बुधबार, वैशाख १७, २०८२

‘जंगलको बाटो फर्कने धेरै छन्’

'मुख्यमन्त्रीसँग संवाद' को पाँचौं शृंखलामा मुख्यमन्त्री त्रिलोचन भट्टसँग नेपाल समयका मस्त केसीले गरेको टेलिफोन वार्ता :
 |  सोमबार, चैत २४, २०७६

नेपाल समय

नेपाल समय

सोमबार, चैत २४, २०७६

भारतबाट फर्किंदै गरेका नेपाली महाकालीपारि बिचल्लीमा परेका छन्। सुदूरपश्चिचमबाटै नेपाल कोरोना भाइरस संक्रमणकाे दोस्रो चरणमा प्रवेश गरेको छ। यी दुई खबरले केही दिनदेखि सुदूरपश्चिम प्रदेश चर्चामा छ। यसअघि काठमाडौं उपत्यकाबाहिरको पहिलो संक्रमण धनगढीमै देखिएको थियाे।

स्वास्थ्य सेवाका दृष्टिले पनि सुदूरपश्चिम कमजोर छ। यिनै सेरोफेरोमा मुख्यमन्त्रीसँग संवादको पाँचौं शृंखलामा सुदूरपश्चिचम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टसँग नेपाल समयका लागि मस्त केसीले गरेको टेलिफोन वार्ता :

सुदूरपश्चिममा भर्खरै आन्तरिक ‘केस’ देखिएको छ। कोभिड–१९ को जोखिम कम गर्न प्रदेश सरकारले के गर्दै छ?

हामी गम्भीर छौं। हिजो मात्रै क्वारेन्टाइनमा बस्नुपर्ने अवधि बढाएर २१ दिन पुर्‍याएका छौं। यसअघि १४ दिन थियो। विपत् कोष खडा गरेर ४० करोड रुपैयाँ जम्मा गरेका छौं। परीक्षणलाई तीव्रता दिएका छौं।

सिमानामा आफ्ना नागरिक रोइरहेका छन्, त्यही भीडमा रहेर नेपाल फर्केका एक जनामा कोभिड–१९ पुष्टि भइसकेको छ। उनीहरूलाई वारि ल्याएर क्वारेन्टाइनमा राख्न केले रोक्योे?

Metro Mart
worldlink

यसमा मेरो भन्नु केही छैन। यो संघको क्षेत्राधिकारमा पर्ने विषय हाे।

आफ्ना नागरिकको दर्दनाक अवस्था छ, सीमामा रोकिएका नागरिकलाई प्रवेश दिने अधिकार प्रदेशको नभए पनि पहल त गर्न सकिन्छ नि ?

दुई देशबीचको कुरा भएकाले प्रदेशले केही गर्न सक्दैन। अवस्थाबारे संघलाई जानकारी गराइएको छ। सीमापारि रहेका दाजुभाइले पनि हाम्रो बाध्यता बुझिदिनुपर्‍यो।

एकातिर जंगल र नदी पार गर्दै आएकाहरू समुदायमा पुगिसकेका छन्, अर्कोतिर औपचारिक बाटो भएर आउनेलाई प्रवेश दिइएको छैन। यसले जोखिम थप बढाउँदैन?

धेरैमा विदेशबाट आएकालाई प्रहरीले लैजान्छ भन्ने भ्रम छ। त्यसैले घरमै लुक्ने, जंगलको बाटो भएर घर फर्किने थुप्रै छन्। स्रोतसाधनले भ्याएसम्म खोजी गरेर क्वारेन्टाइनमा राखिरहेका छौं। सुरक्षा निकायको भूमिका प्रशंसनीय छ।

अस्पतालहरू कति सक्षम छन्? स्वास्थ्यकर्मीको परिचालन र उनीहरूका लागि सुरक्षा सामग्रीको अवस्था के छ?

धनगढीस्थित सेती प्रादेशिक अस्पताललाई 'कोरोना विशेष अस्पताल' घोषणा गरेर काम भइरहेको छ। महाकाली प्रादेशिक अस्पताल, सबै जिल्ला अस्पताल र स्वास्थ्य कार्यालयलाई कोरोनाको उपचार व्यवस्थापनका लागि थप बजेटको व्यवस्था गरिएको छ। र्‍यापिड टेस्ट सुरु गर्ने तयारी छ। केन्द्रले स्वयंसेवक खटाउने निर्णय गरेको छ, यसले थप सहजता ल्याउँछ।

संघीय र स्थानीय सरकारसँगको समन्वय कस्तो छ?

सबै राम्रो छ। निरन्तर छलफल र काम भइरहेको छ।

अत्यावश्यक वस्तुको आपूर्ति र वितरणको अवस्था कस्तो छ?

आपूर्तिको अभाव छैन।

सामान्य अवस्थामा त सुदूरपश्चिमका पहाडी जिल्लामा अभाव हुन्थ्यो। अहिले सहज होला र!

खाद्यान्न पर्याप्त छ। नुन, चिनी अझै तीन महिनाका लागि पुग्छ।

निम्नवर्गीय परिवारका लागि केही सोच्नुभएको छ?

स्थानीय सरकारले वितरण गरिरहेका छन्। प्रदेश सरकारको पनि राहत प्याकेज ल्याउने तयारी छ।

प्रदेशवासी आमनागरिकलाई के आग्रह गर्नुहुन्छ?

लकडाउन र स्वास्थ्यकर्मीको सल्लाह पूर्णरुपमा पालना गरिदिनुस्।

के भन्छन् अन्य प्रदेशका मुख्यमन्त्री

‘नआत्तिनुहोस्, हामी जतिबेला पनि सहयोग गर्न तयार छौं’ (लालबाबु राउत, मुख्यमन्त्री, प्रदेश नम्बर २)

‘आवश्यक परे राज्यले जुनकुनै बेला निजी अस्पताल प्रयोग गर्न सक्छ’ (शेरधन राई, मुख्यमन्त्री, प्रदेश–१)

‘तपाईंहरू घरमै बसिदिनुस्, बाहिर हामी छौं’ (पृथ्वीसुब्बा गुरूङ, मुख्यमन्त्री, गण्डकी प्रदेश)

'विदेशबाट आउनेहरू कृपया हाम्रो सम्पर्कमा आइदिनुस्' (महेन्द्रबहादुर शाही, मुख्यमन्त्री, कर्णाली प्रदेश)

प्रकाशित: Apr 06, 2020| 11:30 सोमबार, चैत २४, २०७६
nepali patronepali patro
प्रतिक्रिया दिनुहोस्

थप समाचार

मुटुरोगीको संख्या अस्वाभाविक रुपमा बढेको छ, जीवनशैली सुधारौं : डा‍‍. अवनिभूषण उपाध्याय [अन्तर्वार्ता]

मुटुरोगीको संख्या अस्वाभाविक रुपमा बढेको छ, जीवनशैली सुधारौं : डा‍‍. अवनिभूषण उपाध्याय [अन्तर्वार्ता]

नेपालमा २०३५ सालसम्म मुटु रोगको समस्या थिएन। नेपालीको जीवनशैली निकै राम्रो थियो । तर, अहिले खासगरी खानपिन र व्यायाम गर्ने परिपाटीमा धेरै परिवर्तन भएको छ।
सरकार बनाउने-ढाल्ने खेलले केन्द्रदेखि प्रदेशसम्मै विकास ओझेलमा परेको छ: पूर्वमुख्यमन्त्री शाही [अन्तर्वार्ता]

सरकार बनाउने-ढाल्ने खेलले केन्द्रदेखि प्रदेशसम्मै विकास ओझेलमा परेको छ: पूर्वमुख्यमन्त्री शाही [अन्तर्वार्ता]

तीन तहका सरकारबीच उचित समन्वय नहुँदा सेवा प्रवाहमा अन्योल देखिएको छ। गाउँगाउँमा सिंहदरबार पुगेको व्याख्या हुँदै आए पनि सिंहदरबारको समस्या प्रदेश र स्थानीय तहमा पनि...
शीतलनिवासबाट सबैले शीतलताको छहारी पाउने ग्यारेन्टी दिन्छु

शीतलनिवासबाट सबैले शीतलताको छहारी पाउने ग्यारेन्टी दिन्छु

‘समयअनुरुप चुनौती बदलिँदै र जटिल बन्दै गएका छन्। अहिलेको प्रणाली र संविधानमाथि विभिन्न कोणबाट देखिएका चुनौती अनि विचलनको अवस्थाप्रति सजग रही प्रभावकारी ढंगबाट काम गर्न...
राष्ट्रपति भएँ भने म सडकमा निस्किँदा जनताले जाम भोग्नु पर्दैन: सुवास नेम्वाङ [अन्तर्वार्ता]

राष्ट्रपति भएँ भने म सडकमा निस्किँदा जनताले जाम भोग्नु पर्दैन: सुवास नेम्वाङ [अन्तर्वार्ता]

नेकपा एमालेका तर्फबाट मुलुकको नयाँ राष्ट्रपतिका उम्मेदवार बनेका सुवासचन्द्र नेम्वाङले राजनीतिक अस्थिरताका कारण उकुसमुकुसमा रहेका जनताले राष्ट्रपति शीतलनिवासबाट बाहिर निस्कँदा सहजता महसुस गर्ने वातावरण बनाउन...
राष्ट्रिय राजनीतिमा हुने परिवर्तनले मलाई विश्वासको मत लिन सहज हुन्छ: कमलबहादुर शाह [अन्तर्वार्ता]

राष्ट्रिय राजनीतिमा हुने परिवर्तनले मलाई विश्वासको मत लिन सहज हुन्छ: कमलबहादुर शाह [अन्तर्वार्ता]

सबैको चाहना निर्वाचनमा जाँदाकै गठबन्धन अगाडि बढ्नुपर्छ भन्ने छ। पाँच वर्ष सोही गठबन्धनले काम गर्नुपर्छ भन्ने उहाँहरूको चाहना भएकाले छिटोभन्दा छिटो पुरानै गठबन्धनले निरन्तरता पाउने...