बुधबार, वैशाख १७, २०८२
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश २ : नेकपा एकीकृत समाजवादीमा २ र लोसपामा ३ प्रदेशसभा सदस्य थपिए

प्रदेश २ : नेकपा एकीकृत समाजवादीमा २ र लोसपामा ३ प्रदेशसभा सदस्य थपिए

प्रदेश २ मा नेकपा एमालेका थप दुई जना प्रदेशसभा सदस्यहरुले नेकपा एकीकृत समाजवादीतर्फ सनाखत गरेका छन्।
 |  आइतबार, भदौ २०, २०७८

जयन्त ठाकुर

जयन्त ठाकुर

आइतबार, भदौ २०, २०७८

जनकपुरधाम- प्रदेश २ मा नेकपा एमालेका थप दुई जना प्रदेशसभा सदस्यहरुले नेकपा एकीकृत समाजवादीतर्फ सनाखत गरेका छन्। प्रदेशसभा सदस्यद्वय सुन्दरबहादुर विश्वकर्मा र सीता गुरुङले आइतबार एकीकृत समाजवादी पार्टीमा सनाखत गरेका हुन्।

यसअघि माधवकुमार नेपाल नेतृत्वको एकीकृत समाजवादीमा सनाखत गर्ने सूचीमा रहेका प्रदेशसभा सदस्यद्वय गुरुङ र विश्वकर्मा गत बिहीबार वीरगञ्जस्थित एमालेको प्रदेश कमिटी बैठकमा सहभागी भएका थिए।

आइतबार सांसदद्वय विश्वकर्मा र गुरुङ नेपाल नेतृत्वको एकीकृत समाजवादीको पक्षमा सनाखत गराएको एकीकृत समाजवादीका प्रदेश सांसद शत्रुधन महतोले जानकारी दिए। यसअघि बिहीबार नै एमालेका १० जना प्रदेश सांसद्‌ले नेकपा एकीकृत समाजवादीको पक्षमा सनाखत गरेका थिए।

थप २ प्रदेश सांसदले एकीकृत समाजवादीलाई रोजेपछि केपी शर्मा ओली नेतृत्वको एमाले पार्टी प्रदेशसभामा कमजोर देखिएको छ। एकीकृत समाजवादीसँग १२ प्रदेशसभा सदस्य पुगेको छ भने एमालेसँग अहिले ९ जना प्रदेशसभा सदस्यहरु छन् । यद्यपि सनाखत गर्ने समय अझै दुई दिन बाँकी रहेकाले अझै प्रदेशसभा सदस्यहरुको संख्या बढ्ने एकीकृत समाजवादीका नेता महतोले दाबी गरे । 

प्रदेशसभा सदस्य डिल्ली प्रसाद उप्रेती उपचारका लागि भारतको दिल्लीमा रहेकाले उनको नेपाली दूतावासमार्फत एकीकृत समाजवादी दल रोज्‍नका लागि पत्राचार भइसकेको र उनको पत्र छिट्टै नै आयोगमा प्राप्त भइसक्ने नेता महतोले बताए ।

Metro Mart
worldlink

यता जनता समाजवादी पार्टी नेपालबाट अलग भएर थप ३ जना प्रदेशसभा सदस्यले लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)को पक्षमा सनाखत गरेका छन्। 

महोत्तरीको निर्वाचन क्षेत्र ३ (ख) बाट तत्कालीन राजपा नेपालबाट प्रत्यक्ष निर्वाचित प्रदेशसभा सदस्य रानी शर्मा तिवारी आइतबार लोसपाको पक्षमा सनाखत गरेकी हुन्। 

त्यस्तै, प्रदेशसभा सदस्यहरु उपेन्द्र महतो र अभिराम शर्माले समेत लोसपाको पक्षमा सनाखत गरेका छन्। 

प्रदेशसभा सदस्यहरूमा परमेश्वर साह, सुरिता साह, जयनुल राइन, बबिता चौधरी, निलम देवी भूमिहारिन, अल्का झा, गौरीनारायाण साह, जानकीशरण साह, रमेशप्रसाद कुर्मी र बाबुलाल साह लगायतकाहरुले यसअघि नै लोसपा रोजिसकेका छन्। 

जसपामा पूर्व फोरमका ३० र राजपाका २५ गरि जम्मा ५५ जना प्रदेशसभा सदस्यहरू छन्। लोसपाको पक्षमा सनाखत गर्ने प्रदेशसभा सदस्यहरुको संख्या १५ पुगेको छ।

प्रकाशित: Sep 05, 2021| 17:35 आइतबार, भदौ २०, २०७८
nepali patronepali patro
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...