बिहीबार, असार ५, २०८२

जन्मदिनमा भारतीय पूर्वकप्तान धोनीलाई बधाईको ओइरो

एजेन्सी– भारतीय क्रिकेटका सर्वाधिक सफल कप्तानका रुपमा चिनिएका महेन्द्रसिंह धोनी आज (जुलाई ७) बाट ३९ वर्षमा प्रवेश गरेका छन्।
 |  मंगलबार, असार २३, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, असार २३, २०७७

एजेन्सी– भारतीय क्रिकेटका सर्वाधिक सफल कप्तानका रुपमा चिनिएका महेन्द्रसिंह धोनी आज (जुलाई ७) बाट ३९ वर्षमा प्रवेश गरेका छन्।

उनलाई जन्मदिनको उपलक्ष्यमा श्रीमती साक्षीका साथै भारतीय साथै अन्तर्राष्ट्रिय क्रिकेटर र क्रिकेट समर्थकले बधाई दिएका छन्।

धोनीकी श्रीमती साक्षीले उनलाई बधाई दिँदै ट्वीटरमा लेखेकी छिन्, ‘जीवनको अर्को एक साल बढेको छ। यसका साथ तपाईं केही स्विट र स्मार्ट पनि हुनुभएको छ। तपाईं यस्तो व्यक्ति हुनुहुन्छ जो कुनै विशेष कुरा वा गिफ्टबाट सजिलै प्रभावित बन्नुहुन्न। आउनुस्, तपाईंको जीवनको नयाँ सालको खुसी मनाऔँ।’

त्यस्तै इन्डियन प्रिमियर लिग (आईपीएल)मा धोनीको कप्तानीमा रहेको टिम चेन्नई सुपर किंग्सका खेलाडी ड्वेन ब्रोवोले धोनीका नाममा गीत सेयर गरेका छन्। ‘हेलिकप्टर–७’ नाम दिइएको उक्त गीत आज रिलिज गरिएको हो। यो गीतमा ब्रोवोले धोनीको क्रिकेट यात्राबारे बताएका छन्। धोनी रेलवेमा टिकट चेकर भएको बारेमा पनि गीतमा भनिएको छ।

चेन्नई सुपर किंग्सले यो गीत सामाजिक सञ्जालमा सेयर गर्दै लेखेको छ, ‘हेलिकप्टर–७’ ले उडान भरेको छ। ह्याप्पी वर्थडे एमएस धोनी।’
धोनीलाई कप्तान विराट कोहलीले पनि जन्मदिनको शुभकामना दिएका छन्। विराट ट्वीटरमा लेख्छन्, ‘ह्याप्पी वर्थडे माही भाइ। सुस्वास्थ्यको कामना, सधैभरी खुसीको कामना !’

त्यस्तै ओपनर ब्याट्सम्यान रोहित शर्माले पनि धोनीलाई जन्मदिनको शुभकामना दिए। प्रशिक्षक रवि शास्त्रीले पनि धोनीलाई जन्मदिनको शुभकामना दिँदै लेखेका छन्, ‘जन्मदिनको शुभकामना योङ स्टार। तिमी एक पूर्ण खेलाडी हौ।’

त्यस्तै अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसीं)ले पनि धोनीलाई जन्मदिनको शुभकामना दिएको छ। उसले ट्वीटरमा लेखेको छ, ‘लाग्दैन कि उनीजस्तै राम्रा क्रिकेटर कोही छन्।’ आईसीसीले उनको एक भिडियो राख्दै जन्मदिनको शुभकामना दिएको हो। भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई)ले पनि पूर्वकप्तानलाई बधाई दिएको छ।

प्रकाशित: Jul 07, 2020| 16:09 मंगलबार, असार २३, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।
चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।
जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।
बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।