बिहीबार, वैशाख १८, २०८२
  • गृहपृष्ठ
  • खेलकुद
  • समापनको संघारमा माईभ्याली गोल्डकप : आयोजक भन्छ, ‘सबैबाट सहयोग पाएनौँ’

समापनको संघारमा माईभ्याली गोल्डकप : आयोजक भन्छ, ‘सबैबाट सहयोग पाएनौँ’

फागुन १५ गते सुरु भएको छैटौं संस्करणको माईभ्याली गोल्डकप समापनको संघारमा आइपुगेको छ।
 |  मंगलबार, फागुन २०, २०७६

विनय सापकोटा

विनय सापकोटा

मंगलबार, फागुन २०, २०७६

काठमाडौं- फागुन १५ गते सुरु भएको छैटौं संस्करणको माईभ्याली गोल्डकप समापनको संघारमा आइपुगेको छ। गोल्डकपको सेमीफाईनल र फाईनल खेल मात्रै बाँकी छन्।

२०७१ सालबाट निरन्तर हुँदै आइरहेको प्रतियोगिताको जारी सिजनको संघारमा आइपुग्दा सबै कुरा राम्रो रहेको आयोजकले दाबी गरेको छ।

‘समग्रमा प्रतियोगिता राम्रो हुँदै गएको छ। पहिलेको संस्करणबाट सिक्दै गएको कुरालाई जारी सिजनमा प्रयोग गर्न पाइएको छ। हामीसँग जोडिन आएका क्लबले पनि राम्रो रेस्पोन्स गरेका छन्’, माइभ्याली फुटबल क्लबका अध्यक्ष धिरेन चेम्जेङ भन्छन्, ‘अर्को सिजनमा पनि माईभ्याली आउने गरी हामीले सबै क्लबलाई उचित वातावरण दिएका छौँ।’

इलामस्थित नेपाल आर्मीको ठूलो टुँडिखेलमा जारी प्रतियोगितामा मंगलबारको खेलसम्पन्न भएसँगै क्वाटरफाईनलका सबै खेल सकिएका छन्। मंगलबारको खेलमा आयोजक माईभ्याली फुटबल क्लबले पाहुना टोली महोम्मेडेन फुटबल क्लबमाथि २–१ जित निकालेसँगै क्वाटरफाइनलका खेल सकिएका हुन्।

प्रतिकुलता धेरै छन् : आयोजक

Metro Mart
worldlink

माईभ्याली गोल्डकपको जारी सिजनमा प्रतिकुलता धेरै सिर्जना भएको आयोजकको आँकलन छ। ‘आज चाहिँ मौसमले साथ दिएन। स्वाभाविकै हो इलाममा धेरै कुहिरो लाग्छ। मानिसरुले गाईवस्तुलाई घाँसपात गरेर खेल हेर्न आउनुपर्छ। त्यसमाथि मौसम राम्रो भए त हो खेल हेर्न जाने। आजको खेलमा मौसमका कारण मानिस आएनन् भन्नुपर्छ’, अध्यक्ष चेम्जोङले भने।

आजको खेलमा बाहेक अन्य खेलमा भने दर्शकको संख्या राम्रै छ। उनी थप्छन्, ‘आजको खेललाई छोड्ने हो भने अन्य कार्यक्रमभन्दा माइभ्यालीले राम्रो दर्शक तानेको छ।’ नेपाल समयसँगको कुराकानीमा उनले भने, ‘छैटौँ संस्करणको गोल्डकप पर्यटन वर्षको पाटो होस् भन्ने सोचाइ थियो, तर पर्यटन क्षेत्रमा काम गर्ने, हस्पिटालिटी तिर लागेका, पर्यटनसम्बद्ध एक संस्थाले पनि यत्रो आयोजनामा सहयोग गरेनन्।’

ग्राउन्डमा ‘पाटैपाटा’

विगतको तुलनामा जारी सिजनको मैदान केही अव्यवस्थित देखिएको छ। पछिल्ला चरणहरुमा दुबो उमार्ने काम गर्न नसकेकाले मैदान केही अस्वभाविक देखिएको छ।

खेलको समयमा धुलो नउडोस् भनेर मैदानमा ट्याङ्करको पानी हाल्ने गरिएको छ। त्यसकारण पाटा देखिएको आयोजनकाले बताएको छ।

खेल

फाल्गुन १५ गते (बिहीबार) सुरु भएको छैटौं संस्करणको माईभ्याली गोल्डकपको उद्घाटन खेलमा ईगल क्लब (नागाल्यान्ड) र गोर्खा ब्वाइज क्लब भिडेका थिए। नागाल्यान्डबाट प्रतिस्पर्धा गर्न नेपाल आएको क्लबलाई पराजित गर्दै गोर्खा ब्वाइज क्लबले जित निकालेको थियो। सो खेलमा गोर्खाले शून्यका विरुद्ध ४ गोल गर्दै सानदार जित निकाल्यो।

त्यस्तै, आयोजक माईभ्याली फुटबल क्लबले दोस्रो दिनको खेलमा जित निकाल्यो। उसले पाहुना टोली सिक्किमलाई २–० को गोलअन्तरले हराउँदै क्वाटरफाईनमा स्थान बनायो।

१० टोली सम्मिलित प्रतियोगितामा पहिलो चरणमा दुई खेल मात्र भए।

फागुन १७ गते क्वाटरफाईनलको पहिलो खेलमा दार्जिलङ र झापा ११ बीच प्रतिस्पर्धा थियो। झापा ११ दुई पटकको माईभ्याली कप विजेता पनि हो। पहिलो जितसँगै सेमीफाईनलमा प्रवेश गर्ने महत्वकांक्षा लिएर मैदान छिरेको झापा ११ ले जित निकाल्न सकेन। प्रतिद्वन्द्वी एमएफसी दार्जिलिङ सेमीफाइनलमा पुग्यो।

भारतको मानेभञ्ज्याङबाट प्रतिस्पर्धामा आएको पाहुना टोलीले २ पटकको कप विजेतालाई अप्रत्यासित हार चखायो। दार्जिलिङले २–१ को गोल अन्तरले खेल जित्यो।

प्रतियोगिताको फागुन १८ गतेको खेलमा दुबै ‘ए’ डिभिजन क्लब भिडेका थिए। खेल थियो विभागीय टोली त्रिभुवन आर्मी क्लब र सङ्कटा क्लबको। सो प्रतिस्पर्धामा विजयी हुँदै आर्मीले सेमीफाईनलमा स्थान बनायो। संकटा क्लब २–१ गोल अन्तरले पराजित भयो।

सेमीफाईनल र फाईनल

बुधबारदेखि सेमीफाइनलका खेल सुरु हुँदैछन्। सेमिफाईनलको पहिलो खेलमा लिग विजेता मछिन्द्र क्लब र एमएफसी दार्जिलिङले प्रतिस्पर्धा गर्नेछन्। दोस्रो खेलमा फागुन २२ गते आर्मी र माईभ्याली फुटबल क्लबले खेल्दैछन्।

सेमिफाईनलका विजेताले फागुन २४ गते २ बजे उपाधिका लागि प्रतिस्पर्धा गर्ने छन्।

प्रकाशित: Mar 03, 2020| 14:40 मंगलबार, फागुन २०, २०७६
nepali patronepali patro
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।
चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।
जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।
बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।