शनिबार, जेठ ४, २०८२

कोपा इटालिया : फाइनलमा नेपोलीले युभेन्ट्सको सामना गर्ने

कोपा इटालियाको फाइनल खेलमा साविक लिग विजेता युभेन्ट्सको सामना नेपोलीले गर्ने भएको छ। शनिबार राति सम्पन्न कोपा इटालियाको सेमीफाइनल खेलमा इन्टर मिलानसँग १–१को बराबरी खेल्दै नेपोली फाइनलमा पुगेको हो।
 |  आइतबार, जेठ ३२, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, जेठ ३२, २०७७

कोपा इटालियाको फाइनल खेलमा साविक लिग विजेता युभेन्ट्सको सामना नेपोलीले गर्ने भएको छ। शनिबार राति सम्पन्न कोपा इटालियाको सेमीफाइनल खेलमा इन्टर मिलानसँग १–१को बराबरी खेल्दै नेपोली फाइनलमा पुगेको हो।

दोस्रो लिगको खेलमा बराबरी भए पनि ४ महिना अघिको पहिलो लेगको खेलको जितका आधारमा नेपोलीले फाइनलको यात्रा तय गरेको हो। पहिलो लेगको खेलमा नेपोलीले मिलानलाई १–०को गोलअन्तरले हराएको थियोे।

त्यसैले समग्रमा २–१को जितका साथ नेपोली फाइनलमा पुगेको हो। आगामी जुन १७ मा हुने कोपा इटालियाको फाइनलमा नेपोलीले १३ पटकको विजेतासँग उपाधिका लागि संघर्ष गर्ने छ।

एजेन्सी

प्रकाशित: Jun 14, 2020| 09:56 आइतबार, जेठ ३२, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।
चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।
जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।
बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।