।

विवाहमा दुई परिवार निकट सदस्यकोमात्र उपस्थिति हुने छ। 

यसअघि मंसिर ५ गते उनको विवाह हुन लागेको खबर सार्वजनिक भएको थियो जसलाई उनले आफ्नो तत्कालै विवाह गर्ने योजना नरहेको बताउँदै खण्डन गरेकी थिइन्।

स्वेताको यो दोस्रो विवाह हो । यअसघि २०७१ साल असार २३ गते अभिनेता श्रीकृष्ण श्रेष्ठसँग उनको पहिलो विवाह भएको थियो । विवाह भएको  एक महिनापछि नै श्रीकृष्णको २०७१ साउन २५ मा मृत्यु भएको थियो । 

त्यसपछि ६ वर्ष एक्लै बिताएकी स्वेताले मंसिर २२ गते दोस्रो विवाह गर्न लागेकी हुन् । 'कहाँ भेटिएलाु सिनेमाबाट नेपाली रजतपटमा उदाएकी स्वताले कोहिनुर, कान्छीलगायतका फिल्म खेलेकी छिन् । 

प्रकाशित: Dec 03, 2020| 02:05 बिहीबार, मंसिर १८, २०७७
प्रतिक्रिया दिनुहोस्