मंगलबार, असार १०, २०८२

'भुज : द प्राइड अफ इन्डिया'काे फर्स्ट लुक सार्वजनिक

यसमा अजय देवगन हवाई सेना अफिसरका रूपमा देखिनेछन्।
 |  बिहीबार, पुस १७, २०७६

नेपाल समय

नेपाल समय

बिहीबार, पुस १७, २०७६

नयाँ दिल्ली – फिल्म ‘भुज : द प्राइड अफ इन्डिया’ काे फस्ट लुक सार्वजनिक भएको छ। यसमा अजय देवगन हवाई सेना अफिसरका रूपमा देखिनेछन्।

यो फिल्म भारत–पाकिस्तान युद्धमा आधारित छ । फिल्मको फस्ट लुक निर्देशक एवम् लेखक अभिषेक दुधैयाले सार्वजनिक गरेका हुन्। फिल्ममा विजय कार्णिकको बहादुरीको कथा छ।

अभिषेकले ट्विट गरेका छन्, ‘यो मेरा लागि सौभाग्यको कुरा हो । मैले विजय कार्णिकजस्ता बहादुरको भूमिकामा अजय देवगनको फस्ट लुक सार्वजनिक गर्न पाएको छु।’

फिल्ममा सञ्जय दत्त, सोनाक्षी सिन्हा, इहाना ढिल्लन, प्रनिता सुभाषले पनि अभिनय गरेका छन्। फिल्म १५ अगस्तमा रिलिज हुनेछ।

प्रकाशित: Jan 02, 2020| 09:30 बिहीबार, पुस १७, २०७६
प्रतिक्रिया दिनुहोस्