बिहीबार, वैशाख १८, २०८२

क्रिकेट अवार्ड घोषणा, वर्ष खेलाडीले १ लाख ३२ हजार पाउने

क्रिकेट खेलाडी संघ (सिप्यान) नेपालले उत्कृष्ट खेलाडीलाई अवार्ड वितरण गर्ने भएको छ। सिप्यानले आइतबार एक पत्रकार सम्मेलन गर्दै अवार्डबारे जानकारी दिएको हो।
 |  आइतबार, फागुन ११, २०७६

विनय सापकोटा

विनय सापकोटा

आइतबार, फागुन ११, २०७६

काठमाडौं- क्रिकेट खेलाडी संघ (सिप्यान) नेपालले उत्कृष्ट खेलाडीलाई अवार्ड वितरण गर्ने भएको छ। सिप्यानले आइतबार एक पत्रकार सम्मेलन गर्दै अवार्डबारे जानकारी दिएको हो।

संघले एक विज्ञप्ति जारी गर्दै भनेको छ, ‘नेपाली क्रिकेटको बृहत्तर विकासमा राष्ट्रिय तथा अन्तराष्ट्रियस्तरको क्रिकेट प्रतियोगितामा सहभागी भएका क्रिकेट खेलाडीहरुलाई संगठित गरी खेलाडीको हकहित र कल्याणकारी कार्यमा प्रतिबद्ध भई लाग्ने उद्देश्यले स्थापित यस क्रिकेट खेलाडी संघद्वारा २०७६ चैत २१ गते क्रिकेट अवार्ड २०२०को आयोजना गरिएको छ।’

क्रिकेट अवार्ड–२०२० मा चार विधामा नेपाली क्रिकेटरले अवार्ड पाउने छन्। वर्ष क्रिकेट खेलाडी (महिला–पुरुष), वर्ष उदयीमान क्रिकेट खेलाडी, वर्ष उत्कृष्ट क्षण र लाईफटाइम अचिभमेन्ट अवार्ड गरी चार विधामा अवार्ड वितरण गरिने भएको हो।

अवार्डको घोषणा गर्दै सिप्यानका अध्यक्ष मनिश राज पाण्डेले अवार्डलाई लामो समयसम्म कायम राख्न सबै पक्षसँग सहकार्य गरेर अघि बढिरहेको बताएका छन्। उनले भने, ‘हामीले क्यानसँग पनि छलफल गरका छौँ। नेपाली क्रिकेटको आधिकारिक संस्था क्यान भएकाले उसँग सहकार्य गरिएको हो। हामी लामो समयसम्म खेल क्षेत्रमा रहेर सहयोग गर्नका लागि सबै पक्षसँग सहकार्य गर्दै अघि बढ्ने छौँ।’

अघिल्लो सिजनमा पुरुष खेलाडीलाई एकै शीर्षकमा ठूलो राशीको पुरस्कार र महिला खेलाडीलाई थोरै पुरस्कार भएका कारण अवार्ड ओलोचित बनेको थियो। तर, यो वर्ष सो कुरालाई ध्यानमा राखेर सबैलाई बराबरी राशीको अवार्ड दिइएको अध्यक्ष पाण्डेले बताए।

Metro Mart
worldlink

उनले भने, ‘हामी महिला क्रिकेटलाई पनि मध्यनजर गरेर अघि बढिरहेका छौँ।’

अध्यक्ष पाण्डेले यसबाहेक आगामी वर्षहरुबाट टी–२० र एक दिवशीयका साथै प्रशिक्षकलाई पनि सम्मान गर्ने गरी कार्यक्रम ल्याउने बताए।
सिप्यानका महासचिव तथा नेपाली राष्ट्रिय टोलीका पूर्वकप्तान पारस खड्काले खेलाडीलाई पनि कर्पोरेट क्षेत्रसँग जोड्दै लानुपर्नेमा जोड दिए।
चैतमा हुने दोस्रो संस्करणको अवार्डको प्रायोजन एनसीसीएस ग्रुपले गरेको छ।

खेलाडीको छनोट

अवार्ड मनोनयनमा खेलाडीको छनोट चुनौतिपूर्ण हुने भन्दै आयोजकले निष्पक्ष समिति बनाउने बताएको छ। निर्णायकमा खेलसँग सम्बन्धित व्यक्ति, पत्रकारलगायतलाई सहभागी गराइने सिप्यानले जनाएको छ।

‘चैत २१ गते वितरण गरिने पुरस्कारका लागि खेलाडी छनोट गर्न एक प्राविधिक समिति गठन गरिने छ। तोकिएको मापदण्डका आधारमा सो समितिले सिफारिस गरेको खेलाडीलाई पुरस्कृत गरिने छ,’ अध्यक्ष पाण्डेले भने।

यसका साथै वर्ष उत्कृष्ट क्षण पुरस्कारको लागि अनलाइन भोटिङको माध्यमबाट सार्वजनिक मत सर्वेक्षणको आधारमा गरिने आयोजकले जनाएको छ। त्यस्तै, लाइफटाइम अचिभमेन्ट अवार्डको लागि नेपाली क्रिकेट क्षेत्रको पुरानो पुस्तालाई प्रतिनिधित्व गर्ने एकजना क्रिकेट खेलाडीलाई सम्मानित गरिने छ।

पुरस्कार राशी

वर्ष क्रिकेट खेलाडी पुरुष/महिला – रु. १३२०००

वर्ष उदयीमान क्रिकेट खेलाडी – रु. ६६०००

वर्ष उत्कृष्ट क्षण – रु. ६६०००

लाइफटाइम अचिभमेन्ट अवार्ड – रु. ६६०००

प्रकाशित: Feb 23, 2020| 16:32 आइतबार, फागुन ११, २०७६
nepali patronepali patro
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।
चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।
जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।
बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।