शनिबार, असार ७, २०८२

विनय कार्कीको स्वरमा ‘मायालु’ (भिडियो)

विनय कार्कीको स्वरमा ‘मायालु’ गीत सार्वजनिक भएको छ। पप फ्लेबरको सेन्टिमेन्टल गीत मायालु युट्युबमार्फत् सार्वजनिक गरिएको हो।
 |  सोमबार, कात्तिक १७, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, कात्तिक १७, २०७७

काठमाडौं- विनय कार्कीको स्वरमा ‘मायालु’ गीत सार्वजनिक भएको छ। पप फ्लेबरको सेन्टिमेन्टल गीत मायालु युट्युबमार्फत् सार्वजनिक गरिएको हो।

बुढासुब्बा डिजिटलको युट्युब च्यानल मार्फत सोमबार सार्वजनिक गरिएको गीतमा रोबिन खड्काको शब्द र संगीत छ। गीतको एरेन्ज रिशन मानन्धरले गरेका हुन्।

यस्तै गीतको म्युजिक भिडियोमा रुप पोखरेल, आहना सिलवाल र मनता सुन्दास नेपालीको अभिनय रहेको छ भने अस्मित पोखरेलको परिकल्पना र निर्देशन छ।

सन्तोष तिमल्सिनाले छायांकन गरेको भिडियोको सम्पादन विनोद बमले गरेका हुन्। म्युजिक भिडियो बीबीसी फिल्म्सले उत्पादन गरेको हो।

 

प्रकाशित: Nov 02, 2020| 10:40 सोमबार, कात्तिक १७, २०७७
प्रतिक्रिया दिनुहोस्