सोमबार, असार ९, २०८२

पलेँटी युट्युबमा छन्द कविता

नेपालयले संचालन गर्दै आएको सांगीतिक कार्यक्रम पलेँटीका पूरै कार्यक्रम केही महिनादेखि युट्युबमार्फत् शृङ्खलाबद्ध रुपमा अपलोड हुँदै आएका छन् ।
 |  शुक्रबार, माघ २४, २०७६

नेपाल समय

नेपाल समय

शुक्रबार, माघ २४, २०७६

काठमाडौं– नेपालयले संचालन गर्दै आएको सांगीतिक कार्यक्रम पलेँटीका पूरै कार्यक्रम केही महिनादेखि युट्युबमार्फत् शृङ्खलाबद्ध रुपमा अपलोड हुँदै आएका छन् ।

नेपालयलेले आफ्नो अभिलेखमा रेकर्ड गरेर राखेका गीतहरु आफ्नै यूट्युब च्यानलबाट सार्वजनिक गर्दै आएको छ । उसले २०१९ मा आयोजित पलेँटी कार्यक्रमका पूरै कार्यक्रमलाई शृंखलाबद्ध रुपमा सार्वजनिक गर्दै आएको हो ।

यसै क्रममा संगीतकार आभाषद्वारा संचालन गरिएको र गायिका मीना निरौलाद्वारा प्रस्तुत ‘नेपाली संगीतमा महिला’ र आभास स्वयंको ४ दशकको संगीतयात्रा यस अघि सार्वजनिक भइसकेका छन् । यी दुवै कार्यक्रमको लाइभ रेकर्डिङ ४ भागमा सम्पादन गरेर धारावाहिक रुपमा पलेटीँको युट्युब च्यानलमा उपलब्ध गराइएको छ ।

अबको केही साता पलेँटीको युट्युब च्यानल छन्दमय रहने छ । साहित्य अनुरागी भूषिता वशिष्ठद्वारा गत वर्षको अप्रिलमा प्रस्तुत छन्द गायनको अनुभव अब सबैका निम्ति उपलब्ध हुनेछ।

प्रकाशित: Feb 07, 2020| 16:54 शुक्रबार, माघ २४, २०७६
प्रतिक्रिया दिनुहोस्