काठमाडौं- आईसीसी विश्वकप लिग २ र पपुवा न्युगिनीसँगको मैत्रीपूर्ण खेलका लागि मंगलबार नेपाली राष्ट्रिय क्रिकेट टिम ओमन प्रस्थान गर्दैछ। कप्तान पारस खड्काले अन्तर्राष्ट्रिय खेलबाट संन्यास लिएपछि नेपाली टिमको यो पहिलो अन्तर्राष्ट्रिय भ्रमण हो। त्यसैले यो प्रतियोगिताबाट पूर्वकप्तान खड्काको प्रतिस्थापन हुने राष्ट्रिय टिमका मुख्य प्रशिक्षक डेम वाटमोरले बताएका छन्।
‘पारस निकै राम्रा खेलाडी हुन्। उनीसँग धेरै अनुभव छ। नेपाली क्रिकेटको सफलता पारससँगै जोडिएको छ,’ वाटमोरले भने, ‘पारसको संन्यासले राष्ट्रिय टिममा ठूलो खाडल देखिएको छ। तर, मलाई लाग्छ। पारसले यो सिरिजमा आफ्नो प्रतिस्थापन देख्नेछन्।’
वाटमोरले घुमाउरो पारामा अब राष्ट्रिय टिममा नयाँ पारस खड्का जन्मिने संकेत गरेका छन्। ‘मलाई लाग्छ त्यो प्रतिस्थापनाले उनलाई खुसी तुल्याउनेछ,’ उनले भने। त्यति मात्र होइन वाटमोरले अब नेपाली क्रिकेटको टिमको नेतृत्व नयाँ तरिकाले हुने पनि बताएका छन्। उनले भने, ‘टिमबाट पारसको लिगेसी स्पष्ट रुपमै बाहिरिएको छ। यद्यपि राष्ट्रिय टिमको खेलमा उनले स्पष्ट मार्गचित्र भने छाडेका छन्।’
यता एकदिसीय सिरिजमा सम्मिलित हुने सिनियर खेलाडी शरद भेषावकरले पारसको अनुपस्थितिले युवा खेलाडीलाई थप अवसर सिर्जना गरेको बताएका छन्। ‘क्रिकेटमा ११ जनाकै सहयोगले मात्र जित निस्कन्छ। पारस अनुभवी र सहयोगी थिए। अब त्यो गुमाउनेछौं। तर, युवा खेलाडीका लागि नयाँ ठाउँ बनाउने, टिममा आफूलाई सावित गर्ने अवसर भने आएको छ,’ शरदले भने।
कप्तान मल्ल भन्छन्, ‘एउटा राम्रो साथीको कमी हुन्छ नै। पारस मिस हुनेछन्। तर, खेलाडीको जीवन सबैको यस्तै हो। परिवर्तन हुन्छन्। एकपछि अर्को खेलाडी हुन्छ। जीवनको मजा पनि यो नै हो।’
राष्ट्रिय टिमका कप्तान ज्ञानेन्द्र मल्लले आफ्नो खेलजीवनमा पारससँग लामो समय ड्रेसिङ रुम सेयर गरेका छन्। अन्तर्राष्ट्रियदेखि एपीएफ, फ्रेन्चाइज प्रतियोगिता र खेलमा पनि पारस र ज्ञानेन्द्र धेरै पटक एकै टिमबाट खेलिसकेका छन्। कप्तान मल्ल भन्छन्, ‘एउटा राम्रो साथीको कमी हुन्छ नै। पारस मिस हुनेछन्। तर, खेलाडीको जीवन सबैको यस्तै हो। परिवर्तन हुन्छन्। एकपछि अर्को खेलाडी हुन्छ। जीवनको मजा पनि यो नै हो।’
ज्ञानेन्द्रले अब आफू तेस्रो नम्बरमा मैदान प्रवेश गर्ने सम्भावना रहेको बताएका छन्। अहिले नेपाली राष्ट्रिय टिमले कीर्तिपुरस्थित्र त्रिभुवन विश्वविद्यालयको मैदानमा प्रतिकूलताबीच अभ्यास गरिरहेको छ। यसबीच तयारी राम्रो रहेको वाटमोर बताउँछन्।
‘प्रतिकूल मौसममा पनि हामी निकै राम्रो तयारी गरिरहेका छौं। केही नयाँ प्रयोग गर्न चाहिरहेका छौं, प्रयोगात्मक अभ्यास गरिरहेका छौं। हामीसँग ओमनमा अझैं केही समय छ,’ प्रशिक्षक वाटमोरले भने, ‘हामी ओमनको वातावरणमा पनि अभ्यस गर्न गइरहेका छौं।’
उनले अहिले अभ्यासको समय परिवर्तन गरेर बिहानदेखि बेलुकासम्म मैदानमै रहने गरेको बताए। शरदले भने, ‘वर्षाको कारण खेल अभ्यास गर्न गाह्रो छ। अरु त राम्रो भइरहेको छ।’
प्रशिक्षक वाटमोर ओमन-अमेरिका सिरिजअघिका दुई खेलमा प्रयोगको अवसर चाहने बताउँछन्। ‘पहिलेका दुई मैत्रीपूर्णमा दुई प्रयोग हुनेछन्। मेयर कपपछि नेपाली खेलाडीले पहिलो ५० ओभरको खेल खेलिरहेका छन्। त्यसमा खेलाडी कस्ता छन् भनेर हेर्ने हो,’ उनले भने, ‘त्यो खेलबाट खेलाडी ५० ओभरमा फर्कनेछन्। र, नेपाली खेलाडीलाई आईसीसीको अन्तर्राष्ट्रिय सिरिजको तयारीका लागि पनि पपुवा न्युगिनीसँगको खेल महत्त्वपूर्ण छ।’
पछिल्लो सिजनमा आशिफ शेख र कुशल भुर्तेलले नेपाली टिमको ओपनिङ सम्हालेका थिए। आउँदो प्रतियोगितामा पनि उनीहरूले नै ओपनिङ सम्हाल्न सक्ने वाटमोरले संकेत गरेका छन्। उनले भने, ‘सायद यो प्रतियोगितामा उनीहरूको छक्का देख्न सक्नेछौं। उनीहरू युवा छन्, ट्यालेन्ट छन्। र, राम्रो गर्न सक्छन्।’
‘गुल्सनको ब्याटिङ पनि राम्रो छ। युवा छन्। उनलाई टिममा ल्याएर टिमको इथिक्सबारे सिकाउनु छ। उनमा अन्तर्राष्ट्रिय खेलाडीको म्यानर उमार्नुपर्नेछ,’ कप्तान मल्लले भने।
अहिले टिमभित्र पनि प्रतिस्पर्धा चर्को भएकाले छनोट गर्न गाह्रो हुने वाटमोरको दाबी छ। भन्छन्, ‘अन्तिम ११ टिम निकाल्न गाह्रो छ। हरेक क्षेत्रमा उत्कृष्ट खेलाडी छन्।’
उसो त ओमन र अमेरिकासँग नेपालले घरेलु मैदानमा डेढ वर्षअघि नै लिग २ अन्तर्गतको पहिलो सिरिज खेलिसकेको छ। दोस्रो सिरिज पनि नेपालले सोही टिमविरुद्ध खेल्ने अवसर पाएको छ। ‘यी दुई टिमको तुलनामा नेपाल विजेता हो। तर, त्यो पोजिसन पाउन सजिलो भने छैन। त्यहाँको वातावरणले पनि प्रभावकारी भूमिका खेल्छ,’ उनले भने।
प्रशिक्षक वाटमोरले नयाँ खेलाडी गुल्सन झा पनि नयाँ र उत्कृष्ट रहेको बताएका छन्। गुल्सन अहिले पहिलो पटक राष्ट्रिय टिममा पुगेका हुन्। ‘गुल्सनको ब्याटिङ पनि राम्रो छ। युवा छन्। उनलाई टिममा ल्याएर टिमको इथिक्सबारे सिकाउनु छ। उनमा अन्तर्राष्ट्रिय खेलाडीको म्यानर उमार्नुपर्नेछ,’ कप्तान मल्लले भने।