बिहीबार, वैशाख १८, २०८२
  • गृहपृष्ठ
  • खेलकुद
  • समापनको संघारमा ‘ए’ डिभिजन लिग, खेलाडीको ध्यान फुटबल कि फेन्टासीमा ?

समापनको संघारमा ‘ए’ डिभिजन लिग, खेलाडीको ध्यान फुटबल कि फेन्टासीमा ?

मोबाइलकै कारण खेलाडीमा आपसी अन्तरक्रिया पनि कम भएको छ। जसले गर्दा खेलाडीले अघिल्लो खेलका लागि रणनीति तय गर्ने प्रक्रियामा बाधा पुगेको छ।
 |  शुक्रबार, फागुन २, २०७६

विनय सापकोटा

विनय सापकोटा

शुक्रबार, फागुन २, २०७६

कतार एयरवेजको मुख्य प्रायोजन रहेको सहिद स्मारक ‘ए’ डिभिजन लिगका ९० खेल सकिएका छन्। उपाधि दावेदार विभागीय टोली त्रिभुवन आर्मी क्लब र अर्को हेभिवेट मछिन्द्र क्लबको बाहेक सबै खेल सकिएका हुन्।

जारी सिजनका धेरै खेल हर्न लायक बने भने कतिपय खेलले दर्शकको लामो समयसम्म पनि ध्यान खिचिरहे। ‘ए’ डिभिजनमा मनाङ मर्स्याङ्दी र थ्रिस्टारका ‘स्टार खेलाडी’ किनेर नायक बनेको मछिन्द्र क्लबको प्रदर्शन हेर्नलायक रह्यो।

त्यस्तै आर्मी, मनाङ र थ्रिस्टार आफैंले पनि खेलमा राम्रो प्रदर्शन गरे। यद्यपि, पहिले जस्तो नेपाली फ्यानमा फुटबल मोह भने दखिएन। मनाङ र मछिन्द्रले १६ पुसमा खेलेका खेलमा तीन हजार दर्शकमात्र आए। अग्रपंक्तिमा रहेका टिमको खेल हर्न भर्खरै पुनर्निर्माण सम्पन्न रंगशालाको क्षमताभन्दा आधा दर्शक कुनै खेलमा आएनन्।

१० माघमा मनाङ र थ्रिस्टारका साथै १९ माघमा पुलिस क्लब र आर्मीले खेलेको खेल हेर्न समान २५ सय दर्शक आएका थिए। जारी लिगमा सबैभन्दा धेरै दर्शक पाएका खेल यति नै हुन्। बाँकी खेलले उल्लेख्य दर्शक नै पाएनन्।

दर्शकबाट फुटबल मोह घटिरहँदा न्युरोड टिम (एनआरटी)का प्रशिक्षक एवम् पूर्व फुटबलर राजुकाजी शाक्यले भने खेलाडीकै ध्यान फुटबलबाट भट्किएको बताएका छन्।

Metro Mart
worldlink

फुटबलरको ध्यान फुटबलभन्दा ‘फेन्टासी’मा धेरै भएकाले नयाँ खेलाडीले राम्रो गर्न नसकेको उनकोे भनाइ छ। भन्छन्, ‘पहिले हाम्रो पालामा त कोचले ‘राति पनि खेलको बारेमा सोच’ भन्दा हामी सुतेपछि आफ्नो खेलको बारेमा गम्भीर भएर सोच्ने गर्थ्यौं। तर, नयाँ खेलाडी सिरकभित्र पसेर मोबाइल चलाउँछन्। खेलाडीले मैदानमा थोरै खेल्छन् भने मोबाइलमा धेरै खेल्न थालेको मैले पाएको छु।’

उनका अनुसार मोबाइलकै कारण खेलाडीमा आपसी अन्तरक्रिया पनि कम भएको छ। जसले गर्दा खेलाडीले अघिल्लो खेलका लागि रणनीति तय गर्ने प्रक्रियामा बाधा पुगेको छ।

कुनै समय थ्रिस्टार र मनाङको भिडन्त हुँदा खेलमा वाहवाही हुने गर्थ्यो। त्यो क्रेज हाल कम भएको छ। उतिबेला खेलाडीले पनि राम्रो प्रयास गर्थे। राजुकाजी सम्झन्छन्, ‘हामीले पहिले खेलेको बेलामा धेरै गोल खाँदा पनि नआत्तिकन खेल्थ्यौं। राम्रो प्रयास गर्ने गरेका थियौं। तर, अहिलेका खेलाडीमा अपोनेन्टलाई रिड गर्ने क्यापासिटी नै कम छ। उनीहरु खेल बुझेर चलेकै देखिँदैन।’

उनले थपे, ‘म प्रशिक्षक भएर यत्रो लामो सयमबाट खेलमा छु । मलाई लाग्छ, यो समस्या मेरो क्लबमा मात्र नभएर अन्य क्लबमा पनि छ।’
उनी चालू सिजनमा एनआरटीमा आबद्ध छन्। एनआरटीले विगतको सिजनमा भन्दा यो सिजनमा राम्रो प्रदर्शन गरेको छ। गत सिजनको तालिकाको पुछारमा रहेको टोलीलाई यो सिजनमा नवौं स्थानमा ल्याइपुर्याएका छन् राजुकाजीले।

क्लबका लागि यो पनि राम्रो नजिता हो। तर, क्लबले अपेक्षा गरेको भने शीर्ष ६ को नतिजा थियो। यसबारे शाक्य भन्छन्, ‘सुरुमा हाम्रो प्रदर्शन राम्रो थियो। हामीले पहिलो खेलमै ४–० को अन्तरले खेल जितेर सुखद सुुरुवात गर्यौ। तर, पछिपछि खेल खस्किँदै गयो।’

‘प्राविधिक, रणनीतिक क्षेत्रमा अलिक कमजोर देखियौं। लक्ष्य शीर्ष ६ थियो। तर, माघ २१ मा फ्रेन्ड्स क्लबसँगको खेलपछि हामी खेलमा फर्कनै सकेनौं,’ लिगमा क्लबको प्रदर्शन सम्झँदै प्रशिक्षक शाक्यले भने, ‘डिसिजन गर्ने क्षमतामा केटाहरु राम्रा देखिएनन्।’

नेपाली खेलाडीमा कर्तव्यबोधको कमी हुन थालेको पनि उनी बताउँछन्। उनका अनुसार प्रशिक्षकले सिकाएकै कुरा कतिपय खेलाडीले नमान्ने गरेका छन्। प्रशिक्षणमा पनि खेलाडीहरु फुटबल खेल्न भन्दा समय व्यतीत गर्नमै ध्याउन्न भएको शाक्यले पाएका छन्।

उनी आफ्नो क्लबको अनुभव सुनाउँछन्, ‘ट्रेनिङमा मैले सिकाएको कुरा बुझ्यौ भनेर सोद्धा सबैले बुझेको बताउँछन्। तर, सिकाएको एउटा हुन्छ, खेलमा उनीहरुले गरिरहेको भने अर्कै। म सधैं फुटबल राम्रो खेल भन्छु। तर, फरवार्ड अगाडि नै बढेबनन्। क्बलमा मुभ पनि राम्रो भएन। त्यसैले म भन्छु– खेलाडीले फुटबल खेल्नुपर्यो, डिसिप्लिनमा बस्नुपर्यो।

आज (शुक्रबार) बिहान एनआरटीले हिमालयन शेर्पाविरुद्ध २–१ गोलको समना गर्यो। आजको खेलले क्लबलाई शीर्ष ६ मा नपुर्याउने भएकाले उनले खेलमा सामान्य रुपमा प्रवेश गरेको पनि बताएका छन्।

०००
न्युरोड टिमले क्लबका खेलाडीलाई ट्रेनिङको सहज वातावरण तयार गर्नका लागि होमग्राउन्ड लिने तयारी गरेको छ। कहाँ लिने कस्तो लिने भन्ने निर्क्योल नभए तापनि सुविधाथप गर्नेबारे सोचिरहेको क्लबले बताएको छ। त्यस्तै क्लबको आफ्नै सवारीसाधन (बस)को बारेमा पनि कुरा भैरहेको राजुकाजी शाक्यले बताए।

यद्यपि उनी आफू भने क्लबमा लामो समयसम्म रहने छैनन्। ‘म क्लब छोड्ने विचारमा छु। यहाँबाट बाहिर गएपछि विभागीय क्लबमा जाने लक्ष्य छ,’ उनले भने, ‘विभागीय क्लबमा लामो समयसम्म एकै खेलाडीको साथ पाइने र आफूले सिकाएका खेलाडी सँगै हुने भएकोले विभागीय टोली रोजाइमा मेरो परेको हो।’

बाहिरको क्लबमा छोटो समयमा खेलाडीको परिवर्तन भइरहने भएकाले प्रशिक्षणमा मन रम्न नसक्ने उनको बुझाइ छ। विभागीय खेलाडीमा राम्रो अनुशासन भएकाले र खेलाडी–खेलाडीबीच आपसी सम्बन्ध पनि राम्रो हुने भएकाले उनी विभागीय क्लब जाने बताउँछन्।

प्रकाशित: Feb 14, 2020| 17:28 शुक्रबार, फागुन २, २०७६
nepali patronepali patro
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।
चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।
जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।
बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।