बुधबार, वैशाख १७, २०८२

‘नआत्तिनुहोस्, हामी जतिबेला पनि सहयोग गर्न तयार छौं’

निजी अस्पतालले उपचार गर्दिन भन्न पाउँदै पाउँदैनन्। उपचार गर्न मानेनन् भने उनीहरूलाई कारबाही गर्न सरकार तत्पर छ।
 |  बुधबार, चैत १९, २०७६

नेपाल समय

नेपाल समय

बुधबार, चैत १९, २०७६

कोरोना भाइरस (कोभिड–१९) को जोखिम कम गर्न मुलुकभर आगामी २५ गतेसम्मका लागि बन्दाबन्दी (लकडाउन) गरिएको छ।  कोभिड–१९ को संक्रमण फैलन नदिने विषयमा तीनै तहका सरकारले गरेका कामबाट आम नागरिक विश्वस्त हुन सकिरहेका छैनन्। कोरोना रोकथाम र नागरिकका अप्ठ्यारा सम्बोधन विषयमा प्रदेश सरकारहरुले के गरिरहेका छन् त? यस विषयमा हामीले प्रदेशका मुख्यमन्त्रीहरुसँग संवाद गरिरहेका छौं।

प्रस्तुत छ चौथो शृंखलाअन्तर्गत प्रदेश–२ का मुख्यमन्त्री लालबाबु राउतसँग नेपाल समयका लागि मस्त केसीले गरेको टेलिफोन वार्ताः

कोभिड–१९ को जोखिम कम गर्न प्रदेश–२ सरकारले के गरिरहेको छ?

तयारी र सतर्कता दुवै अपनाइएको छ। जनताको सुरक्षामा कुनै कमी हुन दिएका छैनौं। आठै जिल्लाका हरेक नगर र गाउँपालिकामा क्वारेन्टाइनको व्यवस्था गरिएको छ। स्थानीय सरकारहरु पनि सक्रिय छन्। सुरक्षा निकायसँग पनि नियमित सम्पर्कमा छौं।

कति क्षमताको क्वारेन्टाइन तयार छ?

Metro Mart
worldlink

विदेशबाट आउनेहरूलाई अनिवार्य क्वारेन्टाइनमा राखिएको छ। क्वारेन्टाइनमा कुल कति बेड छन् भन्ने एकीन तथ्यांक म कहाँ आइपुगेको छैन, तर पर्याप्त मात्रामा क्वारेन्टाइन बनाएका छौं। लकडाउनको अवधि थपिएपछि काठमाडौंबाट हिँडेर आउनेहरूलाई पनि क्वारेन्टाइनमा राखेका छौं। प्रदेश बाहिरबाट आउनेहरूलाई पनि क्वारेन्टाइनमा राखेका छौं।

भारतबाट आउनेहरुलाई क्वारेन्टाइनमा राख्ने, स्वास्थ्य परीक्षण (स्क्रिनिङ गर्ने) काम हुनसकेको देखिंदैन नि?

नाका बन्द गरिएको छ। सीमामा दुवै तर्फका सुरक्षाकर्मीको उपस्थिति छ। तर पनि कोही लुकेर भागेर आएको हुन सक्छ। त्यसको लागि स्थानीय सरकारलाई विवरण संकलन गर्ने जिम्मेवारी दिइएको छ। थाहा भएसम्मकालाई ल्याएर क्वारेन्टाइनमा राखेका छौं। क्वारेन्टाइमा राख्नुअघि र राखेपछि पनि नियमित स्वास्थ्य परीक्षण जारी छ।

तर, पनि आफ्ना नागरिकलाई सीमामै रोक्नुपर्ने बाध्यता आइलागेको छ। भारतीय सीमा क्षेत्रमा अड्केका नागरिकलाई ल्याउने विषयमा चाहिँ संघीय सरकारको भूमिका हुन्छ। हामीले केही गर्न सक्दैनौं। यो दुई देशबीचको समन्वयमा हुने कुरा हो।

क्वारेन्टाइनमा आधारभूत सुविधाबारे कति ध्यान पुर्‍याउनु भएको छ?

हामीलाई दिइएको मापदण्ड अनुसार नै बनाइएको छ। त्यसमा कुनै सम्झौता गरिएको छैन।


आइसोलेसन वार्ड र भेन्टिलेटर पनि पर्याप्त छन् त? अहिलेसम्म कतिजनाको स्वाब परीक्षण भयो?

आजसम्म कुल एक सय पुग्न आँट्यो। हिजो र आज पठाएकाको रिपोर्ट अझै आइपुगेको छैन, बाँकी सबैको नतिजा नेगेटिभ आएको छ।

प्रत्येक जिल्ला अस्पतालमा आइसोलेसन वार्डको व्यवस्था गरिएको छ। भेन्टिलेटर चाहिँ पर्याप्त छैन भन्ने जानकारी पाएको छु। त्यसको व्यवस्थाको लागि केन्द्र सरकारसँग कुरा भइरहेको छ।

स्वास्थ्यकर्मीलाई व्यक्तिगत सुरक्षा सामग्रीको व्यवस्था तथा निजी अस्पतालको प्रयोगबारे के भइरहेको छ?

केन्द्र सरकारले व्यक्तिगत सुरक्षा सामग्री (पीपीई) लगायतका केही अत्यावश्यक वस्तु हिजो (मंगलबार) मात्रै पठाएको छ। थप सामग्री आउँदैछ। आएका सामग्री वितरण गरिसकेका छौं। यसले स्वास्थ्यकर्मीलाई आत्मबल दिएको छ। त्रास हटेको छ। बीमा, भत्तालगायतको व्यवस्था पनि छ।

निजी अस्पतालले उपचार गर्दिन भन्न पाउँदै पाउँदैनन्। बिरामी हेर्दिन भन्ने छुट छैन। मैंले हिजो मात्रै सुरक्षा निकायसँग यो विषयमा छलफल गरेको थिएँ। उपचार गर्न मानेनन् भने उनीहरूलाई कारबाही गर्न सरकार तत्पर छ। संकटको घडीमा कसैबाट पनि असहयोग हुनु हुँदैन।

एकातिर लकडाउन पालन गराउनु जरुरी छ, अर्कोतिर नागरिकका दैनिक आवश्यकता पूर्तिमा पनि ध्यान दिनु पर्ने अवस्था छ। कसरी काम गरिरहनु भएको छ?

संकटको समयमा असहज त हुन्छ नै। तर, जनताको सुरक्षाको लागि सबैको सहयोगमा काम भइरहेको छ। आफ्नै सुरक्षाको लागि रहेछ भनेर नागरिकले पनि बुझिसकेका छन्। बिरामीका लागि एम्बुलेन्स तयारी अवस्थामा छन्। अस्पतालहरू २४ घण्टा खुला छन्। दैनिक आवश्यकता लागि अत्यावश्यक पसल खुला छन्।

संघीय र स्थानीय सरकारसँगको समन्वय कस्तो छ?

ढिलै भए पनि मेडिकल सामग्रीहरू आइपुगेको छ। तर, त्यतिले पुग्दैन। नियमित छलफल र सहकार्य भइरहेको छ। उपप्रधानमन्त्री र अन्य प्रदेशका मुख्यमन्त्रीसँग पनि नियमित संवादमा छौं। केही समय अगाडि भिडियो कन्फ्रेन्स बैठक पनि गरेका थियौं।

स्थानीय सरकारलाई थप बजेट वितरण गरिएको छ। गाउँपालिकामा १० लाख, नगरपालिकामा १५ लाख, उपमहानगरपालिकामा २० लाख र महानगरपालिकामा २५ लाखका दरले बजेट पनि पठाइसकेका छौं।

अत्यावश्यक वस्तुको आपूर्ति र वितरणको अवस्था कस्तो छ?

यसमा कुनै समस्या छैन। थप व्यवस्थापनमा लागेका छौं।

निम्न वर्गिय परिवारको लागि केही सोच्नुभएको छ?

निम्न वर्ग, श्रमिक र दैनिक ज्यालादारीलाई समस्या नहोस् भनेर वडालाई जिम्मा दिइएको छ। हामीलाईभन्दा बढी जानकारी पनि वडालाई हुन्छ। यो प्रदेशका कुनै पनि नागरिक भोकै छैनन्/हुँदैनन्। यसमा प्रदेश सरकार गम्भीर छ।

प्रदेशबासी आम नागरिकलाई के आग्रह गर्नुहुन्छ?

लकडाउन सबैले पालना गरिदिउँ। घरबाट ननिस्कौं। साबुन पानीले नियमित हात धोऔं। कोही पनि नआत्तिनुस्। जहाँ हुनुहुन्छ त्यही बसिदिनुस्। अप्ठ्यारो परे हामीलाई खबर गर्नुस्। उद्दारको लागि सरकार तयार छ। हामी जति सचेत र सर्तक हुन्छौं, यो कठिन स्थितिलाई त्यति छिटो जित्छौं।

यो पनि पढ्नुस्।

‘आवश्यक परे राज्यले जुनकुनै बेला निजी अस्पताल प्रयोग गर्न सक्छ’ (शेरधन राई, मुख्यमन्त्री, प्रदेश–१)

‘तपाईंहरू घरमै बसिदिनुस्, बाहिर हामी छौं’ (पृथ्वीसुब्बा गुरूङ, मुख्यमन्त्री, गण्डकी प्रदेश)

'विदेशबाट आउनेहरू कृपया हाम्रो सम्पर्कमा आइदिनुस्' (महेन्द्रबहादुर शाही, मुख्यमन्त्री, कर्णाली प्रदेश)

प्रकाशित: Apr 01, 2020| 18:05 बुधबार, चैत १९, २०७६
nepali patronepali patro
प्रतिक्रिया दिनुहोस्

थप समाचार

मुटुरोगीको संख्या अस्वाभाविक रुपमा बढेको छ, जीवनशैली सुधारौं : डा‍‍. अवनिभूषण उपाध्याय [अन्तर्वार्ता]

मुटुरोगीको संख्या अस्वाभाविक रुपमा बढेको छ, जीवनशैली सुधारौं : डा‍‍. अवनिभूषण उपाध्याय [अन्तर्वार्ता]

नेपालमा २०३५ सालसम्म मुटु रोगको समस्या थिएन। नेपालीको जीवनशैली निकै राम्रो थियो । तर, अहिले खासगरी खानपिन र व्यायाम गर्ने परिपाटीमा धेरै परिवर्तन भएको छ।
सरकार बनाउने-ढाल्ने खेलले केन्द्रदेखि प्रदेशसम्मै विकास ओझेलमा परेको छ: पूर्वमुख्यमन्त्री शाही [अन्तर्वार्ता]

सरकार बनाउने-ढाल्ने खेलले केन्द्रदेखि प्रदेशसम्मै विकास ओझेलमा परेको छ: पूर्वमुख्यमन्त्री शाही [अन्तर्वार्ता]

तीन तहका सरकारबीच उचित समन्वय नहुँदा सेवा प्रवाहमा अन्योल देखिएको छ। गाउँगाउँमा सिंहदरबार पुगेको व्याख्या हुँदै आए पनि सिंहदरबारको समस्या प्रदेश र स्थानीय तहमा पनि...
शीतलनिवासबाट सबैले शीतलताको छहारी पाउने ग्यारेन्टी दिन्छु

शीतलनिवासबाट सबैले शीतलताको छहारी पाउने ग्यारेन्टी दिन्छु

‘समयअनुरुप चुनौती बदलिँदै र जटिल बन्दै गएका छन्। अहिलेको प्रणाली र संविधानमाथि विभिन्न कोणबाट देखिएका चुनौती अनि विचलनको अवस्थाप्रति सजग रही प्रभावकारी ढंगबाट काम गर्न...
राष्ट्रपति भएँ भने म सडकमा निस्किँदा जनताले जाम भोग्नु पर्दैन: सुवास नेम्वाङ [अन्तर्वार्ता]

राष्ट्रपति भएँ भने म सडकमा निस्किँदा जनताले जाम भोग्नु पर्दैन: सुवास नेम्वाङ [अन्तर्वार्ता]

नेकपा एमालेका तर्फबाट मुलुकको नयाँ राष्ट्रपतिका उम्मेदवार बनेका सुवासचन्द्र नेम्वाङले राजनीतिक अस्थिरताका कारण उकुसमुकुसमा रहेका जनताले राष्ट्रपति शीतलनिवासबाट बाहिर निस्कँदा सहजता महसुस गर्ने वातावरण बनाउन...
राष्ट्रिय राजनीतिमा हुने परिवर्तनले मलाई विश्वासको मत लिन सहज हुन्छ: कमलबहादुर शाह [अन्तर्वार्ता]

राष्ट्रिय राजनीतिमा हुने परिवर्तनले मलाई विश्वासको मत लिन सहज हुन्छ: कमलबहादुर शाह [अन्तर्वार्ता]

सबैको चाहना निर्वाचनमा जाँदाकै गठबन्धन अगाडि बढ्नुपर्छ भन्ने छ। पाँच वर्ष सोही गठबन्धनले काम गर्नुपर्छ भन्ने उहाँहरूको चाहना भएकाले छिटोभन्दा छिटो पुरानै गठबन्धनले निरन्तरता पाउने...