बिहीबार, वैशाख १८, २०८२

खेल ठप्प भएपछि के गर्दैछन् क्रिकेटर ?

कोरोनाका कारण विश्वभरका दर्जनौं खेल स्थगित तथा रद्द भएका छन्। नेपाल पनि यसबाट अछूतो छैन।
 |  आइतबार, चैत ९, २०७६

विनय सापकोटा

विनय सापकोटा

आइतबार, चैत ९, २०७६

कोरोना भाइरसको जोखिमका कारण खेलकुदका सबै गतिविधि ठप्प छन्। खेलाडी पनि मैदान छोडेर घरमै छन्।

कोरोनाका कारण विश्वभरका दर्जनौं खेल स्थगित तथा रद्द भएका छन्। नेपाल पनि यसबाट अछूतो छैन । यही वर्ष जापानमा हुने तय भएको ‘जापान ओलम्पिक २०२०’ भने हालसम्म पनि सार्ने कुरा छैन। तर ओलम्पिक खेल्ने विश्वभरका खेलाडीले तालिम गर्न पाएका छैनन्।

नेपालमा अघिल्लो हप्ताबाटै खेलका सम्पूर्ण गतिविधि रोक्न राष्ट्रिय खेलकुद परिषदले निर्देशन दिएको थियो। त्यसअनुरुप सबै खेल गतिविधि रोकिएका छन्। युवा तथा खेककुद मन्त्रालयको सिफारिसमा राष्ट्रिय खेलकुद परिषद्ले पहिले फागुन २२ गते नै खेल रोक्नु भनेकाले ईपीएल, महिला फुटबल लिगका साथै मोफसलका खेलहरु रोकिएका थिए।

खेल नरोकिएका भए सबै खेलाडी खेलमा र खेलको तयारीमा हुने थिए। नेपाली क्रिकेटमा जिल्ला छनोट सकिएर प्रदेश छनोटको तयारी भइरहेको हुने थियो। आगामी अप्रिलको २०–२७ मा तय भएको लिग–२ को त्रिकाणात्मक सिरिजको लागि नेपाल तालिममा व्यस्त हुने थियो।

साथै महिला टोली पनि मे महिनामा हुने विश्वकप क्वालिफायर खेल्नुपर्ने भएकाले तालिममा हुने थियो। तर त्यसो हुन सकेन । खलाडीहरु घरमै बसेका छन्।

Metro Mart
worldlink

अहिले त खेलाडीहरु मैदानमा प्रतिस्पर्धीसँग जुध्नका लागि हाइन, कोरोना भाइरसको सम्भावित जोखिमबाट बच्न सजगता अपनाइरहेका छन्।

महिला क्रिकेट टिमकी कप्तान रुविना क्षेत्री झापास्थित आफ्नो घरमा छिन्। जिल्ला खेलाडी छनोटको तयारीमा लागेकी क्षेत्री कोरोनाको डर बढेपछि घरमै बसिरहेकी छन्। सरकारले खेल गतिविधि रोक्न भनेपछि क्यानले गर्ने प्रदेश छनोटका खेल रोकिएका छन्।

अनुकूल समय भएको भए उनी प्रदेश एकको छनोटमा व्यस्त हुने थिइन्। अहिले उनी घरमै ‘वर्कआउट’ गरिरहेकी छिन्।

‘म घरमै फिटनेसको कार्यमा छु। खेल नभए पनि खेलाडीले आफूलाई फिट त राख्नैपर्यो। मेरो जिमको सामान घरमै भएकाले बाहिर जानु पर्दैन। त्यसैले मैले फिटनेसलाई ध्यानमा राखेको छु,’ क्षेत्रीले टेलिफोनमा भनिन्।

उनी कोरोनाबाट बच्न सेनिटाइजर प्रयोग गर्छिन्। अत्यावश्यक कामले बाहिर जानुपरे घर फर्किएपछि साबुन पानीले हात धुने गरेकी छन्। भन्छिन्, ‘यसो गरे कोरोनाबाट बच्न सकिन्छ भन्ने सन्देश सुनेर सावधानी अपनाइरहेको छु।’

उनी समस्त नेपाली क्रिकेट फ्यानलाई पनि केरोनाबाट बच्नको लागि सुझाव दिन्छिन्। ‘अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्किनु होला। रोगबाट डराउनु भन्दा पनि आफूलाई सेफ्टी राख्नु बुद्धिमानी हुन्छ। त्यसैले आफू बचौं र संक्रमणमा सबैले एक अर्कालाई सहयोग गरौं,’ उनले नेपाल समयसँगको कुराकानीमा भनिन्।

नेपाली क्रिकेटका भरपर्दा ब्याट्सम्यान शरद भेषावकर कोरोनाको सम्भावित खतराका कारण धुम्बाराहीस्थित घरबाट खासै टाढा जाँदैनन्। उनी फिटनेसका लागि साइक्लिङ भने गर्छन्।

उनी सबैलाई कोरोनाबाट बच्नका लागि सावधानीका उपाय अवलम्बन गर्न सुझाव दिन्छन्। रोगको सम्भावित संक्रमणका कारण क्रिकेटमा पनि ठूलो घाटा भएको उनले बताए।

‘क्रिकेटलगायत सबै खेलमा नोक्सान भएको छ। त्यसैले रोगको जोखिमलाई कम गर्न सबैले सावधानीका उपाय अपनाउनु पर्छ। हिँड्नै पर्दा मास्क लगाएर हिँड्ने, भिडभाडमा नजाने, शंका लागेको वस्तु छुनेबित्तिकै हात धुने गरेमा रोगको खतरा छिटै हट्छ । खेलका कार्यक्रम पनि छिटै सुरु होलान्,’ उनले भने । 

अहिले घरपरिवारसँग समय व्यतीत गरिरहेको र अन्य विशेष केही काम नगरेको उनले सुनाए ।

नेपाली क्रिकेटका पूर्वकप्तान पारस खड्का घरमै बसेर कोरोना भाइरसबाट छुटकारा पाउन सकिने सुझाव दिन्छन्।

“हामी सबैका लागि यो सजिलो समय छैन। तर, म र क्रिकेटको टिमका तर्फबाट आग्रह गर्न चाहन्छु– सबै घरमै बसेर सरकारलाई सहयोग गरौं। अत्यावश्यक कामबाहेक बाहिर नगईकन सहयोग गरिदिन अनुरोध गर्छु। हामीले आफ्नो जिम्मेवारी आफैं लिनुपर्छ र यो महत्त्वपूर्ण काम पनि हो,” पारसले भिडियो सन्देश जारी गरेर भनेका छन्, “आ–आफ्नो ठाउँबाट सबैले जिम्मेवारी लिने हो भने संक्रमणको अवस्थाबाट बाहिर निस्कन सजिलो हुनेछ।”

प्रकाशित: Mar 22, 2020| 11:40 आइतबार, चैत ९, २०७६
nepali patronepali patro
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।
चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।
जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।
बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।