बिहीबार, वैशाख १८, २०८२
  • गृहपृष्ठ
  • खेलकुद
  • ‘ए’ डिभिजन लिगको उपाधि भिडन्त आज : के छ कप्तान र प्रशिक्षकको रणनीति ?

‘ए’ डिभिजन लिगको उपाधि भिडन्त आज : के छ कप्तान र प्रशिक्षकको रणनीति ?

शहीद स्मारक ए डिभिजन लिगमा आज अन्तिम खेल हुँदैछ। यो खेलले मात्र हामीलाई लिग विजेताको नाम दिने छ।
 |  शनिबार, फागुन ३, २०७६

विनय सापकोटा

विनय सापकोटा

शनिबार, फागुन ३, २०७६

काठमाडौं - शहीद स्मारक ए डिभिजन लिगमा आज अन्तिम खेल हुँदैछ। यो खेलले मात्र हामीलाई लिग विजेताको नाम दिने छ।

त्यसैले एन्फाले १२ औं चरणमा राखेको त्रिभुवन आर्मी क्लब र मछिन्द्र फुटबल क्लबको खेल अन्तिममा पारिदियो। अन्तिम खेलले दुवै टोलीका कप्तानलाई दबाब बढेको छ। साथै दुवै कप्तानमा खेल जितेर उपाधि चुम्ने हुटहुटी धेरै नै देखिन्छ।

खेलअघि मछिन्द्रका कप्तान विराज महर्जन भन्छन्, ‘हामीलाई जितबाहेक अप्सन नै छैन। हामीले जितेर नै लिग विजेता बन्ने ठानेका छौं।’

लिगमा आर्मीको समान प्रदर्शन गरेको मछिन्द्रसँग एक अंक कम छ। दुवै क्लबले १२ खेलमा ९ जित, २ बराबरी र १ हार व्यहोरेका छन्। यस्तोमा अघिल्लो सिजन रेलिगेसन नहुने प्रणालीका कारण मछिन्द्रको एक अंक घटाइएको छ। गत सिजन मछिन्द्र पुछारबाट दोस्रो स्थानमा थियो। त्यसैले मछिन्द्रसँग २८ अंक हुँदा आर्मीको खातामा एक अंक धेरै छ।

खेलमा मछिन्द्रलाई बराबरीले धोका दिन सक्छ। जसकारण उसले जित निकाल्न आवश्यक देख्छन् मछिन्द्रका खेल प्रशिक्षक प्रवेश कटुवाल।

Metro Mart
worldlink

‘आर्मीको टिमवर्क राम्रो छ। त्यसलाई तोड्न गाह्रो पनि छ। हामीसँग इन्डिभिजुअल खेलाडी राम्रा छन्। क्वालिटी खेलाडी हामीसँग राम्रो छ’, मछिन्द्रका प्रशिक्षक कटुवालले भने, ‘हामीसँग विराजलगायतका मुख्य खेलाडी घाइते हुँदा यिनै खेलाडीहरु उत्रिन्छन् भन्ने अवस्था छैन। आर्मीलाई एउटा ड्र को अप्सन छ हामीलाई त्यो पनि छैन।’

मछिन्द्रलाई दबाब पर्ने पाटो भनेको उसका कप्तान विराज महर्जन घाइते छन्। उनी घाइते हुँदा कप्तानी सम्हाल्ने सुजल श्रेष्ठ पनि पुरै फिट छैनन्। यस्तो अवस्थामा उनीहरुको प्लेइङ सेट कस्तो होला भन्ने आर्मीको चासो पनि छ।

तर, उसले अन्तिम खेलअघि नै राष्ट्रिय टिमका स्ट्राइकर विमल घर्ति मगरलाई अनुबन्धन गरिसकेको छ। आजको खेलमा विमल केन्द्रमा रहने खेलाडी बन्ने पक्का छ। त्यसैले आर्मीका लागि मछिन्द्रको खेल अनिश्चत जस्तै छ।

उता, आर्मी लिग जित्न अझ धेरै महत्वाकांक्षी देखिन्छ। खेलको अघिल्लो दिन कप्तान भरत खवास उत्साहित देखिएका थिए। उनको उत्साहसँगै खेलको दबाब पनि उनमा देखिन्छ। उनी भन्छन, ‘हामीलाई बराबरीको अप्सन त छ। तर, हामी त्यो अप्सनको उपयोग गर्ने क्षेत्रमा छैनौं। हामी रक्षात्मक भन्दा पनि आक्रामक बनेर खेल प्रस्तुत गर्ने छौं। र, सानसँग लिगमा विजेता बन्ने छौं।’ आर्मीको मनसाय अंकले जितेर होइन प्रतिस्पर्धात्मक र परस्पर प्रतिद्वन्द्वीलाई हराएरै लिग जित्ने सपना छ।

आर्मी पावर खेल्न माहिर छ। उसको डिफेन्स, मिडफिल्डदेखि फरवार्डसम्म राम्रो देखिँदै आएको छ। आर्मीका प्रशिक्षक नविन न्यौपाने आफूले सकेसम्म जोड लागाएर मैदानमा उत्रने बताउँछन्।

उनले भने, ‘इतिहास रच्ने दाउमा छौँ। मछिन्द्र राम्रो टिम हो। तर, हाम्रो टिम वर्क छ। हाम्रो बलियो पक्ष पावर खेल हो। अहिलेसम्म लिग नजितेकाले यस पटकलाई अवसरका रुपमा मानेका छौं। अट्याकिङ खेल्छौ। बराबरीका लागि होइन जित्नकै लागि खेल्छौं।’

तुलनात्मक रुपमा आर्मीलाइ कम दबाब छ। लिग जित्न उसलाई बराबरी पर्याप्त हुनेछ। यो भाव बुझेका प्रशिक्षक न्यौपाने भन्छन्, ‘दबाब लिएर खेल्यांै भने हार्ने सम्भावना हुन्छ। त्यसैले दबाब नराखि खेल्नेछांै। एउटा मौका आएको छ, सदुपयोग गर्न चाहन्छौं।’

आर्मी ४–४–२ प्लेइङ सेटमा धेरै रमाउने गर्दछ। अट्याकिङ खेल्नका लागि पनि यो सेट राम्रो हुन्छ। त्यसैले आर्मीले आजको खेलमा सोही रणनीतिमा खेलाडी मैदान उतार्ने सम्भावना धेरै छ। तर, मछिन्द्रको खेलाडीको चोटका कारण मैदानको सम्भावित योजनामा केही फेरबदल आउन सक्नेछ।

खेल साढे १ बजे दशरथ र‌ंगशालामा हुने छ।

प्रकाशित: Feb 15, 2020| 08:35 शनिबार, फागुन ३, २०७६
nepali patronepali patro
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।
चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।
जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।
बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।