बिहीबार, वैशाख १८, २०८२

विरासतमा फर्किने प्रयासमा म्यानचेस्टर युनाइटेड

भर्खरै सकिएको इङ्लिस प्रिमियर लिग (ईपीएल) मा लामो समयसम्म संघर्ष गरेपछि अन्ततः म्यानचेस्टर युनाइटेड अंकतालिकाको तेस्रो स्थानमा रहन सफल बन्यो।
 |  बुधबार, साउन २१, २०७७

विनय सापकोटा

विनय सापकोटा

बुधबार, साउन २१, २०७७

एजेन्सी- भर्खरै सकिएको इङ्लिस प्रिमियर लिग (ईपीएल) मा लामो समयसम्म संघर्ष गरेपछि अन्ततः म्यानचेस्टर युनाइटेड अंकतालिकाको तेस्रो स्थानमा रहन सफल बन्यो।

लिगकै बीच केही समय सातौँ–आठौँ स्थानमा समेत रह्यो। तर कोराना महामारीपछिका खेल सुधार गरेपछि उसले लिगको तेस्रो स्थान कब्जा गर्न सफल बनेको हो।

त्यसका लागि युनाइटेडले अन्तिम खेलसम्म संघर्ष गर्नुपर्यो। ईपीएल इतिहासमै गर्बिलो कथा बोकेको क्लबलाई सायद यो संघर्षको पीडाबोध नभएको हुँदो हो त उसले खस्किएको आर्थिक अवस्थामा पनि राम्रा खेलाडी खोज्ने थिएन होला। फरवार्ड जाडन साञ्जेप्रतिको युनाइटेडको लगाव तेजिलो बन्दै गएपछि यो कुरा प्रष्ट देखिएको छ।

किनभने इतिहास देखेर क्लबको समर्थक बनेका फ्यानको प्रेमको बदलामा युनाइटेडले सात वर्षबाट लिगको उपाधि उत्सव मनाउने अवसर सिर्जना गर्न सकेको छैन। उसो त पछिल्लो समय क्लबले एकेडेमीकै खेलाडी मैदानमा उतारिरहेको छ। प्रशिक्षक ओले गुनर सोल्क्जरले यिनै खेलाडीबाट आगामी दिनमा उपाधिको आशासमेत गरेका छन्।

एकेडेमीकै खेलाडी र बाहिरबाट ठूलो मूल्यमा किनेका खेलाडीको तालमेल मिलाउन भने प्रशिक्षक सोल्क्जरलाई ठूलै सकस छ। सकसकै बीच उनीसामू एउटा प्रश्न जिवित छ – ‘पछिल्ला २९ वर्षमा १३ पटक उपाधि जितेको रेड डबिल गएको सात वर्षमा यति कमजोर कसरी ?’ समर्थकको यही भावना बुझेको क्लबले आउँसो सेम्टेम्बरबाट सुरु हुने प्रतियोगितामा उपाधि जित्नु समर्थकका लागि न्याय हुने ठान्छ।

Metro Mart
worldlink

यता, क्लबका पदाधिकारी भने प्रिमियर लिगको नयाँ नाम राख्दाको साल सम्झँदा हुन– सन् १९९२/९३। जतिबेला सर एलेक्स फग्र्युसनले युनाइटेडलाई नयाँ लिगको पहिलो विजेता बनाए। त्यस्तै, सन् २००१ मा लिगको नाम परिवर्तन भयो, लिग म्यान्चेस्टरले नै जित्यो। त्यसबेला लिगको नाम बार्कल्यकार्ड प्रिमियरसिप राखिएको थियो।

सन् २००७ मा लिगको नाम बाक्ल्र्यस प्रिमियर लिग राखियो – सिजनको विजेता युनाइटेड नै। यसरी युनाइटेड हरेक परिवर्तनको शाक्षी बन्दै आइरहेको छ। यी सबै साक्षीका अर्का पात्र फर्गुसन पनि हुन्।

उनले युनाइटेडको दुई दशक स्वर्णिम दशक सावित गरे। क्लबलाई १२ पटक विजेता बनाउँदै सन् २०१३ मा बाहिरिए। त्यसपछि त म्यान्चेस्टर युनाइटेडले लिग जित्नै सकेन। उसको गति नै धिमा बन्यो।

ऊ पछिल्ला सात वर्षमा क्रमशः सातौँ, चौथो, पाँचौँ, छैटौँ, दोस्रो, छैटौँ र तेस्रो स्थानमा रह्यो। शीर्ष सातभन्दा बाहिर नगएको क्लब सात वर्षमा अंकतालिकाको शीर्ष स्थानबाहेक सबै स्थानमा रह्यो।

त्यसैले, अब उसको दृष्टि प्रिमियर लिग अंकतालिकाको शीर्ष स्थानमा छ।

भनिन्छ, प्रिमियर लिग स्टार क्लबहरुको हेविवेट लिग पनि हो। जहाँ धेरै क्लब उपाधि दाबेदार छन्। शीर्ष १० मा अटाउने कुनै पनि क्लबले आगामी सिजन लिग उपाधि उचाल्न सक्नेछ। यो लिगको विविधता पनि हो।

अझ रमाइलो कुरा त २० क्लबले खेल्ने प्रिमियर लिगमा ४५ भन्दा धेरै क्लबले प्रतिस्पर्धा गरिसकेका छन्। त्यसैले पनि लिगका सबै क्लबमा प्रतिस्पर्धाको भावना धेरै छ।

सबैबीच म्यानचेस्टर युनाइटेडको स्थान भने अरु क्लबहरुले लिन सकेका छैन। आजसम्म रेलिगेसनमा नपरेका आसर्नल, चेल्सी, एभर्टन, लिभरपुल र टोटेनहमको दाँजो म्यान्चेस्टर युनाइटेड अब्बल छ भन्न कुनै मानिसले हिचकिचाउनु पर्दैन।

तर, समय घर्किँदै जाँदा ‘विगतले बोकेको क्लबको बिरासत अब कसरी यथावत् राख्न सकिएल ?’ युनाइटेडमाथि भएको यही प्रश्नका कारण उसले अन्य क्लबका स्टार खेलाडी अनुबन्ध गरेर आफू फेरि लिगमा जम्न चहान्छ।

जसकारण यही सिजनबीच पोर्चुगिज मिडफिल्डर ब्रुनो फार्नान्डेसलाई क्लबमा ल्यायो। आफ्नो स्क्वाडलाई बलियो देखाउन फ्रेन्च विश्वविजेता पाउल पोग्बा बेच्न नचाहने क्लबले एकेडेमीको मेसन ग्रिनबुडलाई फरवार्डमा प्रयोग गरिरहेको छ।

प्रशिक्षक सोल्क्जरले दुई वर्षमा धेरै प्रयोग गरे। ६ जना एकेडेमी ग्रेजुएटलाई युरोपा लिगमा उतारे। रिजल्ट नकारात्मक देखिएन। नकआउटमा नजिता राम्रो आयो।

त्यस्तै क्लबकै दोस्रो टोलीबाट सिनियर टिममा बोलाइएका मार्कस रासफोर्ड (२२ वर्ष) गएको सिजनमा १७ गोल गर्दै युनाइटेडका भरोसा बने। समान उमेरका डेनियल जेम्स गत वर्ष मात्र युनाइटेड प्रवेश गरेका कम उमेरका खेलाडी हुन्।

क्लबले फरवार्डमा ग्रिनबुडदेखि मिडफिल्डरमा फर्नान्डेस हुँदै डिफेन्समा ब्रान्डन विलिसम्मस (१९ वर्ष) सम्म नयाँ प्रयोग गरेका छन्। विलियम्स पनि युनाइटेडकै एकेडेमीका विद्यार्थी हुन्।

धेरै एकेडेमीकै खेलाडी भएका कारण युनाइटेडको स्क्वाडमा युवा खेलाडीकै वर्चस्व छ। १८ वर्षे टाडेन मेन्गी पहिलो टिममा २ महिनाबाट प्रशिक्षण गरिरहेका छन्। त्यस्तै डल्यान लेविट, इथन गाल्ब्रेथ पनि सोल्क्जरको परीक्षणमा रहे।

प्रशिक्षक सोल्क्जरले धेरै युवा खेलाडी युरोपा लिगका लागि हकदार रहेको बताएका छन्। यति भन्दाभन्दै उनी आफैँ दोस्रो फग्र्युसन बन्ने ध्येयमा रहेको भुल्दैनन्। उनको यो ध्येय अझै बलियो बन्दै गएको छ। २० वर्षे फरवार्ड जाडन साञ्जेप्रति सोल्क्जरको मोह यसकै उपजमा मान्न सकिन्छ।

उनी अहिले साञ्जको अनुबन्धनको धेरै नजिक पुगिसकेका छन्। जर्मन क्लब बोरुसिया डर्टमुन्डबाट बुन्डेसलिगा खेलिरहेका साञ्जेले पनि स्वदेश फर्कने इच्छा देखाइरहेका छन्।

यदि युनाइटेडले साञ्जे भित्र्याउन सके प्रशिक्षक सोल्क्लजर आउँदो सिजनमा राम्रा प्रतियोगिताको उपाधि जित्न सकिने बताउँदै आएका छन्। जे होस् सात वर्ष भयो म्यान्चेस्टर युनाइटेडले अर्को फग्र्युसन भेट्न सकेको छैन।

म्यानचेस्टर युनाइटेडले आज बेलुका युरोपा लिगमा अष्ट्रियन क्लब लास्कसँग प्रतिस्पर्धा गर्दैछ।

(यो सामाग्री बीबीसी स्पोर्टस्, विकिपिडिया, प्रिमियर लिग डट कम र विभिन्न साइटमा प्रकाशित युनाइटेडका खबरका आधारमा तयार गरिएको हो।)

प्रकाशित: Aug 05, 2020| 17:05 बुधबार, साउन २१, २०७७
nepali patronepali patro
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।
चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।
जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।
बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।