बिहीबार, वैशाख १८, २०८२
  • गृहपृष्ठ
  • खेलकुद
  • लक्ष्य एसिया कप, कप्तान भन्छन् - नेपाल च्याम्पियन हो, च्याम्पियन जस्तै खेल्छ

लक्ष्य एसिया कप, कप्तान भन्छन् - नेपाल च्याम्पियन हो, च्याम्पियन जस्तै खेल्छ

एसीसी इस्टर्न रिजन टी-२० प्रतियोगिता आजबाट सुरु हुँदै छ। थाइल्यान्डमा सञ्चालन हुन गइरहेको प्रतियोगितामा नेपालले पहिलो खेल आज मलेसियासँग खेल्दै छ। नेपाली समयअनुसार खेल दिउँसो सवा १२ बजे हुने छ।
 |  शनिबार, फागुन १७, २०७६

विनय सापकोटा

विनय सापकोटा

शनिबार, फागुन १७, २०७६

काठमाडौं - एसीसी इस्टर्न रिजन टी-२० प्रतियोगिता आजबाट सुरु हुँदै छ। थाइल्यान्डमा सञ्चालन हुन गइरहेको प्रतियोगितामा नेपालले पहिलो खेल आज मलेसियासँग खेल्दै छ। नेपाली समयअनुसार खेल दिउँसो सवा १२ बजे हुने छ। त्यसअघि उद्घाटन खेलमा आयोजक थाइल्यान्ड र सिंगापुर भिड्ने छन्।

यो प्रतियोगिता नेपाल अथवा विजयी दुई राष्ट्रको लागि एसिया कप-२०२० मा पुग्ने बाटोसमेत हो। प्रतियोगिताबाट क्वालिफाई हुने २ टोली आगामी सेप्टेम्बरमा हुने एसिया कपमा भाग लिन पाउने छन्। एसिया कप मलेसियाको क्वालालम्पुरमा हुने छ।

एसियन क्रिकेट काउन्सिल(एसीसी)ले एसियामा हुने प्रतियोगितालाई दुई भागमा बाँडेर गराउँछ। पश्चिमी क्षेत्रको प्रतियोगिता भर्खरै सकिएको छ। त्यसपछि पूर्वी क्षेत्रीय प्रतियोयोगिता सुरु भएको हो। पश्चिमी क्षेत्रबाट दुई टोली (कुवेत र युएई) एसिया कप छनोटमा पुगिसकेका छन्।

इस्टर्न रिजनमा नेपाल, थाइल्यान्ड, मलेसिया र हङकङले प्रतिस्पर्धा गर्ने छन्। यसमध्ये नेपाल एकमात्रै एकदिवसीय मान्यताप्राप्त राष्ट्र भएकाले प्रतियोगिताको दाबेदारका रुपमा पनि हेरिएको छ।

Image may contain: 3 people, people playing sports and outdoor

Metro Mart
worldlink

‘नेपाल च्याम्पियन हो, च्याम्पियन जस्तै खेल्छ’

इस्टर्न रिजनमा भाग लिने देशहरुमा एसोसिएट राष्ट्र नेपाल मात्र हो। नेपाल अन्य देशभन्दा टफ देखिन्छ। सही अर्थमा नेपाल टुर्नामेन्टको च्याम्पियन हो र नेपालले च्याम्पियन जसरी खेल्ने कुरा नेपाली टोलीका कप्तान ज्ञानेन्द्र मल्ल बताउँछन्।

प्रशिक्षक जगत टामटा पनि नेपाली टोलीलाई प्रतियोगितामा च्याम्पियन बनाउन तयार रहेको बताउँछन। प्रशिक्षक टमाटा भन्छन्, ‘हामी च्याम्पियन नै हो। च्याम्पियनजस्तै खेल्ने हो। हामी आफ्नो तर्फबाट सय प्रतिशत नै दिन्छौं। टिमलाई फेरी एकपटक च्याम्पियन बनाउने लक्ष्य छ।’

प्रतियोगितामा नेपाली टोलीले नयाँ प्रयोग पनि गर्न सक्ने बताइएको छ। भर्खरै मात्र नेपाली राष्ट्रिय टोलीमा ठाउँ पाएका कुसल मल्ललाई ओपनिङमा पठाउने कुरा चलिरहेको छ। कप्तान ज्ञानेल्द्र मल्लले थाइल्यान्ड जाने अघिल्लो दिन भने, ‘अपर्चुनिटी हेरेर काम गर्नु पर्दछ। नेपालको ओपनिङमा कुसललाई ल्याउने कुरा पनि भइरहेको छ।’

नेपाली टोली युवा खेलाडीले भरिपूर्ण भएका कारण फिल्डिङ राम्रो हुने प्रशिक्षक टमाटा बताउँछन। भन्छन, ‘नयाँ खेलाडी छन् राम्रो गर्दै गएका पनि छन्। कुसल मल्ल लेफ्टहेन्ड ब्याट्सम्यान छन्, उनी स्पिन बल पनि फाल्ने गर्दछन्। त्यस्तै सन्दिप जोरा छन् जसले योङ साइड फुलफिल गरेको छ। फिल्डिङमा चौका रोक्ने ठूलो राहत मिल्छ।’

Image may contain: 1 person, standing, hat and outdoor

टी-२० मा कोही कमजोर हुँदैन

आसन्न वेस्टर्न रिजनमा बलियो टिम ओमानले कतारसँग हार बेहोरेका कारण ऊ एसिया कपमा भाग लिनबाट बञ्चित भएको थियो। त्यो प्रतियोगितालाई मनन गरेको नेपाली टोलीका कप्तान भन्छन्, ‘टी-२० मा प्रतिस्पर्धीलाई कहिल्यै पनि कमजोर आँक्न मिल्दैन। अन्तिम समयमा पनि हामीले हार बेहोर्न सक्छौं। टी-२० अनिश्चित प्रतियोगिता हो। यसमा केही बलमै खेलको नतिजामा परिवर्तन हुन सक्छ।’

प्रशिक्षक टमाटाले भने, ‘हामी पोजेटिभ छौं। होप गर्नुपर्छ कि हामी जित्छौं।’

Image may contain: one or more people, people playing sports, baseball and outdoor

विभिन्न देशसँग नेपालको खेल

मलेसिया : सन् २०१८ मा आईसीसी टी-२० मा एसिया रिजन क्वालिफायर ‘बी’ मा नेपालले मलेसियालाई जितेको थियो। त्यो खेलमा नेपालले एकसय रनको लक्ष्य १२.४ ओभरमा सजिलै भेटेको थियो। त्यस्तै सन् २०१९ मा भएको टी–२० विश्वकप एसिया रिजन क्वालिफायरको फाइनल खेलमा पनि नेपालले मलेसियालाई हराएको थियो। नेपालले मलेसियासँग बाँकी २ खेल पनि जितेको छ। मलेसिया भ्रमणमा रहेको नेपाली टोलीले घरेलु टिमलाई पनि हराएको थियो। यसरी हेर्दा पछिल्लो चार खेलमा नेपाल मलेसियामाथि हाबी हुँदै आएको छ।

हङकङ : सन २०१४/१५ मा नेपाल-हङकङ सिरिजमा एकमात्र खेल भएको थियो। तर, नेपालले हारको बेहोर्यो। त्यस्तै, सन् २०१४ कै आईसीसी टी-२० विश्वकपमा नेपालले हङकङलाई ८० रनले हराएको थियो। यो नेपालको विर्सन नसकिने जित थियो। सन् २०१५ मा नेपालले विश्वकप क्वालिफायरमा हङकङसँग प्रतिस्पर्धा गरेको थियो। त्यो खेलमा नेपालले हङकङविरुद्ध जित निकाल्न सकेन। त्यस्तै पछिल्लो पटक २०१९ मा ओमान पेन्टागुलर टी-२० सिरिजमा भने नेपालले चार विकेटको जित निकलेको थियो। पछिल्ला चार खेलमा एक रद्द भयो र नेपालले दुई जित निकालेको थियो।

सिंगापुर : सन् २०१८ मा नेपालले आईसीसी विश्वकप टी-२० एसिया रिजन क्वालिफायर बीमा सिंगापुरसँग खेल्दा रिजल्ट निस्केन। त्यसपछि २०१९ को आईसीसी पुरुष विश्वकप एसिया रिजनको फाइनमा नेपालले नजिता आफ्नो पक्षमा पारेको थियो। सोही वर्ष सिंगापुरमा भएको दुई टी-२० सिरिजको पहिलो खेलमा नेपालले जित निकाल्न सकेन। सोही सिरिजको दोस्रो खेल स्थगित भयो।

थाइल्याण्ड : दुई वर्ष अघि नेपालले थाइल्यान्डसँग खेल्दा उसलाई १४० रनले हराएको थियो।

Image may contain: 1 person, standing and outdoor

कोबिड-१९ को त्रास

थाइल्याण्डको प्रतियोगिता फैलदो कोबिड–१९(कोरोना भाइसर)का कारणले चुनौतिपूर्ण बनेको छ। एक साता अघिसम्म प्रतियोगिता हुने नहुनेबारे पनि भन्न सकिने अवस्था थिएन।

नेपालको बिदाइ कार्यक्रममा क्यानका सचिव अशोकनाथ प्याकुरेलले भने, ‘कोरोनाको त्रासका कारण प्रतियोगिता नगर्ने भन्ने कुरा पनि आइरहेका थिए। र, यसबारे एसीसीले स्वास्थ्यसम्बन्धी छलफल गरेर खेलाउन लागेको हो।’

एक साता अघिसम्म प्रतियोगिता नहुने सम्भावना धेरै थियो। तर पछि खास असर नपर्ने देखिएपछि प्रतियोगिता सञ्चालन गरिने भयो। एसीसीले खेलाडीलाई होटेलमै सबै कुराको सुविधा दिने भएकाले बाहिर नजान पनि सुझाव दिएको छ। चीन, जापान र भुटानले त कोरोनाका कारण प्रतिगोगिता नखेल्ने बताइसकेका छन्। त्यसैले तीन प्रतियोगी राष्ट्र घटेपछि इस्टर्न रिजनको प्रतियोगिताको फम्र्याट पनि परिवर्तन भएको थियो। पहिले टुर्नामेन्ट फम्र्याटमा खेलाउने भनिए तापनि हाल राउन्ड रोविन प्रणालीबाट खेल खेलाउन लागिएको हो।

Image may contain: one or more people, sky and outdoor

नेपालको खेल तालिका

राउन्ड रोविन प्रणालीमा खेल्दा नेपालले सबै प्रतियोगीसँग खेल खेल्नु पर्ने हुन्छ। प्रतियोगिताको अंक तालिकाको शीर्ष स्थानको दुई टोलीले एसिया कप छनोटमा भाग लिन पाउनेछन्। यस्तो छ नेपालको खेल तालिका-

फेब्रुअरी २९ – मलेसिया
मार्च १ – हङकङ
मार्च ४ – थाइल्यान्ड
मार्च ६ – सिंगापुर

नेपाली टिम

ज्ञानेन्द्र मल्लको कप्तानीमा घोषणा गरिएको टिममा उपकप्तानमा दिपेन्द्र सिंह ऐरी रहेका छन् भने अन्य सहभागी खेलाडीमा पारस खड्का, आरिफ शेख, बिनोद भण्डारी, सन्दीप लामिछाने, करण केसी, अभिनाश बोहरा, कुशल मल्ल, पवन सरार्फ, सुशन भारी, किशोर महतो, भुवन कार्की र सन्दीप जोरा रहेका छन्।

Image may contain: 1 person, playing a sport, standing and outdoor

प्रकाशित: Feb 29, 2020| 07:31 शनिबार, फागुन १७, २०७६
nepali patronepali patro
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।
चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।
जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।
बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।