बुधबार, वैशाख १७, २०८२

सन्दीपका ती अवसर, जो फेरि फर्किंदैछन्

यो वर्षमा यति धेरै प्रतियोगिता मिस भयो। त्यसले कति प्रभाव पारेको छ? यो प्रश्नमा सन्दीपले केही दिनअघि भनेका थिए, ‘धेरै प्रभाव पारेको छैन। एक दुई दिन चाहिँ अलि हर्ट हुन्छ। मनमा केहि कुरा खेल्न सक्छन्। तर त्यसलाई बिर्सिएर अघि पढ्नुपर्छ। किनभने जिन्दगी एक चक्र हो। सबै कुरा बिर्सिएर अघि बढ्नैपर्छ।’
 |  बिहीबार, भदौ १०, २०७८

विनय सापकोटा

विनय सापकोटा

बिहीबार, भदौ १०, २०७८

काठमाडौं– इन्डियन प्रिमियर लिग (आईपीएल) को अक्सनमा कुनै टिमले बोली लगाएनन्। पाकिस्तान सुपर लिग खेल्न गए पनि महामारीका कारण लिग बीचमै रोकियो। यी दुई लिगमा खेल्न नपाएसँगै तीन वर्षदेखि व्यस्त बन्दै आएका नेपाली बलर सन्दीप लामिछानेको विश्वस्तरीय फ्रेन्चाइज क्रिकेट २०२१ मा ब्रेक लागिरहेको छ।

त्यसपछि उनी इंग्ल्यान्डमा आयोजना हुने भाइटालिटी ब्लास्ट र द हन्ड्रेडको लागि छनोट भएका थिए। तर ती प्रतियोगिता पनि भिसाका कारण खेल्न पाएनन्।

द हन्ड्रेड खेल्न नपाएपछि नेपाल फर्किनुअघि समर्थकलाई सम्बोधन गर्दै सन्दीपले लेखेका थिए, ‘समय’ मात्रै खराब छ अहिले। तर चिन्ता नलिनुस्, यो समय पनि एक दिन ठिक हुनेछ।’

एकै वर्षमा चार फ्रेन्चाइज प्रतियोगिता हातबाट गुमेपछि उनको २०२१ सुखद् हुँदैन कि भन्ने चिन्ता थियो। तर क्यारेबियन प्रिमियर लिग (सीपीएल) का लागि फ्रेन्चाइज क्लब ट्रिनबागो नाइट राइडर्सले उनलाई अनुबन्ध गर्न छुटाएन।

त्यसैले उनले यही वर्ष फ्रेन्चाइज लिग खेल्ने पाउने सुनिश्चित भयो। तर भैदियो के भने सीपीएल आज (२६ अगस्ट) देखि १५ सेप्टेम्बरबाट हुँदैछ। र, यही लिगबीच नेपाली टिमले ओमन र अमेरिकाविरुद्ध त्रिकोणात्मक सिरिज खेल्दैछ। त्यससँगै पपुवा न्युगिनीविरुद्धको खेल पनि छ। राष्ट्रिय टिमको खेल जुधेका कारण उनले सीपीएल पनि गुमाउन पुगे।

Metro Mart
worldlink

यसकारण उनको अर्को फ्रेन्चाइज यात्रामा विराम लाग्यो। नेपालको खेलसँग सीपीएल जुधेपछि प्रोफेसनल खेलमा ब्याक त भएको होइन? 

जवाफमा सन्दीप भन्छन्, ‘मैले सुरुमा नेपालको टिमबाट खेल्छु भनेर क्रिकेट सुरु गरेको हो। फ्रेन्चाइज खेल्छु भनेर सुरु गरेको होइन। इस्टर्न रिजन प्रतियोगिता होस् वा त्रिकोणात्मक सिरिज नै, देशका लागि सानोठूलो योगदान दिन मन हुन्छ। त्यो हुनु पनि पर्छ।’

उनी अन्य खेलाडीलाई पनि फ्रेन्चाइज भन्दा देशलाई नै प्राथमिकता दिन सुझाव दिन्छन्। ‘पहिला देश अनि विस्तारै अरु,’ उनले भने।

सन्दीपले तीन वर्षमा धेरै फ्रेन्चाइज लिग खेलेका छन्। धेरै प्रतियोगितामा उत्कृष्ट प्रदर्शन पनि गरेका छन्। ‘त्यसैले त्यो प्रदर्शनले मलाई अघि बढ्न प्रेरणा दिइरहेको छ,’ उनले भने, ‘अरु टिमहरुले पनि मलाई हेरिरहेका होलान्। दुर्भाग्यवश सीपीएल मिस भयो। तर राष्ट्रबाट खेल्नु परिहाल्यो।’

सन्दीपको २०२१ : गुमेका खुसी

२०२१ को फेब्रुअरी (फागुन २०७७) मा सम्पन्न आईपीएलको अक्सनमा नेपालबाट एकमात्र खेलाडी सन्दीप लामिछाने थिए। चेन्नईमा भएको अक्सनमा सहभागी आठै क्लबले सन्दीपको नाममा चासो नदिएपछि उनको यो सिजनको आईपीएल यात्रामा ब्रेक लाग्यो।

फेब्रुअरी १८ को दिन आईपीएल सिजनमा ब्रेक लागे पनि त्यसको १५ दिनअघि उनलाई द हन्ड्रेडले रिटेन गरेको थियो। आईपीएलबाहेक उनको अन्य प्रतियोगिता यथावत् थिए।

उनी अन्य खेलाडीलाई पनि फ्रेन्चाइज भन्दा देशलाई नै प्राथमिकता दिन सुझाव दिन्छन्। ‘पहिला देश अनि विस्तारै अरु,’ उनले भने।

यद्यपि, पाकिस्तानको क्रिकेट फ्रेन्चाइज लिग पाकिस्तान सुपर लिग (पीएसएल)को मंसिरमा सम्पन्न अक्सनबाट पनि उनी बाहिरिसकेका थिए। तर, अफगानी बलर राशिद खानको व्यस्त तालिका सन्दीपका लागि फाइदाजनक बन्यो।

खानले अन्तर्राष्ट्रिय खेलका लागि बिदा लिएपछि लाहोर कलन्दर्सले सन्दीपलाई टिममा बोलायो। उनी फागुन १५ मा पाकिस्तान उडे। जसै उनको क्वारेन्टिन अवधि सकियो, कोभिडका कारण प्रतियोगिता नै रोकियो। निकै उतारचढावपछि पाकिस्तान पुगेका उनले खेल्नै पाएनन्।

‘प्रतियोगिता रोकिएकोमा दुःख त लागेको छ तर पाकिस्तान भ्रमणले ताजापन महसुस गराउँछ,’ प्रतियोगिता रोकिएपछि उनले प्रतिक्रिया दिएका थिए।

उनले सहयोग गर्ने सबैलाई धन्यवाद दिँदै पुनः पाकिस्तान फर्किने बाचा गर्दै नेपाल आएर काठमाडौंमा आयोजित मेयर्स कप खेले। त्यसपछि पीएसएल त आयोजना भयो तर सन्दीप स्क्वाडमा परेनन्। सायद उनका लागि त्यो पल पनि दुखद् रह्यो।

यता त्यसपछि उनको प्रतियोगिता थियो ‘भाइटालिटी ब्लास्ट।’ पहिलो टी–२० क्रिकेट लिग भाइटालिटी ब्लास्टको क्लब वोरेस्टरसायर ब्लास्टले उनलाई क्लबमा लिइसकेको थियो।

‘संस्कृति, परम्परा र ठूलो संख्याका दर्शकका कारण काउन्टी क्रिकेट ‘क्रिकेट’भन्दा धेरै हो भन्ने सुन्दै आएको छु। त्यसको एक हिस्सा हुन पाएकोमा ज्यादै खुसी छु,’ वोरेस्टरसायर ब्लास्टबाट खेल्ने आशासँगै उनले खुसी व्यक्त गरेका थिए, ‘म भविष्यमा नेपालबाट पनि धेरै खेलाडी काउन्टीमा खेल्न जाउन् भन्ने चाहन्छु।’

तर अफसोच ! उनी त्यहाँ पनि सहभागी बन्न सकेनन्। अरु सबै ठिक थियो तर भिसा समयमा नआएपछि उनले प्रतियोगितामा खेल्नै नपाउने भए। ‘भिसा प्रक्रिया सुरु गरेको एक महिनाभन्दा धेरै भइसकेको छ। उडानको समय नजिकिँदै छ। कार्यालयमा सम्पर्क गर्दा पनि स्पष्ट जवाफ पाएको छैन,’ उनले ट्वीटरमा लेखेका थिए। लामो समय बाटो हेरे सन्दीपले तर भिसा आएन्। सन्दीपले त्यो प्रतियोगिता नै गुमाए। त्यति बेला उनलाई लागेको थियो– अन्त्यमा तपाईंको साथमा तपाईं मात्र हुनुहुने रहेछ।

सामाजिक सञ्जाल फेसबुक र इन्स्टाग्राममा लाइभ बस्दै उनले दुखेसो पोखे, ‘खोइ कसलाई दोष दिने, भिसाका लागि सहयोग गर्नुपर्ने खेलकुद मन्त्रालय, राखेपलगायत कसैले पनि सहयोगमा चासो देखाएनन्। त्यसमा निकै दुःख लागेको छ।’

यता त्यसबीच उनले नेपाललाई ट्राई नेसन्स लिग जिताइसकेका थिए। अब उनको अघि अर्को एक प्रतियागिता थियो। लामो समयपछि विदेशमा प्रतियोगिता खेल्दै थिए। त्यसका लागि भिसा समयमै आइसकेको थियो। र, उनी गएको जुलाई ८ तारिखमा इंग्ल्यान्ड हानिए।

‘इंग्ल्यान्ड जाँदैछु र ओभल इन्भिन्सिबल टिममा पुग्न चाहिरहको छु,’ द हन्ड्रेडको टिम इन्भिन्सिबलमा खेल्न पाउँदा उत्साहित देखिन्थे सन्दीप। तर उनको उत्साह क्षणभंगुर सावित भयो। इंग्ल्यान्डमा १० दिनको क्वारेन्टिन अवधि नसकिँदै उनले पाएको भिसा टियर ५ ले त प्रतियोगिता खेल्नै नपाउने आयोजकले बतायो। सायद त्यसले पनि सन्दीपलाई ठूलो चोट दिएको छ।

यो वर्षमा यति धेरै प्रतियोगिता मिस भयो। त्यसले कति प्रभाव पारेको छ? यो प्रश्नमा सन्दीपले केही दिनअघि भनेका थिए, ‘धेरै प्रभाव पारेको छैन। एक दुई दिन चाहिँ अलि हर्ट हुन्छ। मनमा केहि कुरा खेल्न सक्छन्। तर त्यसलाई बिर्सिएर अघि पढ्नुपर्छ। किनभने जिन्दगी एक चक्र हो। सबै कुरा बिर्सिएर अघि बढ्नैपर्छ।’

सामाजिक सञ्जाल फेसबुक र इन्स्टाग्राममा लाइभ बस्दै उनले दुखेसो पोखे, ‘खोइ कसलाई दोष दिने, भिसाका लागि सहयोग गर्नुपर्ने खेलकुद मन्त्रालय, राखेपलगायत कसैले पनि सहयोगमा चासो देखाएनन्। त्यसमा निकै दुःख लागेको छ।’

यसबीचको दुई तीन महिना केही नभएर उनलाई सायद समय खराब छ भन्ने भान परेको थियो सायद। तर अहिले खेल सुरु भइरहेका छन्। त्यसैले उनी भन्छन्, ‘अझै दुई तीन महिनाको अन्तरालमा केही नभएको भने दुःख लाग्थ्यो होला। नेपालकै खेल छ, खेल्न पाइएको छ। मैदानमा हुँदा खुसी हुन्छु।’

सन्दीपले भनेजस्तै समय ठिक हुँदैछ?

सन्दीपको सपना थियो– बिग बास लिग खेल्ने। अहिले त तीन संस्करण खेलिसकेका छन्। पछिल्लो सिजन नेपालको त्रिकोणात्मक सिरिजसँग जुधेकाले उनले पूरा सिजन बिग बास लिग खेल्न पाएका थिएनन्। तर यो वर्ष देशको खेलसँग नजुध्ने आँकलन गरिरसकेका छन्। र, अब त्यो लिग खेल्न सक्ने उनले ओमन जानुअघि नै कुराकानीको क्रममा बताएका थिए।

‘विदेशी फ्रेन्चाइज लिगमा बीबीएल पनि बाँकी छ। आशा गरौँ, त्यो पनि खेल्न पाइन्छ होला,’ उनले भनेका थिए। यता अहिले ओमनको भ्रमणपछि नेपालमा एभरेस्ट प्रिमियर लिग सुरु हुँदैछ।

उनले आउँदो फ्रेन्चाइजका रुपमा ईपीएललाई नै लिएका छन्। भन्छन्, ‘अहिले चाहिँ नेपालको ईपीएलबारे सोचिरहेको छु। आईपीएलको लागि बीसीसीआईले समय थप गरेको त छ। तर त्यहाँ अहिलेसम्म कुनै क्लबले कुरा गरेका छैनन्।’

आईपीएलमा कुनै क्लबले बोलायो भने के छ विचार? उनले भने, ‘हेरौं, कहाँ राम्रो अवसर हुन्छ म त्यहिँ जानेछु। अहिलेसम्म ईपीएल नै अघि छ।’

यता, डिसेम्बरमा हुने बिग बास लिगका लागि पनि सन्दीपलाई होबर्ट हुरिकेन्सले अनुबन्ध गरेको छ। अब उनले त्यो खेल खेल्न पाउनेछन्। तास्मानियन टिमले आउँदो सिजनका लागि सन्दीपलाई लगातार गरेको जानकारी सामाजिक सञ्जाल ट्वीटरमा दिएको छ।

सायद अब सन्दीप पहिलेको जस्तै व्यस्त बन्नेछन्। उनले भनेजस्तै समय ठिक हुँदैछ।

यो पनि नछुटाउनुहोला

उदास छन् सन्दीप, कुन कुन खुड्किलामा लाग्यो उनलाई ठेस ?

सन्दीप लामिछाने : लामो रेसका घोडा

प्रकाशित: Aug 26, 2021| 16:00 बिहीबार, भदौ १०, २०७८
nepali patronepali patro
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।
चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।
जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।
बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।