बुधबार, वैशाख १७, २०८२
  • गृहपृष्ठ
  • समाज
  • दामनको रिसोर्टमा बेहोस भेटिएका आठैजना भारतीयको मृत्यु

दामनको रिसोर्टमा बेहोस भेटिएका आठैजना भारतीयको मृत्यु

सोमबार दिउँसो पोखराबाट दामन पुगेका थिए। उनीहरु आठै जना एउटै कोठमा सुतेकाले निस्सासिएर बेहोस भएको हुनसक्ने प्रहरीको आशंका छ।
 |  मंगलबार, माघ ७, २०७६

नेपाल समय

नेपाल समय

मंगलबार, माघ ७, २०७६

काठमाडौं– मकवानपुरको दामनस्थित एभरेष्ट पानारोमा रिसोर्टमा बेहोस भेटिएका आठैजनाकाे मृत्यु भएको छ। राति अबेर सुतेका उनीहरु बिहान बेहोस अवस्थामा भेटिएका थिए।

मकवानपुर प्रहरी प्रमुख एसपी सुशीलसि‌ह राठाैरका अनुसार उनीहरुकाे सनाखत भने भइसकेकाे छैन। प्रहरी घटनास्थल पुग्ने क्रममा रहेको उनले जानकारी दिए।

सबैलाई हेलिकोप्टरबाट उद्धार गरेर काठमाडौंको ह्याम्स अस्पतालमा ल्याइएको थियाे। काठमाडौं पठाउँदासम्म सबैजना बेहोस अवस्थामै रहेको इलाका प्रहरी कार्यालय पालुङका इन्चार्ज इन्स्पेक्टर विकास तामाङले नेपाल समयलाई जानकारी दिए।

उनका अनुसार उनीहरु सोमबार दिउँसो पोखराबाट दामन पुगेका थिए। उनीहरु आठै जना एउटै कोठमा सुतेकाले निस्सासिएर बेहोस भएको हुनसक्ने प्रहरीको आशंका छ।

भारतको केरलबाट १५ जनाको समूहमा नेपाल घुम्न आएका पर्यटकमध्ये एउटै कोठामा हिटर बालेर सुतेका ८ जना बेहोस भएका हुन्।

Metro Mart
worldlink

मृत्यु हुनेमा दुई पुरुष, दुई महिला र चार बालिबालिका रहेका छन्। दुईजना बस्नुपर्ने कोठामा ८ जना बसेकोले अक्सिजन नपुगेर उनीहरु बेहोस भएको हुनसक्ने जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

यसैबीच, आफ्ना ८ जना नागरिकको मृत्यु भएपछि भारतीय दूतावासले चासो व्यक्त गरेको छ । काठमाडौंस्थित भारतीय दूतावनसले घटनाको निष्पक्ष छानबिन गर्न नेपाल प्रहरीसँग अनुरोध गरेको छ।

प्रकाशित: Jan 21, 2020| 12:14 मंगलबार, माघ ७, २०७६
nepali patronepali patro
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।