शनिबार, असार ७, २०८२

विहे गर्दै अभिनेत्री काजल अग्रवाल

बलिउड अभिनेत्री काजल अग्रवाल विवाह बन्धनमा बाँधिने भएकी छिन्। उनी यही अक्टोबर ३० मा व्यवसायी गौतम किच्लूसँग विवाह बन्धनमा बाँधिने भएकी हुन्।
 |  बुधबार, असोज २१, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, असोज २१, २०७७

काठमाडौं- बलिउड अभिनेत्री काजल अग्रवाल विवाह बन्धनमा बाँधिने भएकी छिन्। उनी यही अक्टोबर ३० मा व्यवसायी गौतम किच्लूसँग विवाह बन्धनमा बाँधिने भएकी हुन्।

विवाहबारे चर्चा सुरु भएपछि मंगलबार सामाजिक सञ्जालमा काजलले आफ्नो विवाहबारे बताएकी हुन्। उनले लेखेकी छन्, ‘यो कुरा बताउँदा एकदमै खुसी लागिरहेको छ कि म गौतम किच्लूसँग अक्टोबर ३०, २०२० मा विवाह गर्दैछु।’

कोरोना महामारीका कारण परिवारका थोरै सदस्यहरुमात्र सहभागी भएर मुम्बईमा विवाह गर्ने उनले बताएकी छन्।

उनले सामाजिक सञ्जालमा थप लेखेकी छन्, ‘कोरोनाले हाम्रो खुसीलाई केही धिमा अवश्य नै बनाएको छ तर पनि नयाँ जिन्दगीको सुरुवात हुँदैछ। यो खबरले सबैलाई खुसी दिनेछ।’

उनले आफ्ना फ्यानहरुले दिएको मायाका लागि धन्यवादसमेत व्यक्त गरेकी छन् र आफ्नो फिल्मी यात्रालाई अविश्वसनीय भएको बताएकी छन्।

काजल अग्रवालले थुप्रै दक्षिण भारतीय तामिल, तेलुगू र मलायालम सिनेमामा अभिनय गरेकी छन्। उनले केही बलिउड फिल्ममा पनि अभिनय गरिन्। जसमा सिंघम चर्चित फिल्म रह्यो।

त्यस्तै उनका दक्षिण भारतीय सिनेमामा मगाधिरा, कावाचम, थुप्पाकी, जिल्ला, टेम्पर, मिस्टर पर्फेक्ट, मारी, मेर्सललगायतका फिल्म चर्चाको शिखरमा पुगे। अग्रवाल दक्षिण भारतकी फाइन र महँगो अभिनेत्रीका रुपमा समेत चिनिन्छन्।

काजलसँग विवाह गर्न लागेका किच्लू मुम्बईका व्यवसायी हुन्। उनी रहनसहन (डिसर्न लिभिङ) र इन्टेरियर डिजाइन ई–कमर्सका फाउन्डरसमेत हुन्।

कम्पनीका अनुसार डिसर्न लिभिङले घरको सजावटका सरल उपायहरु सिकाउने र सहयोग गर्ने गर्दछ।

काजग अग्रवाल कोरोना महामरीबीच विवाह गर्ने समूहमा सम्मिलित भएकी छन्। यसअघि राना दग्गुबाती, निखिल सिद्धार्थ र नितिनले वर्षको सुरुमा कोरोना प्रोटोकल अपनाएर विवाह गरेका थिए।

अभिनेत्री अग्रवाल दक्षिण भारतीय अभिनेत्री भए पनि नेपाली दर्शकहरुमा लोकप्रिय मानिन्छिन्।
 

प्रकाशित: Oct 07, 2020| 08:30 बुधबार, असोज २१, २०७७
प्रतिक्रिया दिनुहोस्