बिहीबार, वैशाख १८, २०८२

‘क्यानले हेर्दैन भन्ने बुझिसक्यौं, आफैँ केही गर्छौं’

मेलबर्नमा टी–२० महिला विश्वकप सकिएको दुई दिनपछि फागुन २७ गते काठमाडौंमा महिला क्रिकेट खेलाडीको जिल्ला छनोट थियो। महिला खेलाडी १४ जनामात्र आए। क्याम्प गराउन कम्तिमा १८ जना खेलाडी चाहिन्छ। प्रशिक्षणका क्रममा कोही घाइते हुन्छन् ।
 |  बुधबार, फागुन २८, २०७६

विनय सापकोटा

विनय सापकोटा

बुधबार, फागुन २८, २०७६

विगतका वर्षमा जस्तै यस वर्ष पनि मार्च १० तारिखमा विश्वभर अन्तर्राष्ट्रिय नारी दिवस मनाइयो। टी–२० महिला विश्वकप त्यही दिन सकियो। घरेलु मैदानमा भएको खेलमा अष्ट्रेलिया उपाधि रक्षा गर्न सफल भयो।

महिला क्रिकेटमा विश्वकै सबैभन्दा ठूलो प्रतियोगिता थियो त्यो। भारतलाई हराउँदै अष्ट्रेलिया पाँचौंपटक विश्वविजेता बन्यो। घरेलु मैदानमा विजेता बनेको भने अष्ट्रेलिया पहिलो पटक थियो।

मेलबर्नमा टी–२० महिला विश्वकप सकिएको दुई दिनपछि फागुन २७ गते काठमाडौंमा महिला क्रिकेट खेलाडीको जिल्ला छनोट थियो। महिला खेलाडी १४ जनामात्र आए। क्याम्प गराउन कम्तिमा १८ जना खेलाडी चाहिन्छ। प्रशिक्षणका क्रममा कोही घाइते हुन्छन् ।

कोही टिममा राखिरहने स्तरको प्रतियोगी बनिसकेका पनि हुँदैनन्। वैकल्पिक खेलाडी त चाहिन्छ नै। तर, स्क्वाडमा जानेगरी मात्र महिला खेलाडी छनोटका लागि आए। बाँकेलगायत थुप्रै जिल्लामा यस्तै अवस्था रह्यो ।

झापामा भने दुई टिम पुग्ने गरी खेलाडी आए। त्यहाँ दुई टिमबीच खेलाडीलाई प्रतिस्पर्धा गराएर टिम छनोट गरियो ।

Metro Mart
worldlink

सहर केन्द्रित छनोटमा अधिकांश खेलाडी क्रिकेट एकेडेमीबाटै जाने गरेका छन्। काठमाडौंमा केही संख्यामा क्रिकेट एकेडेमी स्थापना भएका छन्। तर, त्यहाँ महिला खेलाडीको संख्या ज्यादै न्यून छ। नेक्सस क्रिकेट एकेडेमीकी सञ्चालक सरस्वती शाहीले यो महिना २५ जना प्रशिक्षार्थी रहेकोमा ३ जनामात्र महिला रहेको जानकारी दिइन्।

हिमालयन क्रिकेट एकेडेमीमा पनि १२० खेलाडी रहेकोमा ५ जनामात्र महिला छन्। एकेडेमीमा भर्ना गर्न आउने अभिभावकमा पनि महिला खेलाडीका लागि खासै उत्साह नदेखिएको हिमालयन क्रिकेट एकेडेमीका सञ्चालक सुदीप शर्मा बताउँछन्।

महिला क्रिकेटको १६ वर्षे इतिहासमा सम्बन्धित निकायले खासै उपलब्धिमूलक काम गरेका छैनन्। जिल्ला खेलाडी छनोटमा देखिएको बेवास्ता क्यानको फुकुवापछि पनि सुध्रिएको छैन।

छनोटमा खेलाडीलाई बोलाएर केही दिन क्याम्पमा राख्ने र प्रदेश छनोटमा लाने परिपाटी सुरु भएको राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान एवम नेपालमा महिला क्रिकेटका प्रणेता एलबी क्षेत्रीले बताए। ‘पहिले–पहिले जिल्लाका समितिले ‘हामीलाई निर्देशन दिने क्यान नै निलम्बनमा छ’ भनेर खेलाडी छनोटबाट पन्छिने गरेका थिए,’ एलबी क्षेत्रीले भने, ‘यो वर्ष क्यान निलम्बन फुकुवा भएको छ। जिल्लाको नयाँ नेतृत्व आएको पनि ६ महिना भएको छ। तर, हालसम्म पनि जिल्लाले स्रोतको पहिचान गर्न सकेका छैनन्। स्रोतको जुगाड गर्न सकेका छैनन्। ग्रामीण तहमा धेरैभन्दा धेरै प्रतियोगिता गर्नुपर्ने थियो। तर हुन सकेको छैन।’

क्षेत्रीको प्रश्न छ– ‘क्यानले जिल्लामा फागुनसम्ममा छनोट सिध्याउने र चैतको १५ गतेम्म प्रदेशको सिध्याउने भन्ने आधारमा काम गरेको छ। तर, जिल्लामा के हुँदैछ, त्यो कसले देख्ने ?’

ग्रामीण तहको संरचनालाई धरापमा पारेर राष्ट्रिय स्तरका खेलाडीमा मात्र भर पर्ने हो भने महिला क्रिकेटको विकास नहुने तर्क क्षेत्री गर्छन् । ‘अहिले नेपाली क्रिकेट महत्वपूर्ण फेजमा छ। अब पनि ग्रासरुटका खेलाडीलाई प्राथमिकता नदिने हो भने हालका चर्चित खेलाडी कसरी आए भन्ने कुरा बुझ्नु जरुरी छ। उनीहरु ग्रासरुट खेलेरै आएका थिए,’ क्षेत्री भन्छन्।

त्यसो त सेवासुविधामा नै विभेद छ महिला र पुरुष खेलाडीबीच। पुरुष खेलाडीले अन्तर्राष्ट्रिय ग्रेडिङअनुसार तलब पाउने गरेका छन्। तर, महिला क्रिकेटरलाई भने बेवास्ता गरिएको छ।

महिला क्रिकेटकी कप्तान रुविना क्षेत्री भन्छिन्, ‘हामीले यत्रो वर्षदेखि तलबको कुरा गरिरहेका छौं। बल्ल क्यानमा छलफल सुरु भएको छ। अब काम भएन भने सशक्त आवाज उठाउँछौं।’

पूर्व राष्ट्रिय खेलाडी क्षेत्री तलब दिने कुरालाई सकारात्मक रुपमा लिन्छन् तर तलबको स्रोत क्यानसँग नभएकोमा चिन्ता व्यक्त गर्छन्। ‘उसले कागजमा लेखेर मात्र हुँदैन। मुख्य कुरा काम कति भयो वा हुन्छ भन्ने हो,’ क्षेत्री भन्छन्।

महिला खेलाडीले उत्कृष्ट प्रशिक्षक पनि पाउन नसकेको खेलाडीको गुनासो छ । जो प्रशिक्षक खाली छ, क्यानले उसैलाई महिला टोलीका लागि खटाइदिने गरेको खेलाडीहरु बताउँछन्। कप्तान रुविनाका अनुसार नेपाली महिला टोली अहिले बिना प्रशिक्षण घरमै यत्तिकै बसिरहेका छन्।

नेपाली महिला टोलीले आगामी मेमा विश्वकप क्वालिफायर खेल्नुपर्ने छ। विश्वकप र एसिया कपको लागि संयुक्त क्वालिफायर पनि हो यो प्रतियोगिता । विश्वकप क्वालिफायरका लागि कम्तीमा ४५ दिनको क्याम्प आवश्यक पर्ने खेलाडी बताउँछन्। यसका लागि महिला टोलीले क्यानलाई आग्रह गरिरहेको छ।

कप्तान रुविनाले भनिन्, ‘अब पनि काम भएन भने हामी क्यानसँग प्रश्न उठाउँछौं । पीएम कपमा केकस्तो हुन्छ, त्यसपछि हेरेर अघि बढ्छौं।’ उनका अनुसार अहिले खेलाडीहरु विश्वकपको तयारीस्वरुप फिटनेसमा ध्यान दिइरहेका छन्। ‘हामी आफैंले कोअर्डिनेट गरेर काम गरिरहेका छौं। क्यान र राष्ट्रिय खेलकुद परिषद्लाई नपर्खौं, आफैँ पनि केही गरौँ भनेर लागिरहेका छौं। क्यानले हामीलाई हेर्दैन भन्ने बुझिसक्यौैं,’ रुविनाले थपिन्।

नेपाली महिलाले सन् २००४ बाट राष्ट्रिय स्तरमा क्रिकेट खेल्न सुरु गरेका हुन्। त्यसको तीन वर्षमै नेपाल अन्तर्राष्ट्रिय क्रिकेटमा डेब्यू गर्न सफल भयो। त्यसको केही समयसम्म नेपाली क्रिकेट एसियाको राम्रो स्थानमा थियो। तर खेलाडी छनोट, खेलाडीलाई सुविधा र अन्य व्यवस्था हुन नसक्दा नेपाली क्रिकेटले प्रगति गर्न नसकेको जानकारहरु बताउँछन्।

प्रकाशित: Mar 11, 2020| 11:09 बुधबार, फागुन २८, २०७६
nepali patronepali patro
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।
चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।
जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।
बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।